विद्यालय शिक्षा विधेयकले वाक् स्वतन्त्रता हनन गरेको छ : सांसद सुवाल
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयक सङ्घीयता विरोधी भएको बताउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति वाइडेनबिच भेटवार्ता
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जोसेफ रोबिनेट बाइडेन जुनियर र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भेटवार्ता भएको छ ।
एमालेको प्रथम बागमती प्रदेश अधिवेशन असोज ८ र ९ मा
काठमाडौँको भृकुटीमण्डपमा सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट असोज ८ गते उद्घाटन हुने अधिवेशनको बन्दसत्र नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । आयोजक कमिटीका अध्यक्ष केशवराज पाण्डेका अनुसार अधिकांश पालिका कमिटी र जनसङ्गठनका प्रतिनिधि चयन भइसकेको विवरण प्राप्त भइसकेको र अन्य तयारी पनि पूरा भएको बताउनुभयो ।
पूर्व मन्त्री भट्टको निधन
पूर्व मन्त्री खेमराज भट्ट ‘मायालु’को निधन भएको छ। क्यान्सर रोगको उपचाररत भट्टको बिहीबार निधन भएको प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा जुगलले जानकारी दिनुभयो ।
राष्ट्रपति पौडेल भोलि पहिलो पटक गृह जिल्लामा आउँदै
राष्ट्रपति रामचन्द्र पौडेल भोलि शनिवार गृह जिल्ला तनहुँ आउँदै हुनुहुन्छ । राष्ट्रपति बनेपछि पौडेल पहिलो पटक गृह जिल्ला भ्रमणको लागि आउन लाग्नु भएको हो ।
प्रधानमन्त्री प्रचण्डद्वारा आपसी विश्वास, साझेदारी र एकताबद्ध भएर अघि बढ्न विश्व समुदायसँग अपिल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आपसी विश्वास, साझेदारी र एकताबद्ध भएर अघि बढ्न विश्व समुदायलाई अपिल गर्नुभएको छ ।
मलङ्गवामा निषेधाज्ञा जारी
सर्लाहीजिल्ला सदरमुकाम मलङ्गवामा अनिश्चितकालीन निषेधाज्ञा आजपनि जारी रहेको छ । दुई समुदायबीच झडप भएपछि सर्लाही सदरमुकाम मलङ्गवामा अनिश्चितकालीन निषेधाज्ञा (कफ्र्यु) जारी गरिएको हो । जिल्ला प्रशासन कार्यालय मलङ्गवाले गए राति १०ः०० बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका लागि कफ्र्यु आदेश जारी गरेको हो ।
नेपाल र आयरल्यान्डका सभामुखबिच भेट
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र आयरल्यान्ड संसद्को तल्लो सदनका सभामुख सान ओ फारगेलबिच बुधबार साँझ डब्लिनमा भेटवार्ता भएको छ । सभामुख फारगेलको निमन्त्रणामा आयरल्यान्ड भ्रमणमा रहनुभएका सभामुख घिमिरेले संविधान सभाको निर्वाचनपछि नेपालमा नयाँ संविधान जारी भएको र संविधानले प्रदान गरेका मौलिक हक कार्यान्वयन गर्न धेरै कानुन निर्माण भइसकेको भेटका व्रmममा जानकारी दिनुभयो । केही कानुन निर्माणको प्रव्रिmयामा रहेको जानकारी दिँदै उहाँले नेपालको अहिलेको मुख्य चुनौती आर्थिक विकास रहेको उल्लेख गर्नुभयो । सो भेटमा सहभागी लन्डनस्थित नेपाली दूतावासका द्वितीय सचिव रामबाबु नेपालले सभामुख घिमिरेले विशेषगरी नेपालको शिक्षा, कृषि र पर्यटन क्षेत्रको विकासमा आयरल्यान्डको सहयोग तथा सहकार्यको आवश्यकतामाथि जोड दिनुभएको जानकारी दिनुभयो ।
अति कम विकसित मुलुकलाई सहयोगको खाँचो
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोभिड महामारीपछिको आर्थिक तथा विकासको पुनरुत्थानका लागि अति कम विकसित देशलाई सघाउन शक्तिराष्ट्रलाई आह्वान गर्नुभएको छ। संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभाको अवसर पारेर आयोजना गरिएको ‘महामारी रोकथाम, तयारी तथा प्रतिकार्य’ विषयक उच्चस्तरीय बैठकलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले महामारीको सङ्कटबाट बाहिर निस्कन सङ्घर्षरत अति कम विकसित मुलुकलाई अन्तर्राष्ट्रिय सहयोगको खाँचो रहेको औँल्याउनुभएको हो।
