• २८ वैशाख २०८२, आइतबार

कांग्रेस केन्द्रीय समितिमा महासमिति बैठकको तयारीबारे छलफल हुने

blog

काठमाडौं, असोज ४ गते । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक बिहीबार दिउँसो १ बजे बस्दैछ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय कार्य समितिको बैठकमा मङ्सिर ११, १२ र १३ गते बस्ने महासमिति बैठकको तयारीबारे छलफल हुने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘महाधिवेशनमा नेतृत्व चयन गर्‍यौं । नीति अधिवेशनका लागि केन्द्रीय कार्य समितिको यसअघिको बैठकले नीति महाधिवेशनले निर्दिष्ट गरेको सबै काम महासमितिले गर्ने निर्णय गरेको थियो ।” नीति महाधिवेशनको लागि महासमितिको बैठक बस्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले महासमिति बैठकमा पारित गरिने नीति र कार्यक्रमको तयारी सम्बन्धमा छलफल हुने बताउनुभयो ।

यसैगरी, कांग्रेसको गत साउन २ देखि १० गतेसम्म बसेको केन्द्रीय कार्य समितिले तय गरेको विभिन्न कार्यक्रमको कार्यान्वयन, उपलब्धि सम्बन्धमा समिक्षा हुने उहाँले जानकारी दिनुभयो ।

उहाँले बैठकको एजेण्डा सम्बन्धमा शिक्षकको आन्दोलनलाई कांग्रेसले गम्भीरतापूर्वक हेरेको भन्नुुहुँदै यस विषयमा पनि छलफल हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “शिक्षक महासङ्घले आन्दोलन गरिरहेको छ । आन्दोलनलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक हेरिरहेको छ । त्यस सन्दर्भमा लगायत समसामयिक राजनीति,जनजीविका सम्बन्धमा छलफल हुनेछ ।”