स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन एमालेको आग्रह
नेकपा (एमाले) ले चिकित्सक तथा स्वास्थ्यकर्मीले मर्यादित, शान्तिपूर्ण र सुरक्षित वातावरणमा काम गर्न पाउने वातावरण तयार गर्न गृह प्रशासनको ध्यानाकर्षण गराएको छ ।
कांग्रेस सांसदबीच शिक्षा विधेयक संशोधनबारे छलफल
नेपाली कांग्रेसका सांसदबीच शिक्षक विधेयक सम्बन्धमा छलफल भएको छ ।
लुम्बिनी क्षेत्रका पर्यटकलाई बर्दियासम्म ल्याउनुपर्छ : मुख्यमन्त्री चौधरी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशलाई मुलुककै आकर्षक पर्यटकीय केन्द्रको रूपमा विकास गर्न प्रदेश सरकार लागिपरेको बताउनुभएको छ ।
एमाले सुशासन र विकासको अगुवाइ गर्ने पार्टी हो : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा सुशासन र विकासको अगुवाइ गर्ने पार्टी एमाले भएको बताउनुभएको छ ।
चीन भ्रमण आशा गरेभन्दा सफल : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमण आशा गरेभन्दा पनि धेरै सफल भएको बताउनुभएको छ ।
मैले सर्प पालन गरेको छैन : नेता खनाल
पूर्व प्रधानमन्त्री झलनाथ खनालले सर्प प्रकरणमा आफ्नो नाम मुछेर आलोचना गर्नेगरेको भन्दै आपत्ति जनाउनुभएको छ । बुधवार काठमाडौँमा आयोजित नेपाल सर्ट फिल्म अवार्ड २०२३ लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
पूर्ण विद्युतीकरण गर्न तीव्र काम हुँदैछ : उर्जामन्त्री बस्नेत
ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको सबै ठाउँमा पूर्ण विद्युतीकरण गर्नेगरी सरकारले तीव्र गतिमा काम गरिरहेको बताउनुभएको छ ।
कांग्रेस सङ्खुवासभाका सभापतिद्वारा राजीनामा
नेपाली कांग्रेस सङ्खुवासभाका सभापति दीपक खड्काले पदबाट राजीनामा दिनुभएको छ । कांग्रेसको १४औँ महाधिवेशनबाट भारी मतका साथ जिल्ला सभापति पदमा निर्वाचित खड्काले आज (बुधबार) राजीनामा दिनुभएको हो ।
‘परीक्षामा फेल भएकालाई न्यायाधीश बनाइयो’
नेकपा (एमाले) का सचिव पदमा अर्यालले कानुनमन्त्रीले परीक्षामा असफल भएकालाई न्यायाधीश बनाएकोभन्दै आलोचना गर्नुभएको छ ।
एमाले बागमती प्रदेश निर्वाचन : बिहीबार बिहान मतदान हुने
नेकपा (एमाले) बागमती प्रदेशको काठमाडौँमा जारी अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।
अध्यक्ष ओलीद्वारा कोहलपुर–सुर्खेत सडकको अवलोकन
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको कोहलपुरदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतसम्मको सडक अवलोकन गर्नुभएको छ ।
राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ ग्रहण
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
सुशासनको मार्गचित्रको तयारीमा सरकार छ : कार्यवाहक प्रधानमन्त्री खड्का
कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सुशासनको मार्गचित्र कोर्ने तयारीमा सरकार लागिरहेको बताउनुभएको छ ।
जसपाद्वारा केन्द्रीय नेतालाई जिम्मेवारी
जनता समाजवादी पार्टी, (जसपा) नेपालले आफ्ना केन्द्रीय नेतालाई वडादेखि जिल्ला समितिसम्मको जिम्मेवारी तोकेको छ
प्रधानमन्त्री प्रचण्ड ल्हासामा
चीनको औपचारिक भ्रमणमा रहनुभएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासास्थित गोंगार विमानस्थलमा अवतरण गर्नुभएको छ ।
एउटै सडक निर्माण, दुई कार्यालयबाट भुक्तानी
जाजरकोटको नलगाड नगरपालिका - ११ मा पर्ने सडक निर्माणका क्रममा एउटै उपभोक्ता समितिले दुई कार्यालयबाट भुक्तानी लिएको पाइएको छ । गत आर्थिक बर्ष २०७९-०८० मा राजनीतिक प्रभाव र आर्थिक लेनदेन गरी एउटै सडकमा दुई कार्यालयबाट भुक्तानी भएको पाइएको छ ।
प्रधानमन्त्री प्रचण्ड छोङ्छिङबाट ल्हासा प्रस्थान
चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज (बुधवार) छोङ्छिङ्बाट ल्हासा प्रस्थान गर्नु भएको छ ।
फेवातालबारे सर्वोच्चले भन्यो : पछि दर्ता भएका जग्गाको मुआब्जा दिनुपर्दैन
कास्कीको चर्चित र पर्यटकीय केन्द्र फेवातालको मापदण्ड निर्माण र मुआब्जाबारे सर्वोच्चले व्याख्या गरिदिएको छ । २०३१ सालसम्म फेवाको जग्गा र मुआब्जाबारे कुनै विवाद नरहेको जनाउँदै सर्वोच्चले फेवाको बाँध फुटेपछि दर्ता भएका जग्गालाई अहिले तालको मापदण्ड कायम गर्दा हटाउन क्षतिपूर्ति दिन नपर्ने यकिन गरेको हो ।
सार्वजनिक सेवा प्रसारण विधेयकमा परामर्श
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सार्वजनिक सञ्चार माध्यमलाई जनताप्रति जवाफदेही र उत्तरदायी तुल्याउन सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाइएको बताउनुभएको छ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि सुरु भएको छलफलमा उहाँले सार्वजनिक सञ्चार माध्यम सरकारको गुणगान गर्ने संस्थाका रूपमा मात्र सीमित हुन नहुने धारणा राख्नुभयो ।
सरकारको ध्यान देश बनाउनेमा हुनुपर्छ : अध्यक्ष ओली
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको ध्यान सत्ता टिकाउनमा मात्रै केन्द्रित भएपछि जनताको पक्षमा काम हुन नसकेको बताउनुभएको छ । मुलुकको नाजुक अवस्थामा रहेको अर्थतन्त्रलाई उकास्न सरकारले ठोस कदम चाल्नुपर्ने उहाँको सुझाव छ ।
कटान नियन्त्रण सरकारको प्राथमिकतामा छ : मन्त्री बस्नेत
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नदी कटान नियन्त्रणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।
एमाले अध्यक्ष ओली प्युठान आउनुहुँदै
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली प्युठान आउनुहुने भएको छ । नौवहिनी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्न अध्यक्ष ओली प्युठान आउन लाग्नुभएको हो ।
शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामुदायिक विद्यालयका शिक्षक–कर्मचारी र सरोकारवालाका समस्या हल हुने गरी विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गर्नुपर्ने बताउनुभएको छ ।
शताब्दी पुरुष डा. दासलाई सरकारले सम्मान गर्नेछ : कार्यवाहक प्रधानमन्त्री खड्का
कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले दिव्य शताब्दी पुरुष डा.गौरीशंकरलाल दासलाई सरकारले सम्मान गर्ने बताउनुभएको छ ।