अर्थतन्त्रको सङ्कटकालीन अवस्थालाई सम्हाल्ने बजेट छ : अर्थविद्
सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेटले अर्थतन्त्रको सङ्कटकालीन अवस्थालाई सम्हाल्न केही मद्दत गर्ने अर्थविद्हरूले बताउनुभएको छ ।
‘छुवाछूत मानवीय गरिमाविरुद्धको अपराध’
राष्ट्रपति रामचन्द्र पौडेलले जातीय विभेद तथा छुवाछूत प्रथालाई मानव सभ्यताको कलङ्कको संज्ञा दिँदै यो मानवीय गरिमाविरुद्धको अपराध रहेको बताउनुभएको छ । उहाँले यस प्रथाको समूल अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयनको आवश्यकता औँल्याउनुभएको छ ।
५२ दलले गरेनन् लेखा परीक्षण सार्वजनिक
निर्वाचन आयोगले तोकेको अवधिभित्र ३० राजनीतिक दलले लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेका छन्। कुल ८२ दलले विवरण सार्वजनिक गर्नुपर्ने थियो। आयोगले लेखा परीक्षण प्रतिवेदन सात दिनभित्र सार्वजनिक गर्न र त्यसको सात दिनभित्र सो सम्बन्धमा जानकारी गराउन वैशाख २८ गते राजनीतिक दललाई निर्देशन दिएको थियो। आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार निर्देशनबमोजिम ३० दलले मात्रै लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको जानकारी आयोगलाई पठाएको छ।
ऊर्जा व्यापार र आर्थिक समुन्नतिमा कोसेढुङ्गा
पूर्वपरराष्ट्रमन्त्री र पूर्वराजदूतहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणले उच्चस्तरीय राजनीतिक नेतृत्वमा आपसी विश्वास निर्माण, ऊर्जा व्यापार र आर्थिक समुन्नतिका दृष्टिले अभूतपूर्व भएको प्रतिक्रिया दिनुभएको छ।
नागरिकता विधेयक प्रमाणीकरणबाट संविधानको संरक्षण : कांग्रेस
नेपाली कांग्रेसले नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति रामचन्द्र पौडेलले संसद् र संविधानको सम्मान तथा संरक्षण गर्नुभएको जनाएको छ ।
कांग्रेस भ्रष्टाचारविरुद्ध आक्रामक ढङ्गले प्रस्तुत हुनुपर्छ : सांसद पौडेल
सङ्घीय सांसद एवम् नेपाली कांग्रेसका केन्द्रीय ससस्य प्रदीप पौडेलले सुशासन दिन जन्मेको कांग्रेसले भ्रष्टाचारका विरुद्ध आक्रामक ढङ्गले प्रस्तुत हुनुपर्ने बताउनु भएको छ ।
प्रधानमन्त्रीसँग संसद् बैठकमा एमालेले जवाफ माग गर्ने
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा राष्ट्रहित विपरीत अभिव्यक्ति दिएकोप्रति संसदमा जवाफ माग गर्ने भएको छ ।
भारत भ्रमण सफल र परिणाममुखी : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण सफल र परिणाममुखी रहेको बताउनुभएको छ।
अबको वर्ष पार्टी सङ्गठन निर्माण र सुदृढीकरणको हुनेछ : सभापति देउवा
नेपाली कांग्रेसकका सभापति शेरबहादुर देउवाले हालसम्म निर्वाचन वर्ष रहेको र अबको वर्ष कांग्रेस पार्टीको सङ्गठन निर्माण र सुदृढीकरणको वर्ष हुने बताउनुभएको छ।
प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चारदिने भारतको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता हुनुभएको छ। प्रधानमन्त्री प्रचण्ड नेपाल एयरलाइन्सको विमानबाट शनिबार साँझ ६ बजे स्वदेश फिर्ता हुनुभएको हो।
सामाजिक संस्थाहरूले निस्वार्थ सेवाभावले काम गर्नुपर्छ : सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले निस्वार्थ सेवाभावका साथ काम गर्न सामाजिक सङ्घ, संस्थाहरूलाई आग्रह गर्नुभएको छ ।
भ्रमणले प्रधानमन्त्री तहमा विश्वासको वातावरण बढाएको छ : परराष्ट्रमन्त्री साउद
