सशक्त र सचेत नागरिकको खबरदारीले मात्र लोकतन्त्र बलियो हुन्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सशक्त र सचेत नागरिकको खबरदारीले मात्र लोकतन्त्र बलियो हुने बताउनुभएको छ ।
चिकित्सकले सुरक्षितरुपमा काम गर्न पाउनुपर्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशभर चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेको आक्रमणको निन्दा गर्नुभएको छ ।
इन्द्रजात्रा हेर्न राष्ट्रपति पौडेल वसन्तपुरमा (फोटो फिचर)
राष्ट्रपति रामचन्द्र पौडेल जुद्ध सालिकबाट हिँडेर वसन्तपुर पुग्नुभएको छ । राष्ट्रपति रामचन्द्र जुद्धशमशेरको सालिकदेखि हिँडेर वसन्तपुर इन्द्रजात्रा अवलोकन गर्न पुग्नुभएको हो ।
उद्योगका लागि विद्युतको समस्या हुँदैन : उर्जामन्त्री बस्नेत
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उद्योग सञ्चालनका लागि अब विद्युतको समस्या नहुने बताउनुभएको छ ।
जनतासँग सम्बन्धित साना समस्यामा राहत दिलाउनुपर्छ : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताका स–साना समस्या तथा मुद्दामा राहत दिलाउनु राजनीतिक दलको कर्तव्य भएको बताउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डद्वारा मानसरोवर र कैलाश पर्वत अवलोकन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तिब्बतस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल मानसरोवरको अवलोकन गर्नुभएको छ ।
माओवादी नेताहरु कुचो लिएर अस्पतालमा
परिवर्तनका लागि जनयुद्ध हाँकेका माओवादीका नेता तथा कार्यकर्ताहरू फेरि कुचो लिएर अस्पताल, गाउँ सरसफाइमा लागेका छन् ।
सूचनाको सही सदुपयोग गर्नुपर्छ : सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सूचनाको सही सदुपयोग गर्नुपर्ने बताउनुभएको छ । बिहीबार काठमाडौँमा आयोजित सूचनाको हकका लागि प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्रीको चीन भ्रमणमा महत्त्वपूर्ण सम्झौता भएका छन् : कावा प्रधानमन्त्री खड्का
कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकको विकास र समृद्धिका लागि प्रधानमन्त्रीको चीन भ्रमणमा महत्त्वपूर्ण सम्झौताहरू भएको बताउनुभएको छ ।
धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेको माओवादी केन्द्रको निष्कर्ष
सत्तारुढ नेकपा(माओवादी केन्द्र)ले देशमा धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेको भन्दै यसप्रति सचेत हुनुपर्ने निष्कर्ष निकालेको छ ।
माओवादी केन्द्रका नेता बडुवालको निधन
नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष कृष्ण बडुवालको निधन भएको छ । श्वासप्रश्वासको समस्याबाट पीडित उहाँको आज (बिहीबार) बिहान निधन भएको हो ।
राष्ट्रपति जुद्ध सालिकबाट वसन्तपुर हिँडेर जाने
राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रजात्राकाे अवसरमा वसन्तपुर जाँदा जुद्ध सालिकबाट हिँडेर जाने तयारीमा हुनुहुन्छ ।
विधायकको मूल जिम्मेवारी कानुन बनाउने हो : सांसद शर्मा
नेकपा (एमाले) को तर्फबाट बाँके निर्वाचन क्षेत्र २ का प्रतिनिधिसभा सदस्य दीपा शर्मालाई विधायकको मूल काम कानुन बनाउने नै हो भन्ने लाग्छ । तर नेपालको अभ्यासमा विकासप्रति बढी ध्यान दिँदा मूल कानुन बनाउने कुरा ओझेलमा परेको उहाँको ठम्याइ छ ।
धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्नु राष्ट्रिय कार्यभार : प्रधानमन्त्री प्रचण्ड
इन्द्रजात्राका अवसरमा आज शुभकामना दिँदै उहाँले संविधानको सुदृढीकरण, राष्ट्रिय एकता, सामाजिक सद्भाव, आपसी अन्तर्घुलन कायम गरी समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न इन्द्रजात्राले थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
चाडबाडमा नयाँपुस्तालाई पनि सँगसँगै सहभागी गराउन जरुरी छः सभामुख
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाली चाडबाड, संस्कृति, संस्कार मनाइरहँदा मौलिकता हस्तान्तरण गर्न नयाँपुस्तालाई पनि सँगसँगै सहभागी गराउन जरुरी रहेको धारणा व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री दाहाल मानसरोवर जानुहुँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाँदै हुनुहुन्छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका उहाँ बुधबार तिब्बतको ल्हासा आउनुभएको थियो ।
राष्ट्रपतिद्वारा कुमारी इन्द्रजात्रा पर्वको शुभकामना सन्देश
राष्ट्रपति रामचन्द्र पौडेलले कुमारी इन्द्रजात्रा पर्वले प्राकृतिक स्रोतको सन्तुलित र दिगो सदुपयोग गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यतर्फ अघि बढ्न सबैलाई उत्प्रेरित गर्न सकोस् भन्ने कामना गर्नुभएको छ । उहाँले कुमारी इन्द्रजात्रा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्दै सो धारणा व्यक्त गर्नुभएको हो । सन्देशमा उहाँले शताब्दियौँदेखि प्रचलनमा रहेका यस्ता मौलिक पर्वले प्राचीन सभ्यता अनि संस्कृतिको जगेर्ना गर्न थप मद्दत पुग्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री प्रचण्ड र सचिव वाङबीच भेटवार्ता
चीनको औपचारिक भ्रमणको क्रममा ल्हासा भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चीनको स्वशाशित क्षेत्र तिब्बतका सिपिसी कमिटीका पार्टी सचिव वाङ सियाङले भेटवार्ता गर्नुभएको छ ।
स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन एमालेको आग्रह
नेकपा (एमाले) ले चिकित्सक तथा स्वास्थ्यकर्मीले मर्यादित, शान्तिपूर्ण र सुरक्षित वातावरणमा काम गर्न पाउने वातावरण तयार गर्न गृह प्रशासनको ध्यानाकर्षण गराएको छ ।
कांग्रेस सांसदबीच शिक्षा विधेयक संशोधनबारे छलफल
नेपाली कांग्रेसका सांसदबीच शिक्षक विधेयक सम्बन्धमा छलफल भएको छ ।
लुम्बिनी क्षेत्रका पर्यटकलाई बर्दियासम्म ल्याउनुपर्छ : मुख्यमन्त्री चौधरी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशलाई मुलुककै आकर्षक पर्यटकीय केन्द्रको रूपमा विकास गर्न प्रदेश सरकार लागिपरेको बताउनुभएको छ ।
एमाले सुशासन र विकासको अगुवाइ गर्ने पार्टी हो : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा सुशासन र विकासको अगुवाइ गर्ने पार्टी एमाले भएको बताउनुभएको छ ।
चीन भ्रमण आशा गरेभन्दा सफल : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमण आशा गरेभन्दा पनि धेरै सफल भएको बताउनुभएको छ ।
मैले सर्प पालन गरेको छैन : नेता खनाल
पूर्व प्रधानमन्त्री झलनाथ खनालले सर्प प्रकरणमा आफ्नो नाम मुछेर आलोचना गर्नेगरेको भन्दै आपत्ति जनाउनुभएको छ । बुधवार काठमाडौँमा आयोजित नेपाल सर्ट फिल्म अवार्ड २०२३ लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।