• २४ असार २०८२, मङ्गलबार

राजनीतिक स्थायित्व र सुशासन दिनसके सबै समस्या समाधान हुन्छ : राष्ट्रपति पौडेल

blog

राष्ट्रपति रामचन्द्र पौडेल । फाइल तस्बिर

काठमाडौं, असोज ५ गते। राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्व र सुशासन कायम गरी विभिन्न जात जाति, क्षेत्र, वर्ग लिङ्गका समस्या समाधानतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभएको छ।

राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन बुझ्दै राजनीतिलाई स्थायित्व दिएर सुशासन कायम गर्नसके सबैका समस्या समाधान हुने उहाँले बताउनुभयो। 

पिछडिएको र विकट क्षेत्रमा सचेतना अभियान सञ्चालन गरे समाजका देखिएका विकृति विसङ्गति हटाउन सहज हुने उहाँको धारणा थियो। 

राष्ट्रपति पौडेलले नेपालको संविधान अनुसार गठन भएका सबै संवैधानिक आयोगले आफ्नो वर्गको उत्थानका लागि लाग्न जरुरी रहेको धारणा राख्नुभयो। 

दलित अयोगका अध्यक्ष देवराज विश्वकर्माले आयोगको वार्षिक प्रतिवेदनमा ८ परिच्छेद र ११ वटा अनुसूची रहेको बताउनुभयो। उहाँले दलित आयोगले २२ वर्षपछि फेरि दलितको जात र थरको नयाँ सूचीकरण गरेको पनि जानकारी दिनुभयो।

यो पनि पढ्नुहोस

राष्ट्रपतिसमक्ष दलित आयोगको प्रतिवेदन पेश