विद्युतमा अर्बौं लगानी गर्नुपर्ने हुन्छ । कुनै पनि लगानीकर्ताले उसको बजार सुनिश्चित नहुँदासम्म लगानी गर्न सक्दैन । सिद्धान्ततः भारतले नेपालको विद्युत किन्न स्वीकार गरेको छ । आउँदो १० वर्षभित्र १० हजार मेगावाट बिजुली किन्ने लक्ष्य राखेको छ ।
राजमार्ग विस्तारको काम समयमै सम्पन्न गर्न सांसद भण्डारीको निर्देशन
नेपाली कांग्रेसका नेता तथा तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य शङ्कर भण्डारीले विस्तारको क्रममा रहेको पृथ्वीराजमार्गको पश्चिमखण्डको काम चाँडो सम्पन्न गर्न निर्देशन दिनुभएको छ।
प्रधानमन्त्री प्रचण्डलाई भारतका विदेश राज्यमन्त्रीले गर्नुभयो बिदाइ
चारदिने औपचारिक भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतका विदेश राज्यमन्त्री मिनाक्षी लेखीले बिदाइ गर्नुभएको छ।
प्रधानमन्त्रीको भारत भ्रमण : के के भए सहमति र सम्झौता
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कँदै हुनुहुन्छ।
दोषी ठहरिए माओवादी पार्टीकै नेता भए पनि कारबाही गर्छु : गृहमन्त्री
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्यले थालेको अनुसन्धान खेर नजाने बताउनुभएको छ ।
भारतबाट ‘एयर रुट’ प्राप्त हुन्छ भन्ने विश्वास छ : अर्थमन्त्री डा. महत
भ्रमण अन्यन्तै सौहार्दपूर्ण र उपलब्धिमूलक रह्यो । नयाँदिल्ली र मध्यप्रदेशमा अत्यन्त ठूलो सौहार्दता र स्वागत भयो ।
समृद्ध नेपाल बनाउने आँट कसैले गरेन : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल’ बनाउने आँट कसैले पनि गर्न नसकेको बताउनुभएको छ । अध्यक्ष ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपालः सुःखी नेपाली’ को नारा कसैले लगाउन नसकेको बताउनुभयो । पार्टीको विज्ञान तथा प्रविधि विभागले शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
कसैको विरोध गरेर पार्टी बलियो बन्दैन : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा कसैको विरोध गरेर पार्टी ठुलो नबन्ने बताउनुभएको छ । शनिबार कांग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सभापति देउवाले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री प्रचण्ड इन्दौरबाट नयाँदिल्ली प्रस्थान
भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विशेष विमानमार्फत मध्यप्रदेशको इन्दौरबाट नयाँ दिल्लीका लागि प्रस्थान गर्नुभएको छ ।
भारतका प्रधानमन्त्री नेपाल–भारत सम्बन्धका सबै समस्या हल गर्नुपर्छ भन्ने मनस्थितिमा हुनुहुन्छ : प्रधानमन्त्री प्रचण्ड
नेपाल–भारत सम्बन्धलाई धेरै नै माथि लानुपर्छ भनेर भन्ने नै त्यसको अर्थ हो । यो दुई शब्दको प्रयोगबाट भारतीय प्रधानमन्त्री निकै विश्वासको साथमा अब नेपाल–भारत सम्बन्धका सबै समस्या हल गर्नुपर्छ भन्ने मनस्थितिमा रहेको मैले ठानेको छु ।
सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह गर्नुभएको छ ।
चार दिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कनुहुँदै
चार दिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कँदै हुनुहुन्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते नयाँ दिल्ली प्रस्थान गर्नुभएको थियो ।
आर्थिक समृद्धि हासिल गर्न कृषि क्षेत्रको विकास आवश्यक : मन्त्री भुसाल
कृषि तथा पशुपन्क्षी मन्त्री डा.बेदुराम भुसालले मुलुकमा आर्थिक समृद्धि हासिल गर्न कृषि क्षेत्रको विकास अपरिहार्य रहेकोले कृषि र पशुपालनलाई सँगसँगै जोडेर अगाडी लैजानुपर्ने बताउनु भएको छ ।