व्यवस्थालाई दोष दिने बेला भएको छैन : मन्त्री गुरुङ
सोमबार ललितपुरमा बसोवास दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सङ्घीयता प्राप्त गरे पनि कानुनी रुपमा, संवैधानिक रुपमा व्यवस्था गरे पनि अहिले व्यावहारिक रुपमा कार्यान्वयन गर्न नसकेको बताउनुभयो ।
कुटपिट घटनाप्रति राप्रपाको विरोध
अर्जुनचौपारी गाउँपालिका–६ दरौमा एक महिलामाथि गरिएको कुटपिटको राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध जनाएको छ ।
नागरिक उन्मुक्तिको केन्द्रीय महाधिवेशन पुसमा
नागरिक उन्मुक्ति पाटीले आफ्नो पार्टीको केन्द्रीय महाधिवेशन आउँदो पुस अन्तिम साता कैलालीको टीकापुरमा गर्ने भएको छ ।
‘मन्त्रिपरिषदबाट पारित भएको विषय राष्ट्रपतिले इन्कार गर्न नमिल्ने व्यवस्था छ’
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सबै प्रक्रिया पूरा गरेर मन्त्रिपरिषदबाट पारित गरी ल्याएको विषयलाई राष्ट्रपतिले इन्कार गर्न नसक्ने संवैधानिक व्यवस्था रहेको स्पष्ट पार्नुभएको छ ।
नेकपा एमाले कर्णाली अधिवेशन : मतगणना सुरु
नेकपा (एमाले)को कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । सोमबार बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतगणना केही बेर अघिबाट सुरु भएको हो ।
सेयर बजार स्वस्थकर बनाउन जरुरी छ : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारलाई स्वस्थकर बनाउन जरुरी रहेको औंल्याउनु भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले वर्ल्ड इन्भेस्टर विक–२०२३ का अवसरमा आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्नुहुदै मन्त्री डा. महतले सो कुरा भन्नुभएको हो ।
सम्झौताको कार्यान्वयन चाहन्छन् चिनियाँ : प्रा डा झा
काठमाडौँ, असोज १५ गते । प्रधानमन्त्री पुष्पकमल दाहालको हालैको भ्रमणमा भएका द्विपक्षीय सम्झौता एवं समझदारीको कार्यान्वयनको पर्खाइमा रहेका चीनस्थित एकजना नेपाली प्राध्यापक राजीवकुमार झाले बताउनुभएको छ । “प्रधानमन्त्री दाहालको हालैको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच भएका सम्झौता एवं समझदारीका साथै संयुक्त प्रेस वक्तव्यमा आएका साझा प्रतिबद्धता नेपालको हित र विकासका पक्षमा छन्, राम्रा छन् । तर विगतमा भएका यस्तै सम्झौताको पनि कार्यान्वयन हुन नसकिरहेकाले चीन यी सम्झौताको कार्यान्वयनको पर्खाइमा रहेको छ”, प्रा डा झाको टिप्पणी छ । यो भ्रमणका क्रममा भएको ‘क्रस बोर्डर रेलवे’ सम्झौता नेपालका लागि महत्वपूर्ण रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “नेपाल चीन क्रस बोर्डर रेलवे निर्माण हुन सक्यो भने बेइजिङको समृद्धि काठमाडौँ पुग्न समय लाग्दैन । यहाँका पर्यटक हुन या सामान, चीनको जुनसुकै स्थानबाट पनि पाँचदेखि छ दिनमा नेपाल पुग्न सक्छ । हाम्रोजस्तो भूपरिवेष्टित देश हवाईमार्गमा मात्र जोडिएर हुँदैन, रेलमार्गमा जोडिन सक्यो भने नेपालका