काठमाडौं, असोज १२ गते । नेकपा (एमाले) बागमती प्रदेशको नेतृत्व चयनका लागि मतदान जारी छ ।
एमालेको स्थायी कमिटी सदस्य तथा निर्वाचन मण्डलका सदस्य शेरबहादुर तामाङ बागमती प्रदेशको नेतृत्व चयनका लागि पार्टी मुख्यालय च्यासलमा मतदान जारी रहेको जानकारी दिनुभयो ।
सदस्य तामाङले चितवन, सिन्धुपाल्चोक, काभ्रे र रसुवाको नेतृत्व सर्वसम्मत तथा अन्य जिल्लामा आंशिक निर्विरोध भए पनि पदाधिकारीमा सहमति नजुट्दा निर्वाचन प्रक्रियामा गएको हो ।
बागमती प्रदेशको अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाशप्रसाद ढुङ्गेल प्रतिस्पर्धामा हुनुहुन्छ भने सचिवमा नवराज सिलवाल र हस्त पण्डित प्रतिस्पर्धी हुनुहुन्छ ।