• २१ वैशाख २०८१, शुक्रबार

गणतन्त्र दिवस सांस्कृतिक साँझ हुँदै

blog

सांस्कृतिक संस्थान जमल । फाइल तस्बिर

काठमाडौं, जेठ १६ गते। गणतन्त्र दिवस २०८० को अवसरमा मंगलबार गणतन्त्र दिवस सांस्कृतिक साँझ आयोजना गरिने भएको छ। गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा साँझ ६ देखि सवा ७ बजेसम्म राष्ट्रिय नाचघर जमलमा सांस्कृतिक साँझ हुन लागेको हो।

प्रधानमन्त्री एवं गणतन्त्र मूल आयोजक समितिका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यमा हुने सांस्कृतिक साँझमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल प्रज्ञा प्रतिष्ठान, सङ्गीत तथा नाट्य प्रतिष्ठान, ललित कला प्राज्ञ प्रतिष्ठानका कलकारले सांस्कृतिक प्रस्तुति देखाउने छन्। 

कार्यक्रमको संयोजन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरिरहेको छ। कार्यक्रमको व्यवस्थापन सांस्कृतिक संस्थानले गरिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले जानकारी दिनुभयो।