नेपाल र चीनबीच नयाँ उच्चस्तरको सम्बन्ध विकास : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छन्तुका चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सेक्रेटरीले द्विपक्षीय भेटवार्ता गर्नुभएको छ ।
एमाले कर्णालीको निर्वाचन : मतदान भोलि
नेकपा (एमाले) कर्णाली प्रदेशको नेतृत्व छनोटका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । नयाँ नेतृत्व छनोटका लागि नेताहरुबीच सहमती नजुटेपछि मतदान प्रक्रिया सुरु गरिएको हो । निर्वाचन तालिकालाई बन्दसत्रले पारित गरेको छ ।
सत्ताको दुरुपयोग भइरहेको छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ताको दुरुपयोग भइरहेको आरोप लगाउनुभएको छ । सत्तामा बसेकाहरुले देश र जनताको पक्षमा काम गर्न नसकेको उहाँको भनाइ छ ।
असल विधायिका बन्ने अभ्यासमै छु : सचेतक थिङ
नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य सुशीला थिङले कानुन र विधिसँगसगै विकास निर्माणसम्बन्धी दोहोरो जिम्मेवारीले सांसद हैरानीमा परेको गुनासो गर्नुहुन्छ ।
नेपालको संविधान उत्कृष्ट : राजदूत खत्री
अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले नेपालको संविधान विश्वकै उत्कृष्ट भएको बताउनुभएको छ ।
जसपा कार्यवाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई
जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठले पाउनुभएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान गर्नुभएपछि श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो ।
एमाले बागमती प्रदेशको नेतृत्व चयनका लागि मतदान जारी
नेकपा (एमाले) बागमती प्रदेशको नेतृत्व चयनका लागि मतदान जारी छ । एमालेको स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ बागमती प्रदेशको नेतृत्व चयनका लागि पार्टी मुख्यालय च्यासलमा मतदान जारी रहेको जानकारी दिनुभयो ।
एमाले कोशी प्रदेशको प्रथम अधिवेशन सुरु
नेकपा (एमाले) कोशी प्रदेशको पहिलो अधिवेशन सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले समारोहस्थलमा राखिएको डिजिटल ब्यानरलाई रिमोट कन्ट्रोलको स्वीच थिचेर अधिवेशनको उद्घाटन गर्नुभयो ।
सङ्घीयता कार्यान्वयनका लागि शासकीय मानसिकतामा परिवर्तन जरुरी : कावा प्रधानमन्त्री खड्का
कार्यवाहक प्रधानमन्त्री तथा रक्षमन्त्री पूर्णबहादुर खड्काले सङ्घीयताको पूर्ण कार्यान्वयनका लागि शासकीय मानसिकतामा परिवर्तन हुनुपर्नेमा जोड दिनुभएको छ ।
एकीकृत समाजवादीले जागरण अभियान सञ्चालन गर्ने
असोज १४ गते झापाको काँकडभिट्टास्थित मेची नदीबाट बिहान ९ बजेदेखि सुरु हुने उक्त अभियान असोज २९ गते सुर्खेत पुगेर सभा गरी सम्पन्न हुने सो पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले राससलाई जानकारी दिनुभयो ।
कात्तिकभित्रै प्रदेशसभा भवन निर्माण थाल्छौँः मुख्यमन्त्री
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अर्काे महिनाभित्रै गण्डकी प्रदेशसभा भवन निर्माण थालिने बताउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्ड ल्हासाबाट आज छन्तुमा
चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको छन्तुको सुवाङ्लिउ आइपुग्नुभएको छ ।
भेटेरिनरी सेवाको पुनर्संरचना गर्ने चरणमा छौँ : गृहमन्त्री श्रेष्ठ
