• २७ वैशाख २०८२, शनिबार

रास्वपाद्वारा प्रतिनिधि सभा बैठक केहीबेर अवरुद्ध

blog

प्रतिनिसभाकाे आइतबार बसेकाे बैठकमा सहभागीहरु । तस्बिरः रत्न श्रेष्ठ / रासस

काठमाडौं, असोज १४ गते । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा बैठक अवरूद्ध पारेको छ ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकको शुभारम्भमा नै सो पार्टीका सांसदहरुले उठेर अवरुद्ध पारेका हुन् । बैठक सञ्चालन गर्नका लागि सभामुख देवराज घिमिरेले सो पार्टीका सांसदहरुलाई आग्रह गरिरहनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्बोधन भएकाले बैठक अवरुद्ध नपार्न उहाँको आग्रह छ । तर रास्वपाका सांसदहरु नमानेपछि सो पार्टीका सभापति रवि लामिछानेलाई बोल्ने समय दिनुभएको छ ।