कोशीमा मन्त्रिपरिषद् विस्तारको तयारी
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ । आज केही मन्त्रीहरु थप गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने उहाँको तयारी छ ।
सरकार शिक्षक महासङ्घसँग भएको सम्झौताप्रति प्रतिबद्ध छ : कार्यवाहक प्रधानमन्त्री खड्का
कार्यवाहक प्रधानमन्त्री एवम् उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार शिक्षक महासंघसँग भएको सम्झौताप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ ।
पाँचथरबाट एमालेका २९ जना प्रतिनिधि चुनिए
नेकपा (एमाले) को कोशी प्रदेश अधिवेशनका लागि एमाले पाँचथरले ८ वटा स्थानीय तहबाट २९ जना प्रतिनिधि छनौट गरेको छ । एमालेको प्रदेश अधिवेश असोज १२ र १३ गते विराटनगरमा हुने एमाले पाँचथरका अध्यक्ष राजकुमार भण्डारीले जानकारी दिनुभयो ।
एमाले बागमती प्रदेशको अधिवेशन सुरु हुँदै
सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट आज उद्घाटन हुने अधिवेशनको बन्दसत्र मङ्गलबार कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुनेछ । अधिवेशनका लागि एक हजार एक सय ५० प्रतिनिधि छानिएका छन् ।
नेपाल र चीनबीच १३ वटा समझदारी पत्रमा हस्ताक्षर
नेपाल र चीनबीच १३ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका चिनियाँ समकक्षी लि छ्याङको उपस्थितिमा उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री
चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले महसुस गरेको बताउनुभएको छ ।
प्रधानमन्त्री चीन भ्रमण : द्विपक्षीय वार्ता सुरु
चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका चिनियाँ समकक्षी लि छ्याङबीच बेइजिङमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई ‘गार्ड अफ अनर’
प्रधानमन्त्री दाहाललाई चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले आज ‘गार्ड अफ अनर’ प्रदान गरेको हो । त्यसअघि प्रधानमन्त्री दाहाललाई उहाँका चिनियाँ समकक्षी लि छ्याङले ग्रेट हल अफ दि पिपलमा स्वागत गर्नुभएको थियो ।
चिनियाँ जनकाँग्रेसका अध्यक्ष र प्रधानमन्त्री प्रचण्डबिच भेटवार्ता
चिनिया जनकङ्ग्रेसका अध्यक्ष झाओ लेचिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणलाई चीनले विशेष महत्त्व दिएको बताउनु भएको छ।
प्रधानमन्त्री चीन भ्रमणः आज द्विपक्षीय वार्ता हुँदै
चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उहाँका चिनियाँ समकक्षीसँग आज द्विपक्षीय भेटवार्ता गर्दै हुनुहुन्छ । प्रधानमन्त्री दाहाल र उहाँका समकक्षी लि छ्याङसँग ग्रेटहल अफ दि पिपलमा स्थानीय समयअनुसार १०ः५५ मा भेटवार्ता हुन लागेको हो ।
गण्डकी एमाले अधिवेशन असोज १५ र १६ मा
नेकपा (एमाले) प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । प्रदेशका ८५ वटै पालिकामा प्रतिनिधि छनोटको प्रक्रिया चलिरहेको एमाले गण्डकी प्रदेश कमिटिका सचिव धनञ्जय दवाडीले जानकारी दिनुभयो । सर्वसम्मत नभए मतदानको प्रक्रियाबाट प्रतिनिधि चुनिने उहाँले बताउनुभयो ।
नेपाल र चीनको सम्बन्ध मजबुत बनाउने प्रधानमन्त्री प्रचण्डको विश्वास
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल र चीन दुई देशबीचको आपसी सम्बन्ध थप मजबुत बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ ।
ताप्लेजुङ एमालेद्वारा ५० जना प्रतिनिधि छनोट
नेकपा एमाले ताप्लेजुङले पार्टीको कोशी प्रदेश अधिवेशनका लागि पचास जना प्रतिनिधि छनोट गरेको छ । जिल्ला कमिटीले प्रदेश अधिवेशनमा उम्मेदवार बन्न र मतदान गर्न पाउने अधिकार रहनेगरी प्रतिनिधिको छनोट गरेको हो ।
स्थानीय सरकारले सङ्घीयता कार्यान्वयनमा सहयोग पुगेको छ : मन्त्री साह
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहले प्रदेश तथा स्थानीय शासन व्यवस्थाले सङ्घीयता कार्यान्वयनमा सहयोग पुगेको बताउनुभएको छ ।
जातको आधारमा भोट हाल्ने चलन हट्नु राम्रो हो : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जातको आधारमा भोट हाल्ने चलन हट्नु राम्रो भएको बताउनुभएको छ।
ऊर्जामन्त्री बस्नेत र वनमन्त्री महतोबीच छलफल
वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानका विषयमा देखिएका समस्या समाधान गर्ने विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत र वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोबीच छलफल भएको छ।
शिक्षा विधेयक सच्याउनुपर्छ : कांग्रेस महामन्त्री थापा
सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदमा पेस गरिएको शिक्षा विधेयक सच्याउनुपर्ने बताउनुभएको छ ।
राष्ट्रपति पौडेल जानकी मन्दिरको दर्शनमा आउनुहुँदै
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार जानकी मन्दिर दर्शनका लागि जनकपुरधाम आउन लाग्नुभएको छ ।
देशमा हिंसा भड्काउने काम भइरहेको छ : अध्यक्ष ओली
पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय देशमा हिंसा भड्काउने काम भइरहेको बताउनुभएको छ ।
आर्थिक साझेदारीले लगानी सम्बन्ध बलियो बनाउँछ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीनको आर्थिक साझेदारीले लगानी सम्बन्धलाई बलियो बनाउने बताउनुभएको छ।
सुन तस्करीमा दलका नेतामाथि गहिरो अनुसन्धान भएन : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका नेतामाथि गहिरो अनुसन्धान नभएको बताउनुभएको छ।
कांग्रेस महासमिति बैठक मङ्सिरमा
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा महासमिति बैठकको मिति तोक्ने विषयमा छलफल भएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आइतबार मङ्सिर ११, १२ र १३ गते बस्ने महासमितिको बैठकको एजेण्डाबारे छलफल भएको हो।
सुन प्रकरणको अनुसन्धानमा सरकारले हस्तक्षेप गर्दैन : गृहमन्त्री श्रेष्ठ
गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धानमा सरकारले कुनै प्रकारको हस्तक्षेप नगर्ने बताउनुभएको छ । आइतबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा उहाँले सो कुरा बताउनुभएको हो ।
भ्रष्टाचार नियन्त्रणका लागि बाध्यकारी कानुन निर्माण गर्नुपर्छ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि बाध्यकारी कानुन निर्माण गर्न सांसदलाई आग्रह गर्नुभएको छ ।