लागि सबैभन्दा ठूलो फाइदा यही हुनेछ । चिनियाँ नेपालमा रेलमार्ग पु¥याउन चाहन्छन्, तर त्यसको कूटनीतिक लबिङ गर्ने हामीले हो”, प्रा डा झाले भन्नुभयो । रेलमार्गले नेपाललाई जोड्ने विषयमा विगतदेखि नै दुई देशका बीचमा सहमति र सम्झौता भएको स्मरण गर्दै उहाँले यसबाट नेपालमा पर्यटकीय क्षेत्रको विकासमा थप टेवा पुग्ने बताउनुभयो । नेपालले यदि चीनको समृद्धिबाट लाभ लिन चाहन्छ भने सबैभन्दा भरपर्दो बाटो रेलमार्ग नै भएको उहाँको भनाइ छ । प्रा डा झा भन्नुहुन्छ, “अहिले चीनसँग हाम्रो व्यापार घाटा धेरै छ । हाम्रो निकासी नगण्य छ तर आयात बढी छ । यसलाई विस्थापित गरी चीनतर्फ सामान निर्यात गर्ने मार्ग पनि भोलि रेलमार्ग नै हुनेछ । हालैको सम्झौतामा चीनले कतिपय कृषिजन्यउपज एवं पशुपालनमा सहयोगको वाचा गरेको छ । त्यस्तै औद्योगिक पार्क निर्माण हुँदैछ । यी सम्झौताबमोजिम भोलि उत्पादन भएमा त्यसको निकासी चीनतर्फ नै हुने हो र यसका लागि आवश्यक भनेको पनि रेलमार्ग नै हो ।”त्यसैगरी प्राध्यापक झाले प्रधानमन्त्री दाहालको चीन भ्रमणका क्रममा पछिल्लो पटक भएको अर्को सम्झौतामा नेपालको परम्परागत एवं आयुर्वेदिक चिकित्सा पद्धतिको अनुसन्धान गरी त्यसको प्रवद्र्धन गर्ने छ । खासमा नेपालका हिमाली तथा उच्च पहाडी क्षेत्रमा पाइने औषधीय मूल्य भएका जडीबुटीको अनुसन्धान चीनले गर्ने र यस क्षेत्रमा आवश्यक सहयोग उपलब्ध गराउने बताएको छ । यस सम्झौताको उद्देश्य नेपालका कर्णालीलगायतका हिमाली क्षेत्रमा पाइने जडीबुटीको अनुसन्धान गरी औषधि निर्माण हो । अहिले पनि नेपालबाट जडीबुटी निकासी हुने गरेकै छ । तर पनि ती जडीबुटीको उचित मूल्य प्राप्त हुन सकेको छैन । चीनको साङ्सी प्रान्तस्थित सियानमा अवस्थित सियान युनिभर्सिटी अफ मेडिकल साइन्सेसमा दुई दशकभन्दा लामो समयदेखि प्राध्यापनरत प्रा डा झा भन्नुहुन्छ “यस्तो अवस्था छ कि नेपालबाट बहुमूल्य जडीबुटी गुन्द्रुकको भाउमा विदेश निकासी गरिन्छ । धेरै त चोरी निकासी या अवैधरुपमा पनि बाहिरिने गरेको छ । तिनै जडीबुटीबाट बनेका औषधिपछि नेपालले महँगो मूल्यमा किन्ने गर्दछ । नेपालको हिमाली एवं उच्च पहाडी क्षेत्रका जडीबुटीलाई चीनले निकै महत्व दिने गरेको उहाँको भनाइ छ । नेपालका यस्ता स्थानमा पाइने जडीबुटी सफा र स्वच्छ हुने भएकाले पनि चीनले यो परियोजनालाई अघि सारेको हो । यसबाट नेपालमा औषधीय मूल्य भएका जडीबुटी पत्ता लाग्ने मात्र नभएर सरकारले पनि यसको निकासीबाट उचित मूल्य पाउने छ । त्यस्तै यी जडीबुटी सङ्कलनका लागि यहाँका स्थानीयले पनि रोजगारी प्राप्त गर्नसक्ने अर्कोे फाइदा रहेको उहाँको भनाइ छ । त्यस्तै यस भ्रमणका क्रममा भएको अर्को सहमति औद्योगिक पार्क निर्माण छ । यो पार्कबाट दुवै देशलाई फाइदा छ र अझ बढी नेपाललाई छ । जस्तो कि यस्तो पार्कमा दुई देशले आफ्ना खाँचोका कुरा उत्पादन गर्छन् र बढी भएको निकासी पैठारी गर्छन् । नेपालमा यस्तो