हचुवाको भरमा बोल्दा विदेश सम्बन्ध बिग्रन्छ : मन्त्री साउद
परराष्ट्रमन्त्री एनपी साउदले हचुवाको भरमा टिप्पणी गर्दा देशको विदेश सम्बन्धमा आँच आउने बताउनुभएको छ। उहाँले छिमेकी मित्रराष्ट्रको विषयमा हल्का टिप्पणी गर्दा सन्तुलन बिग्रने भएकाले त्यसतर्फ सतर्क हुनुपर्ने बताउनुभयो।
नगरपालिकामा दुई महिनादेखि तालाबन्दी
आर्थिक वर्षको अन्तिममा अन्य पालिकामा धमाधम निर्माणका काम भइरहे पनि सर्लाहीको हरिपूर्वा नगरपालिकामा भने दुई महिनादेखिको तालाबन्दी अझै खुल्न सकेको छैन ।
राप्रपा महामन्त्री राणाद्वारा प्रस्तुत कार्ययोजना पारित
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्य सम्पादन समिति बैठकले महामन्त्री धवलशमशेर राणा नेतृत्वको कार्ययोजना परिमार्जनसहित पारित गरेको छ।
सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्ने बताउनुभएको छ।
नागरिक खबरदारी जरुरी छ : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले बलियो प्रमाण अभियोजनसहित मुद्दा परेकोले नक्कली शरणार्थी काण्डका आरोपित अदालतबाट उम्किन नसक्ने विश्वास व्यक्त गर्नुभएको छ।
कृषि, उद्योग र पर्यटन पूर्वाधार निर्माण प्राथमिकतामा
लुम्बिनी प्रदेश सरकारले समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेशको नारासहित कृषि, उद्योग र पर्यटनलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार प्रदेश सभामा प्रस्तुत गर्नुभएको हो ।
नेपाल छिमेकी देशको सम्पन्नताबाट लाभ लिन चाहन्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले छिमेकी देशको सम्पन्नताबाट नेपालले लाभ लिन चाहेको बताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेश सभामा नीति तथा कार्यक्रममा छलफल सुरु
सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहको प्रस्तावमा शुक्रबारदेखि प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको हो ।
आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्वअर्थमन्त्री शर्मा
पूर्वअर्थमन्त्री तथा सांसद जनार्दन शर्माले पछिल्लो १० वर्षका बजेटको समीक्षा गर्ने प्रस्ताव गर्नुभएको छ ।
प्रधानमन्त्रीविरुद्ध मुद्दा दर्ता गर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध मुद्दा दर्ता गर्न आदेश दिएको छ ।
सरकारको स्पष्ट गन्तव्य देखिएन : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको स्पष्ट गन्तव्य नदेखिएको बताउनुभएको छ ।
राष्ट्रपति पौडेलसँग स्विस राजदूतको बिदाइ भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले आज (शुक्रबार) बिदाई भेट गर्नुभएको छ । राजदूत क्यापलर आफ्नो साढे पाँच वर्षे कार्यकाल समाप्त गरेर स्वदेश फर्कदै हुनुहुन्छ ।
अराजक गतिविधिलाई छुट दिन सकिँदैन : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै पनि खालको अराजक गतिविधिलाई सरकारले छुट दिन नसक्ने बताउनुभएको छ।
नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि झिकाउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि राष्ट्रपतिको कार्यालयबाट झिकाउन आदेश दिएको छ ।
पुँजीगत खर्च गर्न नसक्नु प्रमुख चुनौती बन्यो : अर्थमन्त्री महत
अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारलाई प्रभावकारी रूपमा पुँजीगत खर्च गर्न नसक्नु प्रमुख चुनौती रहेको बताउनुभएको छ ।
निर्वाचन आयोगका जिल्ला कार्यालय हटाउने कुरामा सत्तारुढ दल नै विपक्षमा
निर्वाचन आयोगका जिल्ला कार्यालयहरूलाई जिल्ला प्रशासनअन्तर्गत गाभ्ने सरकारको प्रस्तावमा स्वयं सत्तापक्ष दलहरूले नै असन्तुष्टि व्यक्त गरेका छन् ।
विदेशमा रहेका नेपालीको मतदाता नामावली सङ्कलन गरिने
निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न पहिलो चरणमा विदेशमा रहेका नेपालीहरूको मतदाता नामावली सङ्कलन गर्ने भएको छ ।
एमाले नेतामाथि आक्रमण हुँदा सरकार मौन बसेको आरोप
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले कोशी प्रदेशमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका एमाले नेताहरूमाथि हमलाको निरन्तर प्रयास भइरहँदा पनि सरकार मूकदर्शक बनिरहेको आरोप लगाएको छ ।
राष्ट्रिय सभा : अर्थमन्त्री महतले छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै
बजेटमाथिको सामान्य छलफल सम्पन्न भएपछि राष्ट्रिय सभाको आजैको दोस्रो बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै छ ।
जिल्ला निर्वाचन कार्यालय नयाँ ढङ्गले व्यवस्थापन गर्न खोजिएको हो : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिल्ला निर्वाचन कार्यालय खारेज गर्न खोजिएको नभई नयाँ ढङ्गले व्यवस्थापन गर्न खोजिएको बताउनुभएको छ ।
नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा सुनुवाइ जारी
सर्वोच्च अदालतमा नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध दर्ता भएको रिटमाथि सुनुवाइ जारी रहेको छ । आज सर्वोच्चका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासमा उक्त मुद्दाको सुनुवाइ जारी रहेको हो ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ ।
हेफर इन्टरनेशनलको निर्देशकमा डा. रेग्मी नियुक्त
६५ वर्षदेखि नेपालको भोकमरी, गरिबी निवारण र पशुपालन क्षेत्रमा काम गरिरहेको अन्तर्राष्ट्रिय मानवीय संस्था हेफर इन्टरनेशनल नेपालको राष्ट्रिय निर्देशकमा डा. तीर्थराज रेग्मी नियुक्त हुनुभएको छ।
‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीको स्पष्टोक्ति
भारतीय विदेशमन्त्री एस जयशङ्करले ‘अखण्ड भारत’ नक्साका विषयमा स्पष्ट पार्दै सो विषयका बारेमा छिमेकी मुलुकहरूले बुझिसकेका छन् भन्ने आफूलाई लागेको बताउनुभएको छ ।