काठमाडौँ, असोज १० गते । नेपाली कांग्रेसका सांसदबीच शिक्षक विधेयक सम्बन्धमा छलफल भएको छ ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बानेश्वरस्थित संसद् भवनमा सांसदहरुबीचमा शिक्षा विधेयक संशोधन सम्बन्धमा छलफल भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आज संसदीय दलको बैठक होइन । कांग्रेसका सांसदहरुबीच शिक्षा विधेयक सम्बन्धमा छलफल भएको हो ।
संशोधनका लागि थप छलफल गर्दै अघि बढ्ने भन्ने छ ।” संसदमा दर्ता भएको शिक्षा विधेयक संशोधनका लागि थप छलफल गर्दै अघि बढ्ने उहाँको भनाइ छ ।