• २३ मंसिर २०८०, शनिबार

एमाले कर्णालीको बन्दसत्र सुरु

blog

नेकपा (एमाले) कर्णाली प्रदेशको प्रथम अधिवेशनको बन्दसत्र । तस्बिर : मुना हमाल

मुना हमाल

सुर्खेत, असोज ११ गते । नेकपा (एमाले) कर्णाली प्रदेशको  प्रथम अधिवेशनमा बन्दसत्र सुरु भएको छ । बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्नुभएको थियो । बिहीबार बिहान ८ बजेदेखि सुरु हुने भनिए पनि साँझ  ५  बजेदेखि मात्र बन्दसत्र सुरु भएको हो । 

अधिवेशनमा सर्वसम्मत  नेतृत्व चयनका लागि  प्रयासमा  जुट्दा  ढिला गरी बन्दसत्र सुरु भएको एमाले सुर्खेतले जनाएको छ । सहमतिको प्रयासका लागि एमाले महासचिव शङ्कर पोखरेललगायतका नेताहरू बिहानैदेखि  जुटे पनि सहमति जुट्न सकेन ।  

सहमतिको प्रयास अझै भइरहे पनि सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना कम देखिएको एमालेले जनाएको छ । प्रदेश अध्यक्षका लागि गुलाबजंग शाह र मीनबहादुर शाहीको दाबी छ ।