• १५ वैशाख २०८१, शनिबार

सरकारले रोजगारी सिर्जना गर्न सकेन : डा. कोइराला

blog

तौलिहवामा आयोजित जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइराला । तस्विरः नारद कोहार

नारद कोहार

तौलिहवा, असोज १७ गते । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा सरकारले रोगगारीको अवस्था सिर्जना गर्न नसकेको बताउनुभएको छ । 

नेपाली कांग्रेस कपिलवस्तुले तौलिहवामा आयोजना गरेको प्रथम जिल्ला सम्मेलनमा आज बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । 

उहाँले भन्नुभयो, ‘देशमा रोजगारी नभएकाले हजारौँ युवाहरू बिदेसिनु पर्ने बाध्यता रहेको छ ।’ वर्तमान सरकार तत्काल सच्चिनु पर्ने या सत्ता छोड्नु पर्ने उहाँले बताउनुभयो ।

वर्तमान सरकारको ध्यान रोजगारी सिर्जना गर्नुभन्दा भ्रष्टाचारमा केन्द्रित रहेको आरोप समेत उहाँले लगाउनुभयो । कोइरालाले देशका आर्थिक, राजनीतिक, धार्मिक र सांस्कृतिक क्षेत्रमा अराजकता बढ्दैगएको बताउनुभयो ।

चुनावमा भएका तिक्ततालाई बिर्सिएर सङ्गठन निर्माणमा लाग्न नेता तथा कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयो । कांग्रेस कमजोर भयो भने लोकतन्त्र कमजोर हुने बताउँदै कोइरालाले कांग्रेसलाई एक ढिक्का बनाउनु पर्नेमा जोड दिनुभयो ।