प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी चिन फिङबीच भेटवार्ता भएको छ । शनिबार प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सीबीच चीनको हाङ्झाउमा औपचारिक भेटवार्ता भएको छ।
राष्ट्रपति पौडेलद्वारा जिल्ला सभाहलको उद्घाटन
राष्ट्रपति रामचन्द्र पौडेलले व्यास नगरपालिका–३ बिपी वन बाटिका, दमौलीमा निर्माण गरिए जिल्ला सभाहलको शनिबार उद्घाटन गर्नुभएको छ। गृह जिल्ला भ्रमणको क्रममा राष्ट्रपति पौडेलले उद्घाटन गर्नुभयो।
हुम्लाको प्रदेश अधिवेशन प्रतिनिधि निर्विरोध चयन
नेपाल कम्युनिष्ट पार्टी (एमाले) हुम्लाको कर्णाली प्रदेश अधिवेशनका लागि प्रदेश प्रतिनिधि निर्विरोध चयन हुनुभएको छ । गाउँपालिकास्तर कमिटीको भेलाबाट ती प्रतिनिधि छनौट हुनु भएको हो ।
रणनैतिक कार्यविधिलाई हासिल गर्नेगरी कार्यक्रम तर्जुमा गर्नुपर्छ : मन्त्री आचार्य
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले दिगो विकास लक्ष्य एवम् आवधिक योजनाले तय गरेको रणनैतिक कार्यविधिलाई हासिल गर्नेगरी कार्यक्रम तर्जुमा गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिनुभएको छ ।
स्वच्छ, स्वस्थ्य र मर्यादित पत्रकारिताले लोकतन्त्र बलियो बनाउँछ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्वच्छ र मर्यादित पत्रकारिताले लोकतन्त्रलाई थप बलियो बनाउने बताउनुभएको छ । अभिव्यक्ति स्वतन्त्रता बिना राजनीतिक स्वतन्त्रताको अर्थ नहुने उहाँको भनाइ छ ।
राष्ट्रपतिद्वारा भयरस्थान देवताको पूजा
राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार तनहुँको भानु नगरपालिका –१३ मिलुङस्थित भयरस्थान देवताको मन्दिरमा गएर पूजाअर्चना गर्नुभएको छ ।
गोरखापत्रका प्रमुख समाचारदाता भट्टराई सम्मानित
गोरखापत्र दैनिकका प्रमुख समाचारदाता केदार भट्टराई सम्मानित हुनु भएको छ । प्रेस काउन्सिल नेपालले आफ्नो ५४औँ वार्षिक उत्सवका अवसरमा भट्टराई लगायत विभिन्न सञ्चारकर्मी र व्यक्तित्वहरूलाई सम्मान गरेको छ ।
सभामुख घिमिरेद्वारा आयरल्याण्डका राष्ट्रपति हिगिन्ससँग शिष्टाचार भेट
आयरल्याण्ड भ्रमणमा रहनुभएका सभामुख देवराज घिमिरेले शुक्रबार साँझ आयरल्याण्डका राष्ट्रपति माइकल डी हिगिन्ससँग शिष्टाचार भेट गर्नुभएको छ ।
गलत र भ्रामक सूचना दिने आफै दण्डित हुन्छन् : राष्ट्रपति पौडेल
लोकतन्त्र भएका मुलुकमा पत्रकारितालाई चौथो अङ्गको रूपमा मानिएपछि पछिल्लो समय केही गलत अभ्यासहरू पनि हुने गरेको बताउनुहुँदै गलत र भ्रामक सूचना सम्प्रेषण गर्ने आफैँ दण्डित हुने राष्ट्रपति रामचन्द्र पौडेलले बताउनुभयो ।
प्राधिकरणको कर्मचारी युनियनमा जैसी समूह विजयी
नेपाल दूरसञ्चार प्राधिकरणको आधिकारिक कर्मचारी युनियनको शुक्रबार भएको निर्वाचनमा स्वतन्त्र कर्मचारी युनियनमा शिवराज जैसीको नेतृत्वमा कार्यसमिति निर्वाचित भएको छ ।
सरकार र आन्दोलनरत शिक्षकबीच छ बुँदे सहमति
नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच सहमति भएको छ। शुक्रबार साँझ सरकार र शिक्षक महासंघबीच सात बुँदामा सहमति भएको हो।
