गोरखापत्र अनलाइन
काठमाडौं, असोज १२ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठले पाउनुभएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान गर्नुभएपछि श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो ।
यादवले आफू फर्किएर नआउञ्जेलसम्मका लागि कावा अध्यक्षको रुपमा अध्यक्षले गर्ने सम्पूर्ण काम गर्ने गरी जिम्मेवारी तोकेको सो दलले जनाएको छ । यादव असोज २३ गते नेपाल फर्किने कार्यक्रम छ ।