पार्क स्थापना हुँदा त्यहाँ दक्ष जनशक्ति पनि उत्पादन हुने र चीनले आफ्ना खाँचोका वस्तुको उत्पादन गर्ने भएकाले नेपालले निर्यात व्यापारको मात्रा बढाउन सक्छ । अर्को कुरा सो क्षेत्रमा दक्ष जनशक्ति पनि हुने भएकाले यसले देशभित्रै दक्ष जनशक्तिको उत्पादन पनि योगदान पुग्ने उहाँको भनाइ छ । प्रा डा झाले कम्बोडियामा पनि चीन सरकारले दुई वटा औद्योगिक पार्क निर्माण गरिदिएको उदाहरण पेश गर्र्दै भन्नुभयो “वास्तवमा यस्तो पार्क निर्माण भएपछि नै कम्बोडियाको अर्थतन्त्रमा बलियो भएको हो । मलाई लाग्छ यो सम्झौताको कार्यान्वयनमा जेड दियौँ भने यसले हामीलाई पनि त्यस्तै फाइदा गर्दछ ।” चीन नेपाल सम्बन्धलाई विगत दुई दशकभन्दा लामो समयदेखि नजिकबाट नियालिरहेका प्राध्यापक झाले प्रधानमन्त्री दाहालको भ्रमणपछि रासससँगको कुराकानीमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्ने सहमति गर्नु अर्को उपलब्धि हो भन्नुहुन्छ । “अबको विकास विज्ञान प्रविधिबाट मात्र सम्भव छ । विकास केलाइ भन्ने रु अहिले चीनका कैयौँ रेष्टुराँमा रोबोटले खाना पकाउने, ‘सर्भ’ गर्ने गर्न थालिसके । यस्तैखालका प्रविधिको विकासबाट चीनले श्रम गर्ने जनशक्ति पनि घटाउँदैछ । त्यसैले अब विकास भनेको बाटो, पानी, बिजुलीमात्र नभएर विज्ञान प्रविधि एवं सूचना प्रविधि हो । हामी पनि आइटीमा भर्खरै प्रवेश गर्दैछौँ । भोलिका दिनमा यो विश्वविद्यालयमा उत्पादन हुने प्राविधिक जनशक्तिले देशको मुहार फेर्न सक्नेछ । अब हामीलाई सूचना र विज्ञान प्रविधिमा केन्द्रित विश्वविद्यालयकै खाँचो छ”, उहाँ भन्नुहुन्छ । चिनियाँ पक्षले हामी नेपाललाई सहयोग गर्न तयार छन् । तर पनि आफ्नो सबै विकास अर्को कुनै देशले गरिदेला भन्ने आशा नेपालले पनि गर्न नहुने उहाँको धारणा छ । चीनले नेपाललाई परियोजना दिने हो, ती परियोजनामार्फत हामीले उनीहरुको समृद्धि र विकासबाट लाभ लिने हो । त्यसैले देशको विकास गर्ने र चीनले अनुदान या सहयोगमा गरिदिएका परियोजना समयमै सम्पन्न गर्ने या कार्यान्वयनमा ल्याउने जिम्मेवारी नेपालको भएको उहाँको सुझाव छ । चिनियाँले सधैँ यसअघि गरेका सहमति तथा सम्झौतालाई पछि फर्केर हेर्ने गर्छन् भन्नुहुन्छ उहाँ । नेपालसँग मात्र नभएर आफ्नो कूटनीतिक सम्बन्ध रहेका या सहयोग उपलब्ध गराएका सबै देशसँग नै उनीहरुको यस्तै अपेक्षा हुने गर्दछ भन्नुहुन्छ प्रा डा झा । उहाँ भन्नुहुन्छ, “जस्तो कि सन् २०१९ मा चिनियाँ राष्ट्रपति सि चिनफिङ नेपाल गएका बेला गरिएका कतिपय सम्झौताका परियोजना पनि कार्यान्वयन तहमा आउन नसकेको भन्दै यस पटक गरेका सहमति र सम्झौता चाँडै कार्यान्वयनमा आउने वातावरण नेपाल सरकारले नै बनाउनुपर्ने हुन्छ । उनीहरु नेपालले छ वर्षअघि हस्ताक्षर गरेको विआरआइ परियोजनाको प्रगति हेर्न चाहेका छन् । यसपटक पनि संयुक्त प्रेस वक्तव्यमा परेकाले आगामी दिनमा योसँगै अन्य सहमति एवं सम्झौताको कार्यान्वयन