सामाजिक सहिष्णुतालाई कमजोर पार्ने गतिविधि भयो : गृहमन्त्री
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक सहिष्णुतालाई कमजोर पार्ने गतिविधि भइरहेको भन्दै यसप्रति सचेत हुन अपिल गर्नुभएको छ ।
कांग्रेस केन्द्रीय सदस्यमा आठ जना मनोनयन
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य पदमा आठ जनालाई मनोनयन गर्नुभएको छ ।
वित्तीय क्षेत्र सुधारको कार्ययोजना दुई हप्ताभित्र पेश गर्न निर्देशन
वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको बैठकले वित्तीय क्षेत्र सुधारको कार्ययोजना दुई हप्ताभित्र पेश गर्न नियामक तथा सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
भिआइपीलाई मापदण्ड विपरीत दिएको सुविधा फिर्ता गर्न संसदीय समितिको निर्देशन
संसदीय समितिले भिभिआइपी तथा भिआइपीहरूलाई मापदण्ड विपरीत दिइएको सुरक्षा अधिकृत, सवारी चालक र भान्सेहरूलाई १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ ।
नेकपा (एकीकृत समाजवादी)को बैठक स्थगित
आज पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भनिएको उक्त बैठक शिक्षक आन्दोलनका कारण नेताहरु समयमै आउन नसक्नेलगायत कारणले स्थगित गरिएको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले राससलाई जानकारी दिनुभयो ।
योजनाहरुको ठेक्का तोड्न सकिँदैन : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र रहेका अलपत्र योजनाहरुको ठेक्का सम्झौता तोड्न नसकिने बताउनुभएको छ ।
सभामुख घिमिरेद्वारा आयरल्याण्डका समकक्षीसँग भेट
सभामुख घिमिरेले बुधबार राति आइरिस संसदको तल्लो सदन डोयल एरियनका सभामुख सानओ फारगेलसँग भेट गर्नुभएको हो । भेटमा दुई देशका संसदबीच संसदीय आदानप्रदान, द्विपक्षीय सहयोग लगायतका विषयमा कुरा भएको भेटमा सहभागी सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईले जानकारी दिनभयो ।
कांग्रेस केन्द्रीय समितिमा महासमिति बैठकको तयारीबारे छलफल हुने
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय कार्य समितिको बैठकमा मङ्सिर ११, १२ र १३ गते बस्ने महासमिति बैठकको तयारीबारे छलफल हुने जानकारी दिनुभयो ।
सांसद पार्टीप्रति मात्र होइन देश र जनताप्रति समर्पित हुनुपर्छ : सांसद घर्तीमगर
रोल्पाथुम हुँदै नामकरण भएको रोल्पा जिल्ला, लुम्बिनी प्रदेशको एक पहाडी जिल्ला मात्रै होइन, युद्ध, क्रान्ति र पर्यटनका नामबाट परिचितस्थल पनि हो ।
परराष्ट्रमन्त्री साउद र अमेरिकी पूर्वविदेशमन्त्रीबीच भेट
परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकाका पूर्वविदेशमन्त्री माइकल आर पेम्पोओबीच बुधबार राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा भेटघाट भएको छ ।
नेपालद्वारा बिबिएनजे सम्झौतामा हस्ताक्षर
नेपालले बायो डाइभर्सिटी बिओण्ड नेशनल जुरिडिक्सन (बिबिएनजे) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आउनुभएका परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घले प्रस्ताव गरेको उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।
बेलायतमा मनाइयो संविधान दिवस
नेपालको संविधान दिवसको अवसरमा लन्डनस्थित नेपाली दूतावासले एक कार्यक्रमसहित राष्ट्रिय दिवस मनाएको छ ।
प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्रीबीच भेट
संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच राष्ट्र सङ्घको मुख्यालयमा बुधबार भेटघाट भएको छ ।
आर्थिक विकासले मात्र प्रजातन्त्रको स्थायित्व : प्रम
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक क्षेत्रको विकासले मात्र प्रजातन्त्रको स्थायित्व सम्भव हुने बताउनुभएको छ । उहाँले नागरिकको जीवनस्तर उकास्न भोकमरीविरुद्धको अभियान र प्रजातन्त्रको दिगो विकासका लागि बेरोजगारी न्यूनीकरण अपरिहार्य भएको उल्लेख गर्नुभयो ।
नेसपासँग एकता गर्न माओवादी केन्द्र नाम फेर्न तयार
नेपाल समाजवादी पार्टीसँग एकता गर्न नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पार्टीको नाम फेर्न तयार भएको छ। माओवादी केन्द्रको गत भदौ २५ गते बसेको पदाधिकारी बैठकले कोस्ठभित्रको माओवादी केन्द्रको नाम फेर्न तयार भएको भन्दै नेसपालाई पत्र पठाएको छ।
संविधान कार्यान्वयनमा जोडबल गर्नुस् : नेता सिटौला
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयनमा जोडबल गर्न आफ्नै पार्टीका नेतालाई आग्रह गर्नुभएको छ।
संविधान दिवसको अवसरमा रक्तदान
संविधान दिवसको अवसरमा रुकुम पश्चिममा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ।
संविधान कार्यान्वयनमा समस्या छ : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दलाल नोकरशाही पुँजीवादका कारण नेपालको संविधान कार्यान्वयनमा समस्या भएको बताउनुभएको छ।
गण्डकीमा प्रदेशका संरचनाको मूल्याङ्कन गर्न कार्यदल गठन
गण्डकीमा प्रदेश सरकार मातहत रहेका बोर्ड, आयोग, प्रतिष्ठान लगायतको भूमिका र आवश्यकता मूल्याङ्कन गर्न प्रदेश सरकारले कार्यदल गठन गरेको छ।
लोकतन्त्रको पवित्रतालाई स्थापित गर्नुपर्छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले शासकीय कमजोरीलाई अब राजनीतिक निष्ठा र लोकतन्त्रको पवित्रताले जित्नैपर्ने बताउनुभएको छ ।
सहमति र सहकार्य गरी अघि बढ्नुपर्ने आवश्यकता : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हाल कोशी प्रदेशमा देखिएको राजनीतिक अस्थिरताले सिङ्गो प्रदेशवासीमा सङ्घीयता प्रति नै वितृष्णा पैदा भएको बताउनुभयो ।
संविधान दिवसमा जनकपुरधाममा सरसफाइ
मधेश प्रदेशको राजधानी जनकपुरधाममा संविधान दिवसको अवसरमा सरसफाइ तथा झण्डोत्सव कार्यक्रम सम्पन्न भएको छ।
माओवादी रूपान्तरण नेतृत्व स्तरबाट हुनुपर्छ : मातृका यादव
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा कर्णाली प्रदेश इन्चार्ज मातृकाप्रसाद यादवले माओवादी रूपान्तरण नेतृत्व स्तरबाट हुनुपर्ने बताउनुभएको छ।
विद्यालय शिक्षा विधेयक छलफलपछि मात्र अघि बढाउनुपर्छ : केन्द्रीय सदस्य महर
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरोकारवालाहरूसँगको व्यापक छलफलपछि र संविधानसम्मत रूपमा विद्यालय शिक्षा विधेयक अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।