शान्ति प्रक्रिया छिटो टुङ्गो लगाऔँ : अध्यक्ष तिमिल्सिना
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको शान्ति प्रक्रियालाई छिट्टै टुङ्ग्याउनुपर्ने बताउनुभएको छ ।
दलको अविश्वासको कारण शान्ति प्रक्रिया टाढिँदै गएको छ : नेता सिटौला
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिक दलहरूका बिचमा अविश्वास भएका कारण शान्ति प्रक्रियाको बाँकी काम नसकिएको बताउनुभएको छ।
ब्रसेल्समा संविधान दिवस
नेपालको राष्ट्रिय दिवस (संविधान दिवस)को उपलक्ष्यमा नेपाली राजदूतावासले ब्रसेल्समा स्वागत समारोह आयोजना गरेको छ।
बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयका कामको स्वास्थ्य मन्त्री बस्नेतद्वारा प्रशंसा
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले बाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयले सञ्चालन गरिरहेको कार्यक्रमको प्रशंसा गर्नुभएको छ।
उपसभापति खड्काद्वारा शिक्षकका वास्तविक माग पूरा गर्ने प्रतिबद्धता
नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकमा उपसभापति तथा कार्यवाहक प्रधानमन्त्री एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षक महासङ्घको वास्तविक माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
प्रधानमन्त्री प्रचण्ड शनिबार चीन भ्रमणमा जाँदै
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको राजधानी न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार जनवादी गणतन्त्र चीन पुग्दै हुनुहुन्छ ।
श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
सरकारले श्रम आप्रवासनमा देखिएका समस्यालाई दीर्घकालनीरूपमा समाधान गर्न आवश्यक ठानिएको नीतिगत र कानुनी उल्झन तथा प्रक्रियागत व्यवस्थालाई समयसीमा तोकेरै टुङ्याउने निर्णय गरेको छ ।
अध्ययनको नाममा वैदेशिक रोजगारीमा पठाउने कन्सल्टेन्सीलाई प्रतिबन्ध लगाउँछौँ : श्रममन्त्री सिंह
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) लाई अध्ययन तथा कलेजको नाममा वैदेशिक रोजगारीमा पठाए सरकारले प्रतिबन्ध लगाउने बताउनुभएको छ।
संविधानले महिला अधिकार सुनिश्चित गरेको छ : उपसभामुख राना
प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले संविधानले सामाजिक समावेशीकरणलाई सुनिश्चित गरेको बताउनु भएको छ । व्यवहारमा भने चाहे जसरी कार्यान्वयन हुन नसकिरहेको उहाँको भनाइ छ ।
निक्षेप तथा कर्जा सुरक्षा कोषको भूमिका महत्त्वपूर्ण छ: अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रलाई सकारात्मक चक्रमा बद्लन निक्षेप तथा कर्जा सुरक्षा कोषले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभएको छ।
शिक्षकका माग सम्बोधन गर्न एमालेको माग
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आन्दोलनरत शिक्षकको जायज माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।
सुशासनको अभियानलाई सफल नभए राजनीतिक प्रणालीमाथि नै खतरा छ : गृहमन्त्री
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशमा भ्रष्टाचारविरोधी र सुशासनको अभियानलाई सफल नबनाए राजनीतिक प्रणालीमाथि नै खतरा पैदा हुने बताउनुभएको छ।
मुख्यमन्त्रीद्वारा सेती अस्पतालको अनुगमन
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आज अनुगमन गर्नुभएको छ ।
दुई समितिको बैठक स्थगित
प्रतिनिधिसभा अन्तर्गतका अर्थ र अन्तर्राष्ट्रिय सम्बन्ध समितिका आजका लागि निर्धारित बैठक स्थगित भएका छन् ।
ज्ञान हुनेले पार्टीका समस्या बाहिर भन्दैनन् : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति इंगित गर्दै पार्टीका समस्या बाहिर गीत गाएर समाधान नहुने टिप्पणी गर्नुभएको छ।