पर्खिने उनीहरुको बानी छ”, प्रा डा झाको भनाइ छ । खाँचो हामीलाई छ र उनीहरु दिन तयार छन् भने कार्यान्वयनको इच्छाशक्ति पनि त हामीले नै देखाउनुप¥यो भन्नुहुन्छ उहाँ । प्रधानमन्त्री दाहालको पछिल्लो चीन भ्रमणका क्रममा पनि उनीहरु विगतका सबै सहमति र सम्झौताको स्मरण गरिएको र अबका दिनमा नयाँ समझदारीका साथ अघि बढ्न चाहेको आफूले बुझेको उहाँ बताउनुहुन्छ । प्रा डा झा भन्नुहुन्छ, “नेपाल चीनका परम्परागत नाका सबै खोल्ने सहमति गरेका दुई देशले विगत लामो समयदेखि सम्झौता गरेर पनि कार्यान्वयनमा आउन नसकेका सबै सम्झौता एवं समझदारीका पनि सबै नाका खोलेर कार्यान्वयनमा ल्याउन सकून् । नेपालको समृद्धि यसैमा छ ।” रासस
कानुन बनाउने र कार्यान्वयन गराउने सांसदको दायित्व हो– नेत्री अग्रहरी
नेकपा (एमाले) का नेत्री अमृतादेवी अग्रहरीले सांसदको एउटा मात्र जिम्मेवारी एवं दायित्व भनेको गुणस्तरीय कानुन निर्माण र कार्यान्वयन अनुगमन रहेको बताउनुभएको छ ।
स्वास्थ्यकर्मीको सुरक्षाको जिम्मा सरकारले लिन्छः मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वास्थ्य क्षेत्रमा उच्छृङ्खलता हुन नदिने बताउनुभएको छ ।
जलहरी प्रकरणमा मुद्दा दायर
पशुपतिनाथको गर्भगृहमा सुनको जलहरी राख्ने क्रममा भ्रष्टाचार भएको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ। पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव डा. प्रदीप ढकाल, तत्कालीन कोषाध्यक्ष तथा वर्तमान सदस्यसचिव डा. मिलनकुमार थापा र कोषका विसेट नाइके (स्टोर किपर) अरुणकुमार श्रेष्ठविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो। तत्कालीन सदस्यसचिव ढकालसहित तीन जनाले एक करोड १७ लाख एक हजार ७२१ रुपियाँ भ्रष्टाचार गरेको आरोप छ। जलहरी राख्ने क्रममा उनीहरूले १४९१.७१८ ग्राम अर्थात् एक किलो ४९१ ग्राम ७१८ मिलिग्राम अनियमितता गरेको अख्तियारको ठहर छ ।
मन्त्री फिर्ता बोलाउन प्रस्ताव
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसका तर्फबाट सरकारमा सहभागी सबै मन्त्री फिर्ता बोलाउन प्रस्ताव गर्नुभएको छ । नेपाली कांग्रेस रूपान्तरण अभियान बागमती प्रदेशले आइतबार आयोजना गरेको कांग्रेस रूपान्तरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।
प्रधानमन्त्रीको चीन भ्रमणले दुई देशका बिचमा विश्वासको वातावरण थप गरेको छ: प्रमुख सचेतक लेखक
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको चिन भ्रमणपछि दुई देशका बिचमा थप विश्वासको वातावरण सिर्जना भएको बताउनुभएको छ ।
देश हाँक्ने शक्ति कम्युनिष्टमा मात्र छ : नेता नेपाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा देश हाँक्न सक्ने शक्ति कम्युनिष्टमा मात्रै भएको बताउनुभएको छ ।
एमाले गण्डकी अधिवेशनमा नौसय सात प्रतिनिधि
नेकपा (एमाले) गण्डकी प्रदेशको प्रथम अधिवेशन सोमबारबाट पोखरामा सुरु हुँदैछ । अधिवेशनका लागि प्रदेशका एघार जिल्लाबाट नौसय सात प्रतिनिधि छनोट भएका छन् ।
