• २७ वैशाख २०८२, शनिबार

प्राधिकरणको कर्मचारी युनियनमा जैसी समूह विजयी

blog

काठमाडौँ, असोज ६ गते । नेपाल दूरसञ्चार प्राधिकरणको आधिकारिक कर्मचारी युनियनको शुक्रबार भएको निर्वाचनमा स्वतन्त्र कर्मचारी युनियनमा शिवराज जैसीको नेतृत्वमा कार्यसमिति निर्वाचित भएको छ । शुक्रबार सम्पन्न निर्वाचनमा जैसीको सम्पूर्ण समूह नै निर्वाचित भएको हो । 

युनियनको उपाध्यक्षमा सोनु केसी, सचिवमा राजु रिजाल र कोषाध्यक्षमा मनोज पौडेल निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यहरूमा सागर कुमार भट्टराई, निरु कुमारी लेखक राधेश्याम मल्ल निर्वाचित हुनुभएको छ ।