• ८ पुस २०८१, सोमबार

त्रिभुवन अन्तर्राष्ट्रिय सम्मेलनमा पत्रकार सम्मेलन

भारत भ्रमण सफल र परिणाममुखी : प्रधानमन्त्री प्रचण्ड

blog

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमाको अति विशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर: केशब गुरुङ

काठमाडौं, जेठ २० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण सफल र परिणाममुखी रहेको बताउनुभएको छ। 

भारतको चार दिने औपचारिक भ्रमण सम्पन्न गरेर शनिबार स्वदेश फर्किनुभएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो। प्रधानमन्त्री प्रचण्डले दुई मुलुकबीचको बहुआयामिक सम्बन्धलाई समानता र आपसी लाभको आधारमा थप मजबुत बताउन भारत भ्रमणले महत्त्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो । 

उहाँले विगतमा थाँती रहेका विषयलाई पनि सम्बोधन हुने गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग खुलस्त कुराकानी भएको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘नेपाल र भारतबीच रहेको बहुआयामिक सम्बन्धलाई समानता र आपसी लाभको आधारमा थप मजबुत बनाउन यस भ्रमणले योगदान गरेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग खुलस्त रुपमा कुराकानी भएर विश्वासको वातावरण सिर्जना भएको छ । थाँती रहेका विषयलाई सम्बोधन गर्न सकिने विश्वासको राम्रो आधार तयार भएको  छ । नयाँ आम निर्वाचन पश्चातको पहिलो विदेश भ्रमणको रुपमा रहेको यो भारत भ्रमण मैले विगतका भ्रमणभन्दा फरक पाएको छु ।’’ 


प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण भविष्यका लागि मार्गदर्शनको रुपमा रहने दाबीसमेत गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘‘सारभूत रुपमा यो भ्रमण परिणाममुखी रहेको छ । भ्रमणले भविष्यका लागि स्पष्ट मार्गदर्शनसमेत गरेको छ।’’

नकारात्मक धेरै कुरा गरेर नेपाललाई फाइदा छैन

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रबुद्ध व्यक्ति समूह (इपीजी)को विषयलाई उचालेर आफूले दुई मुलुकबीचको सम्बन्ध बिगार्न नचाहेको बताउनु भएको छ ।

यो पनि पढ्नुहोस

प्रधानमन्त्री प्रचण्ड मध्य प्रदेशको इन्दौरमा

नेपालगञ्ज एकीकृत जाँचचौकी सञ्चालनमा आयो

भारतले दश वर्षमा दश हजार मेगावाट बिजुली खरिद गर्ने

दुई महत्त्वपूर्ण पाइप लाइन निर्माणमा सहमति

नेपाल–भारतका प्रतिनिधिमण्डलबीच वार्ता

प्रधानमन्त्रीको भारत भ्रमण : के के भए सहमति र सम्झौता

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

पत्रकारको एक जिज्ञासामा उहाँले सो विषय हामी सबैको चासोको विषय भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सोबारे आफूले भारतीय पक्षसँग कुरा राखेको बताउनु भयो । 

भारतको औपचारिक भ्रमण पूरा गरी शनिबार अपरान्ह स्वदेश फर्कनु भएको उहाँले त्यो विषयलाई धेरै उचालेर आर्थिक र दुई पक्षीय सहयोगको क्षेत्र विस्तारको परिणाममुखी वातावरण नेपालले बिगार्न नहुने पनि पटक पटक दोहोराउनु भयो । 

प्रधानमन्त्री दाहालले भन्नु भयो, ‘‘सकारात्मक परिणाम आउन लागिरहेको बेलामा वातावरण बिगार्ने गरी नकारात्मक धेरै कुरा गरेर नेपाललाई धेरै फाइदा छैन । अहिले तपाईहरुले भन्नु भयो नि इपीजीको कुरा । यो हामी सबैको चासोको विषय हो । मैले आफ्नो ढंगले आफ्नो ढंगले कुरा गरेको छु । तर अहिले यो विषयलाई बढी उचालेर अब यो आर्थिक र दुई पक्षीय सहयोगको क्षेत्र विस्तारको जो परिणाममुखी वातावरण बनेको बिगार्नु उचित थिएन । हामीले जुन तरिकाले कुरा गरियो । त्यो तरिकाले कुरा गरिएको छ ।’’ 

