• ८ पुस २०८१, सोमबार

राष्ट्रपतिसमक्ष दलित आयोगको प्रतिवेदन पेश

blog

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दलित आयोगले वार्षिक प्रतिवेदन पेश राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा । तस्बिरः राष्ट्रपति कार्यालय

काठमाडौं, असोज ५ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दलित अयोगले वार्षिक प्रतिवेदन पेश गरेको छ । 

शुक्रबार राष्ट्रपति कार्यालयमा पुगेर राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो । 

नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।