राजनीतिक दस्ताबेजमाथि छलफल गर्दै एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सम्पन्न
नेकपा (एकीकृत समाजवादी) को आइतबारदेखि सुरु भएको पोलिटब्युरो बैठक सोमबार सम्पन्न भएको छ ।
उपराष्ट्रपति यादव स्वदेश फिर्ता
उपराष्ट्रपति रामसहाय प्रसाद यादव जनवादी गणतन्त्र चीनको भ्रमण सम्पन्न गरी आज (सोमबार) स्वदेश फर्कनुभएको छ ।
प्रदीप गिरि कांग्रेसमा ‘कदमजम’ को पनि विचारक हुन् : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वर्गीय प्रदीप गिरि पार्टीमा कदमजम (कर्णाली, दलित, महिला, जनजाति, मधेशी) भित्र्याउने नेता भएको बताउनुभएको छ ।
वाणिज्य सङ्घद्वारा प्रधानमन्त्री प्रचण्डलाई १८ बुँदे मागपत्र
कर्णालीको निजी क्षेत्रले चीनसँग जोडिएका नाकाहरू खोल्नका लागि पहल गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष माग गरेको छ । कोरोनाकालदेखि बन्द गएका उत्तरी नाकाहरू अझै खुलेका छैनन् ।
ललिता निवास प्रकरण : १८ जनालाई थप तीन दिन हिरासतमा राख्न अनुमति
जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपक ढकालले भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङसहित १८ जनालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
संविधानको आधारभूत एजेण्डामा सहमति आवश्यक : उपमहासचिव ज्ञवाली
नेकपा (एमाले) का उमहासचिव प्रदीप ज्ञवालीले सरकारले साझा एवम् आधारभूत विषयमा सहमति खोज्नुपर्ने बताउनुभएको छ ।
कृषि नै रोजगारीको मुख्य क्षेत्र : मुख्यमन्त्री जम्कट्टेल
बागमती प्रदेश सरकारले प्रदेशको श्रम तथा रोजगार नीति सार्वजनिक गरिएको छ । अनौपचारिक क्षेत्रका श्रमिकलाई सङ्गठित हुन सहज हुने कानुनी र संस्थागत व्यवस्था गर्नेगरी बनाइएको प्रदेश श्रम तथा रोजगार नीति २०८० को बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार यहाँ आयोजित कार्यक्रममा सार्वजनिक गर्नुभयो ।
उपप्रधानमन्त्री खड्कासँग थाइल्याण्ड र म्यानमारका नेपाली भाषीको भेट
उपप्रधान एवम् तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग थाइल्याण्ड र म्यानमारमा रहेका नेपालीभाषीहरुको प्रतिनिधिमण्डल थाइ नेपाल एसोशिएसनले भेट गरेका छन् ।
समाजवादी चिन्तकमा बिपीपछि गिरिकै नाम आउँछ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले स्वर्गीय प्रदीप गिरि बिपी कोइरालापछिकै विद्वान समाजवादी चिन्तक भएको बताउनुभएको छ ।
प्रदीप गिरी सर्वाधिक बौद्धिक व्यक्तित्व : नेता भुसाल
नेकपा (एकीकृत समाजवादी) का नेता घनश्याम भुसालले प्रदीप गिरी मुलुकको सर्वाधिक बौद्धिक व्यक्तित्व रहेको बताउनुभएको छ ।
उपनिर्वाचन गर्ने विषयमा छलफल
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबीच भेटवार्ता भएको छ ।
प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सर्वसम्मत अनुमोदन
संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठको नाम अनुमोदन गरेको छ ।
प्रधानमन्त्री सुर्खेतका कार्यक्रममा व्यस्त
नेकपा(माओवादी केन्द्र) कर्णाली प्रदेश समितिद्वारा वीरेन्द्रनगर, सुर्खेतमा आयोजित प्रशिक्षण कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड यहाँ आइपुग्नुभएको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री थापाले आजै विश्वासको मत लिनुहुने
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिने हुनुभएको छ । नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले संविधानको धारा १८८ बमोजिम विश्वासको मत लिने निर्णय भएको बताउनुभयो ।
कर्णालीको विकासलाई प्राथमिकतामा राखेको छु : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीको विकासलाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।
कोशी प्रदेशको कार्य व्यवस्था परामर्श समिति बैठक प्रभावित
कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार अनुपस्थित भएपछि उहाँले बिहान बोलाउनुभएको कार्य व्यवस्था परामर्श समितिको बैठक स्थगित गरिएको छ । कार्य व्यवस्था परामर्श समितिका सदस्यहरूबिचको अनौपचारिक छलफलले बैठक स्थगित गरी आजै मध्यान्ह सवा १२ बजे बैठक बस्ने सहमति गरेको थियो ।
उपसभामुख बैठकमा अनुपस्थित हुने भएपछि कोशी प्रदेशसभाको बैठक अनिश्चित
कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारले प्रदेशसभा बैठक सञ्चालन गर्न असमर्थ रहेको बताउनुभएको छ । अचानक बिरामी परेको भन्दै भदौ ४ गते र त्यसभन्दा पछाडिको बैठक सञ्चालन गर्न नसक्ने जानकारी उहाँले प्रदेशसभा सचिवालयलाई दिनुभएको हो ।
समाजवादी मोर्चाले भदौ ८ देखि प्रदेश स्तरमा घोषणा सभा गर्ने
समाजवादी मोर्चाले प्रदेश स्तरमा घोषणा सभाको आयोजना गर्ने भएको छ । सोमवार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा बसेको मोर्चाको बैठकले भदौ ८ गतेबाट प्रदेश स्तरमा घोषणा सभा गर्ने निर्णय गरेको हो ।
समाजवादी मोर्चाको बैठक सुरु
चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक सुरु भएको छ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेर अघिदेखि सुरु भएको नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
संसद् खुलाउन राष्ट्रपति र प्रधानमन्त्री सक्रिय
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का कारण लामो समयदेखि अवरुद्ध सङ्घीय संसद् सुचारु गराउन विभिन्न तहबाट तीव्र प्रयास भएका छन्। राष्ट्रति रामचन्द्र पौडेलले आइतबार अपराह्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग यसै विषयमा परामर्श गर्नुभएको छ। यसअघि उहाँले प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग पनि परामर्श गरिसक्नुभएको छ। लामिछानेसँगको भेटपछि राष्ट्रपति पौडेलले मङ्गलबार बिहान सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले रास्वपा सभापति लामिछानेसँग समसामयिक राजनीतिक सन्दर्भमा कुराकानी गर्नुभएको हो।
विदेशीलाई कैद गर्दा सुनुवाइको मौका अनिवार्य
सर्वोच्च अदालतले गैरकानुनी रूपमा नेपालमा बसोबास गरिरहेका विदेशी नागरिकलाई अध्यागमन विभागले जरिबानाबापतको कैद निर्धारणअघि अनिवार्य रूपमा सरकारी वकिलको राय लिने व्यवस्था गर्न आदेश गरेको छ। अदालतले विभागले गर्ने यस्तो निर्णयपूर्व त्यस्ता व्यक्तिलाई सुनुवाइको मौका प्रदान गर्न पनि आदेश गरेको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाल र प्रकाशमानसिंह राउतको संयुक्त इजलासले साउन ३२ गते नेदरल्यान्डका नागरिक अमादेउ डी ओलिबिराको बन्दीप्रत्यक्षीकरण रिटमा यस्तो आदेश गरेको हो। जरिबाना तिर्न नसक्ने कागज गरेका ओलिबिरालाई अध्यागमनले प्रशासनिक टिप्पणीकै आधारमा सात वर्ष कैद तोकेको निर्णयसमेत अदालतले बदर गरेको छ।
प्रन्याको संसदीय सुनुवाइ आज
संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको सोमबार संसदीय सुनुवाइ गर्ने भएको छ । उजुरीको समयसीमा समाप्त भएपछि आइतबार बसेको समिति बैठकले सुनुवाइको निर्णय गरेको हो । सुनुवाइअघि सोमबार नै एक जना उजुरीकर्तासँग समितिले छलफल गर्ने छ । उहाँविरुद्ध इमेलबाट दुई र सचिवालयमा दर्ता भएको एउटा उजुरी परेको थियो । विषयवस्तुका आधारमा एक जनासँग समितिले छलफल गर्न लागेको हो । कार्यसम्पादन र मुद्दाको विषयमा रहेको उजुरीमा समितिले उजुरीकर्तासँग छलफल गर्ने निर्णय गरेको छ ।
‘वर्तमान सरकारप्रति जनताको आशा पलाएको छ’
प्रतिनिधिसभाका पूर्व सभामुख अग्निप्रसाद सापकोटाले वर्तमान सरकारप्रति जनताको आशा पलाएको बताउनुभएको छ ।
बालबालिकाका क्षेत्रमा लगानी घटाउनु हुँदैन : उपसभामुख राना
प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले बालबालिकाका क्षेत्रमा राज्यको लगानी घटाउन नहुने बताउनुभएको छ ।