• १९ मंसिर २०८०, मङ्गलबार

जसपा अध्यक्ष यादव अमेरिका जानुहुँदै

blog

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव ।

काठमाडौं, असोज ११ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका जाँदै हुनुहुन्छ । नेपाली तराई सङ्घ अमेरिका (एन्टा) को सातौँ अधिवेशनमा सहभागी हुन अध्यक्ष यादव अमेरिका जान लाग्नुभएको हो ।

उहाँ शुक्रबार बिहान १ः१५ बजे कतार एअरबाट अमेरिका प्रस्थान गर्न लाग्नुभएको हो । यादव असोज २३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।