• ४ पुस २०८१, बिहिबार

कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी यादवलाई

blog

कार्यबाहक मुख्यमन्त्री कृष्णप्रसाद यादव । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह

जनकपुरधाम, असोज १७ गते । मधेश प्रदेशको कार्यवाहक मुख्यमन्त्रीमा मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवलाई जिम्मेवारी तोकिएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार उहाँलाई सो जिम्मेवारी तोक्नुभएको हो । काम विशेषले प्रदेश बाहिर हुने भएकाले उहाँलाई कार्यवाहक जिम्मेवारी तोक्नुभएको हो । 

उहाँलाई मधेश प्रदेश सरकार (कार्य सम्पादन) नियमावली, २०८० को नियम १४ को उपनियम (३) बमोजिम कार्यवाहक मुख्यमन्त्री तोकेको पत्रमा उल्लेख गरिएको छ ।