‘प्रधानमन्त्रीको भ्रमणबाट चीनसँगको सम्बन्धमा नयाँ आयाम थपिएको छ’
नेकपा (माओवादी केन्द्र)ले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणले विश्वासको वातावरण बनाउँदै समृद्धिका लागि सम्भावनाको नयाँ ढोका खोलेको निष्कर्ष निकालेको छ ।
एमाले उपत्यका प्रदेश कमिटीको प्रथम अधिवेशन लोगो सार्वजनिक
नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीको असोज १९ र २० गते हुने प्रथम अधिवेशनको लोगो आज सार्वजनिक गरिएको छ । एमाले पोलिटब्युरो सदस्य तथा उपत्यका विशेष प्रदेश कमिटी इन्चार्ज सुजिता शाक्यले आज लोगो सार्वजनिक गर्नुभएको हो ।
ज्येष्ठ नागरिकको सीप र अनुभवको पुस्तान्तरण आवश्यक : मन्त्री आचार्य
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्यले ज्येष्ठ नागरिकसँग भएको ज्ञान सीप र अनुभवलाई विकसित प्रविधि र विकासका आयामसँग जोड्न सकेमा आर्थिक विकासमा योगदान पुग्ने बताउनुभएको छ ।
रास्वपाद्वारा प्रतिनिधि सभा बैठक केहीबेर अवरुद्ध
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा बैठक अवरुद्ध पारेको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठकको शुभारम्भमा नै सो पार्टीका सांसदहरुले उठेर अवरुद्ध पारेका हुन् ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गरियो : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चाडबाड र आम उपभोक्ताको हितलाई ध्यानमा राखेर आफूले पेट्रोलियम पदार्थको गरिएको मूल्यवृद्धि फिर्ता लिने निर्णय लिएको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा राष्ट्रपतिबाट शुभकामना
आज ३३औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना दिनुभएको छ ।
सभापति खनालको निधन
जिल्ला समन्वय समिति ओखलढुङ्गाका सभापति डिल्लीराम खनालको निधन भएको छ । शनिवार राती १० बजे शिक्षण अस्पताल महाराजगन्ज काठमाडाैँमा उपचारको क्रममा ७३ वर्षको उमेरमा खनालको निधन भएको हो ।
प्रत्येक जनताका घर घर पुगौँ : गृहमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पार्टीको तीनमहिने अभियानमा प्रत्येक जनताको घर घरमा पुग्न निर्देशन दिनुभएको छ। माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत शनिबार काठमाडौँको बूढानीलकण्ठमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यो वा त्यो पार्टी नछुट्याई सबै जनताको घरमा पुग्न अनुरोध गर्नुभयो
एमालेको कर्णालीमा मतदान सुरु हुँदै
नेकपा (एमाले) कर्णाली प्रदेश अधिवेशनका लागि मतदानको अन्तिम तयारी भएको छ । यस अघि शनिवारका लागि निर्धारित मतदान कार्यक्रम आज (आइतबार) बिहान ८ बजेका सुरु गर्ने निर्वाचन समितिले जनाएको छ ।
महिला सांसद सम्मानित
जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना प्रतिनिधिसभाको महिला सांसद र प्रदेशसभाको सदस्यलाई सम्मान गरेको छ ।