• १६ वैशाख २०८१, आइतबार

नेपाल–भारतका प्रतिनिधिमण्डलबीच वार्ता

blog

हैदराबाद हाउसमा सुरु भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको प्रतिनिधिमण्डल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलबीच वार्ता । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, जेठ १८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको प्रतिनिधिमण्डल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलबीच वार्ता सुरु भएको छ ।

बिहीबार हैदराबाद हाउसमा नेपाल–भारतका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता सुरु भएको हो ।

यसअघि आज नै प्रधानमन्त्री प्रचण्डले भारतका प्रधानमन्त्री मोदीसँग वार्ता गर्नुभएको थियो ।

त्यस्तै बिहान महात्मा गान्धीको समाधिस्थल पुगेर प्रधानमन्त्री प्रचण्डले पुष्पगुच्छा अर्पण गर्नुभएको थियो ।

बैठकपछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्नुहुने छ ।