• ८ पुस २०८१, सोमबार

सामाजिक संस्थाहरूले निस्वार्थ सेवाभावले काम गर्नुपर्छ : सभामुख घिमिरे

blog

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे कार्यक्रममा सम्बोधन गर्नुहुँदै ।

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ २० गते । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले निस्वार्थ सेवाभावका साथ काम गर्न सामाजिक सङ्घ, संस्थाहरूलाई आग्रह गर्नुभएको छ । नेपाल जाति, भाषा, कला, संस्कृति आदि सबै हिसाबले समुन्नत रहेकाले त्यसको प्रचार गर्ने काममा पनि सामाजिक सङ्घ, संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । फोकस नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले त्यस्तो बताउनुभएको हो । 

भौतिक रूपमा नेपाल गरिबिको चपेटामा रहेको भए पनि भाषा, कला र संस्कृतिको हिसाबले समुन्नत रहेको उहाँले चर्चा गर्नुभयो । समाजसेवालाई महान् कार्यको रूपमा उल्लेख गर्दै सभामुख घिमिरेले त्यसको माध्यमबाट समाजलाई माथि उठाउन सकिने बताउनुभयो ।

 

उहाँले भन्नुभयो, ‘समाज सेवाभन्दा समाज एउटा शब्द भयो, सेवा अर्को शब्द भयो । विभिन्न जातजातिका आ–आफ्ना धर्म, भाषा, संस्कृति, एकले अर्कालाई साथ, सहयोग गर्दैआएको मुलुक एउटा समुन्नत मुलुक भएको उहाँको भनाइ छ । 

सभामुख घिमिरेले समाज सेवाको क्षेत्रलाई बहस र छलफलको विषय बनाउँदै अघि लैजानु आवश्यक रहेको बताउनुभयो । उहाँले भौगोलिक हिसाबले पनि नेपाल समुन्नत रहेको उल्लेख गर्दै त्यसको सदुपयोग गर्नुपर्नेमा पनि जोड दिनुभयो ।