• २७ वैशाख २०८२, शनिबार

नेपाल र आयरल्यान्डका सभामुखबिच भेट

blog

लन्डन, असोज ५ गते । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र आयरल्यान्ड संसद्को तल्लो सदनका सभामुख सान ओ फारगेलबिच बुधबार साँझ डब्लिनमा भेटवार्ता भएको छ । 

सभामुख फारगेलको निमन्त्रणामा आयरल्यान्ड भ्रमणमा रहनुभएका सभामुख घिमिरेले संविधान सभाको निर्वाचनपछि नेपालमा नयाँ संविधान जारी भएको र संविधानले प्रदान गरेका मौलिक हक कार्यान्वयन गर्न धेरै कानुन निर्माण भइसकेको भेटका व्रmममा जानकारी दिनुभयो । केही कानुन निर्माणको प्रव्रिmयामा रहेको जानकारी दिँदै उहाँले नेपालको अहिलेको मुख्य चुनौती आर्थिक विकास रहेको उल्लेख गर्नुभयो । सो भेटमा सहभागी लन्डनस्थित नेपाली दूतावासका द्वितीय सचिव रामबाबु नेपालले सभामुख घिमिरेले विशेषगरी नेपालको शिक्षा, कृषि र पर्यटन क्षेत्रको विकासमा आयरल्यान्डको सहयोग तथा सहकार्यको आवश्यकतामाथि जोड दिनुभएको जानकारी दिनुभयो । 

सभामुख घिमिरेले नेपाल सन् २०२६ मा अति कम विकसित राष्ट्रबाट विकासशील देशमा जाने सन्दर्भमा आयरल्यान्डले लगानीका अवसरमा सहयोग गर्ने विश्वास आफूले लिएको बताउनुभयो । उहाँले संयुक्त राष्ट्रसङ्घ, अन्तरव्यवस्थापिका सङ्घ जस्ता बहुपक्षीय मञ्चहरूमा जलवायु परिवर्तन र यसका प्रभाव जस्ता विश्वव्यापी साझा मुद्दामा नेपाल र आयरल्यान्डले सहकार्य गर्न सक्ने धारणा राख्नुभयो । नेपालको सङ्घीय संसद्मा मैत्री समूह निर्माणको चरणमा रहेको जानकारी दिँदै उहाँले आयरल्यान्डसँग सम्बन्ध स्थापित गर्न नेपाल–आयरल्यान्ड मैत्री समूह गठन गर्ने जानकारी दिनुभयो ।

आयरल्यान्डको प्रतिनिधि सभाका सभामुख सान ओ फारगेलले आयरल्यान्डमा नेपाली विद्यार्थीको उपस्थिति वृद्धि हुँदै गएको बताउनुभयो । उहाँले नेपाली विद्यार्थीको शिक्षा तथा आवासको प्रबन्धमा भएका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुहुँदै दुई देशबिच कृषि र खाद्य प्रविधिको आदानप्रदानको सम्भावना रहेको उल्लेख गर्नुभयो ।

त्यसअघि सभामुख घिमिरेले आयरल्यान्डका माथिल्लो सदनका अध्यक्ष जेरी बटाइमरसँग शिष्टाचार भेट गर्नुभएको थियो । यसै गरी उहाँले आवास, स्थानीय सरकार तथा सम्पदामन्त्री दर्राघ ओब्रायन र विदेश राज्यमन्त्री कोल्म ब्रोपीसँग भेट गर्नुभएको थियो । त्यसअघि उहाँ गैरआवासीय नेपाली सङ्घ आयरल्यान्ड, नेपाल आयरल्यान्ड सोसाइटीले आयोजना गरेको कार्यव्रmममा सहभागी हुनुभएको थियो ।