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सार्वजनिक स्वास्थ्य पशु चिकित्सकको ज्ञान र सीपलाई सार्वजनिक स्वास्थ्य र खाद्य सुरक्षा क्षेत्रहरूमा एकीकृत गर्न जरुरी रहेको बताउनुभएको छ ।
जसपा अध्यक्ष यादव अमेरिका प्रस्थान
एशोसिएसन अफ नेपाली तराई इन अमेरिका (एन्टा)को सातौँ अधिवेशनमा सहभागी हुन जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान गर्नुभएको छ ।
एमाले कोशीमा नेतृत्वका लागि चार आकाङ्क्षी, अधिवेशन आजबाट सुरु
नेपाल कम्युनिस्ट पार्टी (एमाले) कोशी प्रदेशको पहिलो अधिवेशन आजबाट विराटनगरमा सुरु हुँदै छ । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरस्थित होटेल मनासलुमा अधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ । अधिवेशन उद्घाटन गर्न अध्यक्ष ओली केही बेरमा विराटनगर आउँदै हुनुहुन्छ ।
प्रधानमन्त्री दाहाल आज छन्तु जानुहुँदै
चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको छन्तु जाँदै हुनुहुन्छ । प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट आज बिहानको उडानमा छेन्दु जान लाग्नुभएको हो ।
एमाले मधेश प्रदेश अधिवेशनको लोगो सार्वजनिक
नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेश प्रदेशको असोज २४ र २५ गते जनकपुरधाममा हुन गइरहेको प्रथम अधिवेशनका लागि बिहीबार नारा र लोगो सार्वजनिक गरिएको छ ।
एमाले बागमती निर्वाचन : मतदान शुक्रबार बिहानदेखि
नेकपा (एमाले) बागमती प्रदेश अधिवेशनमाका लागि नेतृत्व छान्न शुक्रबार बिहानदेखि मतदान हुनेभएको छ । एमाले स्थायी कमिटी सदस्य एवम् निर्वाचन अध्यक्ष मण्डलका सदस्य शेरबहादुर तामाङले बिहीबार साँझ ८ बजेसम्म उम्मेदवारी फिर्ता गराउने र सहमतिको प्रयास जारी रहने जानकारी दिनुभयो ।
कोशी सरकारले कर असुलीसम्बन्धी कानुन बनाउने
कोशी प्रदेश सरकारले प्रदेश सामयिक कर असुलीसम्बन्धी कानुन बनाउने भएको छ । विधेयकको मस्यौदा गर्न बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृति दिने निर्णय गरेको हो ।
एमाले कर्णालीको बन्दसत्र सुरु
नेकपा (एमाले) कर्णाली प्रदेशको प्रथम अधिवेशनमा बन्दसत्र सुरु भएको छ । बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्नुभएको थियो । बिहीबार बिहान ८ बजेदेखि सुरु हुने भनिए पनि साँझ ५ बजेदेखि मात्र बन्दसत्र सुरु भएको हो ।
अल्पविकसित देशका लागि सहुलियतपूर्ण वित्तीय सहायता प्रस्ताव
अर्थमन्त्री डा. प्रकाशशरण महत एसियाली पूर्वाधार लगानी बैङ्क (एआइआइबी) को बोर्ड अफ गभर्नर्सको आठौँ बैठकमा सहभागी भएर आज स्वदेश फर्किनुभएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री र अमेरिकी उपविदेश मन्त्रीबीच भेट
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र अमेरिकी उपविदेश मन्त्री जेनी वाईनीबीच शिष्टाचार भेट भएको छ । बिहीबार मुख्यमन्त्री कार्यालयमा उहाँहरुबीच भेटवार्ता भएको हो ।
नेकपा एसको १५ दिने समाजवादी जागरण अभियान कार्यतालिका सार्वजनिक
नेकपा (एकीकृत समाजवादी) को १५ दिने समाजवादी जागरण अभियान २०८० कार्यतालिका सार्वजनिक भएको छ ।
जसपा अध्यक्ष यादव अमेरिका जानुहुँदै
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका जाँदै हुनुहुन्छ । नेपाली तराई सङ्घ अमेरिका (एन्टा) को सातौँ अधिवेशनमा सहभागी हुन अध्यक्ष यादव अमेरिका जान लाग्नुभएको हो ।