• २७ वैशाख २०८२, शनिबार

शान्ति प्रक्रिया छिटो टुङ्गो लगाऔँ : अध्यक्ष तिमिल्सिना

blog

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ।

गोरखापत्र अनलाइन

काठमाडौं, असोज ४ गते । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको शान्ति प्रक्रियालाई छिट्टै टुङ्ग्याउनुपर्ने बताउनुभएको छ । बिहीबार काठमाडौँमा आयोजित ‘विस्तृत शान्ति सम्झौता २०६३) कार्यान्वयनका १७ वर्ष : उपलब्धि, चुनौती र अबको बाटो’ विषयक अन्तरक्रियामा उहाँले सो कुरा बताउनुभएको हो ।

अध्यक्ष तिमिल्सिनाले शान्ति प्रक्रियालाई छिट्टै टुङ्ग्याउनुपर्ने बताउनुभयो । उहाँले शान्ति प्रक्रियालाई नेपालका राजनीतिक दलहरू आफैँ सक्षम भएर टुङ्गोमा लग्नुपर्ने उहाँको सुझाव छ । शान्ति प्रक्रिया टुङ्ग्याउनुपर्ने विषयमा सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने र कुनै पनि अन्तर्राष्ट्रिय समुदायलाई दोष दिन नहुने उहाँको भनाइ छ । 

उहाँले शान्ति प्रक्रियालाई दाउपेचको विषय बनाउन नहुने उहाँको भनाइ छ । पीडितहरूसँग समेत छलफल गरेर उनीहरूले न्याय पाउनेगरी शान्ति प्रक्रियाको विषय टुङ्ग्याउनुपर्ने सुझाव दिनुभयो । नेपालका राजनीतिक दलहरू एक ठाउँमा उभिएर प्रक्रिया टुङ्गो लगाउन सके अन्तर्राष्ट्रिय समुदायको चासोलाई सम्बोधन गर्न पनि सकिने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी जब सशक्त हुन्छौँ । बलियो हुन्छौँ । देशमा दलहरू, सरकार बलियो हुन्छ भने अन्तर्राष्ट्रिय समुदायलाई गुहार्न आवश्यक पर्दैन ।’ हामी कमजोर हुँदा बाहिरका शक्तिले चलखेल गर्ने अवसर पाइरहेको उहाँले चर्चा गर्नुभयो । अन्तर्राष्ट्रिय जगतलाई कहिले कसले प्रयोग गर्ने, कहिले कसले प्रयोग गर्ने । दाउपेचको विषय यो शान्ति प्रक्रियालाई बनाउन नहुने उहाँले बताउनुभयो । उहाँले पुरानो घाउलाई बल्झाइरहनु नहुने भन्दै अब भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्न लाग्नुपर्ने बताउनुभयो ।