उहाँले यति भनेपछि पत्रकार साथीहरु तपाईहरुले कुरा चाहिँ बुझ्नु होला । त्यसकारण यो भ्रमण फलदायी भएको छ । यसलाई अव हामीले सबैले मिलेर जे सहमती, समझदारी भएको छ । त्यसलाई कार्यान्वयनमा लैजानु छ । कार्यान्वयनमा लैजानका लागि हामीले राम्रो वातावरण बनाउन आवश्यक छ । त्यस कारण भ्रमण विगतको भन्दा परिणाममुखी भएको छ । कामकाजी भएको छ, प्रधानमन्त्रीको भनाइ छ । 

यसकारण गेरु बस्त्र लगाएँ 

प्रधानमन्त्री दाहालले आफूले इन्डोर भ्रमणको क्रममा महाकालेश्वर मन्दिरमा प्रोटोकल नमिचियोस् भनेर गेरु बस्त्रधारण गर्नुपरेको बताउनु भयो । 

सो मन्दिरमा मुख्य अतिथिले गेरु बष्त्रधारण गर्नुपर्ने प्रोटोकल भएको र त्यसलाई पालना नगर्दा अर्बौ भारतीय मनमा चिसो पस्ने भएकाले सो बस्त्र धारण गरिएको प्रधानमन्त्री दाहालको स्पष्ट पार्नुभयो । 

उहाँले यसलाई नेपालको सर्वोपरी हितका लागि गरिएको सांस्कृतिक कूटनीति भनेर बुझ्न पनि आग्रह गर्नुभयो । 

प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘‘म वास्तवमा मनैले धर्म निरपेक्षतावादी हो । धर्म निरपेक्षता भनेको धर्म विरोधी होइन नि । सबै धर्मलाई समान व्यवहार गर्ने र राज्यले कुनै पक्षलाई काखापाखा नगर्नु भनेको हो । आफू धर्म निरपेक्षतावादी भएको नाताले मैले हिन्दु, मुस्लिम, बुद्धिष्ट, क्रिश्चियन सबै धर्मलम्बीहरुप्रति समान व्यवहार गर्नुपर्छ । अव मध्यप्रदेशमा जाने, इन्डोरमा जाने । नजिकै ऐतिहासिक सहर हो उज्जेन भनेको । महाकालेश्वर । त्यहाँ फेरी भव्य संरचना रहेछ । मैले त गएपछि पो थाहा पाएँ । त्यसले एकै दिनमा डेढ लाख मान्छेहरु जान्छन् त्यहाँ हेर्न, पूजा गर्न । हामीले पनि यहाँ रामायण सर्किट भन्दैछौं । बुद्धिष्ट सर्किट भन्दैछौं । हामीले पनि धार्मिक पर्यटनको विकास गछौं भनेका छौ कि छैनौँ ? म अहिले कम्युनिष्ट मात्रै होइन, प्रधानमन्त्री पनि हो नि । प्रधानमन्त्रीले त सबैलाई समेटनु पर्छ । हुन त मसँग भएको सेक्युरिटीले यो गेरुबस्त्र नलगाउनु पाए हुन्थ्यो भनेर निकै कोशिश गर्नुभयो । तर त्यहाँ महाकालेश्वरको के रहेछ भने मुख्य अतिथिले त्यो लगाउनै पर्ने प्रोटोकल रहेछ त्यो । त्यो प्रोटोकल मिचेर नलगाऊ भने भारतका करोडौं जनताको मनमा चिसो पस्ने भयो नेपालप्रति र नेपालको प्रधानमन्त्रीप्रति । त्यो देशलाई फाइदा हुन्थ्यो त । म लगाउन्न भनेको भए के हुन्थ्यो । एक अर्ब मान्छेको मनमा चिसो पस्थ्यो । के हो यो नेपाल सरकार भन्थे ? सहज ढंगले गर्दा सबै खुशी भएँ । यसलाई सांस्कृतिक कूटनीतिको रुपमा लिनुपर्ने हो । नेपालको बृहत्तर हितमा गरिएको कदम हो भनेर बुझनु पर्दछ ।’’