अपराधजन्य घटना नियन्त्रण गरिनुपर्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अपराधजन्य घटना नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ ।
कांग्रेसद्वारा शिक्षा विधेयक सर्वस्वीकार्य बनाउने प्रतिबद्धता
नेपाली कांग्रेसले संसदमा दर्ता भएको शिक्षा विधेयक संसदीय प्रक्रियाबाट सर्वस्वीकार्य बनाउन पहलकदमी लिने प्रतिबद्धता जाहेर गरेको छ।
साढे चार महिनापछि मन्त्रीहरुको सम्पत्ति सार्वजनिक
गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण बिहीबार सार्वजनिक भएको छ । गएको वैखाख १४ गते मुख्यमन्त्री नियुक्त हुनुभएका सुरेन्द्रराज पाण्डेले वैशाख अन्तिममा मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको थियो ।
शिक्षकको आन्दोलन फिर्ता हुन्छ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शिक्षक महासंघको आन्दोलन भोलिदेखि फिर्ता हुने बताउनुभएको छ।
धार्मिक सद्भावका लागि गृह मन्त्रालयमा छलफल
पछिल्लो समय देशका केही ठाउँमा धार्मिक सद्भाव खल्बल्याउने छिट्पुट प्रवृत्ति देखापरेपछि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले धार्मिक अगुवालाई आज गृह मन्त्रालयमा बोलाएर गम्भीर छलफल गर्नुभएको छ।
सरकार र आन्दोलनरत शिक्षकबीच सहमति
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले सरकार र शिक्षकबीच ६ बुँदे सहमति पत्रमा हस्ताक्षर हुने तयारी भएको जानकारी दिनुभयो ।
बेलायती राजदुत र स्वास्थ्यमन्त्री खनालबीच भेटवार्ता
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनाल र नेपालका लागी बेलायती राजदुत रोब फेनबीच स्वास्थ्य मन्त्रालयमा आज शिष्टाचार भेटवार्ता भएको छ ।
सिंहदरबारमा सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी
सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच वार्ता जारी रहेको हो ।
अन्तर्राष्ट्रिय सहायता उन्नत तहमा उपलब्ध गराउन प्रधानमन्त्रीकाे आह्वान (सम्बोधनको पूर्णपाठसहित)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सन् २०२६ भित्र अतिकम विकसित देशको अवस्थाबाट स्तरोन्नति बताउनुभएको छ ।
राजनीतिक स्थायित्व र सुशासन दिनसके सबै समस्या समाधान हुन्छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्व र सुशासन कायम गरी विभिन्न जात जाति, क्षेत्र, वर्ग लिङ्गका समस्या समाधानतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभएको छ।
अब गैर आवासीय नेपालीलाई नागरिकता प्रमाणपत्र
नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० राजपत्रमा प्रकाशित भए बमोजिम गैर आवासीय नेपाली नागरिकता प्रमाणपत्रको नयाँ व्यवस्था लागू भएको छ ।
राष्ट्रपतिसमक्ष दलित आयोगको प्रतिवेदन पेश
शुक्रबार राष्ट्रपति कार्यालयमा पुगेर राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।
केन्द्रीय सल्लाहकार सदस्य मायालुको निधनले सिङ्गो पार्टी मर्माहत : कार्यवाहक अध्यक्ष श्रेष्ठ
नेकपा (माओवादी केन्द्र)ले पार्टीको केन्द्रीय सल्लाहकार सदस्य कमरेड खेमराज भट्ट ‘मायालु’को निधनले सिङ्गो पार्टी मर्माहत भएको जनाएको छ ।