कृषिमा आधुनिकीकरण गर्नेगरी कृषि नीति बनाइने
कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषिमा आधुनिकीकरण गर्नेगरी सरकारले कृषि नीति बनाइरहेको बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित मकै सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
गण्डकीका मुख्यमन्त्री पाण्डेको राजीनामा
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिनुभएको छ । अल्पमतमा पर्नुभएका पाण्डेले बुधबार सवा ११ बजे प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा दिनुभएको हो ।
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद भवनमा बुधबार बिहानबाट सुरु भएको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
‘सरकारमा भन्दा कानुन निर्माणमा साझेदारी चाहिन्छ’
पछिल्ला वर्षहरूमा सत्ता साझेदारीमा भएको फेरबदलले कानुन निर्माण प्रभावित भएको छ । राजनीतिक दलको अभ्यास गठबन्धन सरकार बनाउने, त्यसलाई जोगाउने र भत्काउने चक्रमा घुमिरह्यो ।
सङ्घीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै
सङ्घीय संसदअन्तर्गत बुधबार दुवै सदनको बैठक बस्दैछ । जसअन्तर्गत प्रतिनिधि सभाको बैठक बिहान ११ बजे सुरु हुनेछ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने भएको छ । बैठकले इलाम निर्वाचन क्षेत्र नं. २ मा वैशाख १५ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको उम्मेदवार छान्ने छ । कांग्रेस नेता मीनबहादुर विश्वकर्माका अनुसार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा मङ्गलबार बसेको संसदीय बोर्डको बैठकमा प्रदेश कार्यसमितिले सिफारिस गरेका उम्मेदवारको नामावलीमाथि छलफल भएको छ । उहाँले भन्नुभयो, “उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा बुधबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्णय गर्छ ।”
माओवादी केन्द्रका नेता खाम प्रहरीको नियन्त्रणमा
नेकपा (माओवादी केन्द्र) का नेता कालीबहादुर खामलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले उहाँलाई काठमाडौँको ठमेल क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
बागमतीमा मन्त्रिपरिषद विस्तार : १२ मन्त्रालयमा १३ मन्त्री नियुक्त
बागमती प्रदेशमा एकै दिन दुई पटक मन्त्री परिषद् विस्तार गरी मन्त्री मण्डल गठनलाई पूर्णता दिइएको छ। सत्ता गठबन्धनमा रहेको नेकपा (एमाले) बाट चार जना मन्त्री थपिएका हुन्।
सहरी विकास मन्त्री बुढा र काठमाडौंका प्रमुख शाहबिच छलफल
सहरी विकास मन्त्री धनबहादुर बुढा र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबिच नुवाकोटको बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनमा सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको छ।
मस्यौदा संविधानको मूल गति र भावना अनुरूप नै छ : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले विश्व व्यापीकरण, आर्थिक उदारीकरण र सूचना प्रविधिमा आएको परिवर्तनले आर्थिक क्रियाकलापको प्रकृति, प्रवृत्ति र पद्धतिमा समेत परिवर्तन आइरहेको बताउनुभएको छ ।
एमाले सिन्धुपाल्चोक अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित
नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटी अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित हुनुभएको छ । उहाँले ३६३ मत सहित कमल नेपाललाई १४ मतान्तरले पराजित गरी अध्यक्षमा विजयी हुनुभएको हो । कमलले ३४९ मत प्राप्त गर्नुभएको छ ।
‘जनतालाई विश्वासमा लिएर अगाडि बढ्नुपर्छ’
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनतालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम र योजना तय गर्नुपर्ने बताउनुभएको छ ।
प्रतिनिधि सभाद्वारा बिमस्टेक बडा पत्र अनुमोदन
सङ्घीय संसद्ले पनि बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको देशको प्रयास (बिमष्टेक) बडा पत्रलाई अनुमोदन गरेको छ ।
‘संविधानको प्रगतिशील कार्यान्वयनलाई जोड गरौँ’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान संविधानको प्रगतिशील कार्यान्वयनका लागि आपसी एकतालाई सुदृढ गर्दै अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
उपप्रधानमन्त्री लामिछाने र विश्व बैङ्कका निर्देशक जोर्भोसको शिष्टाचार भेट
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र विश्व बैङ्कका देशीय निर्देशक फारिस् हदाद जेर्भोसबिच शिष्टाचार भेट भएको छ।
संसदबाट मात्रै समाजवादी क्रान्ति सम्भव छैन : पूर्व प्रधानमन्त्री खनाल
पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बालुवाटार र संसदबाट मात्रै समाजवादी क्रान्ति सम्भव नहुने बताउनुभएको छ।
उद्योगमन्त्री भण्डारी र कोरियाली राजदूत तइयोङबिच भेट
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क तइयोङबिच मङ्गलबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।
‘विगतका अनुभवबाट शिक्षा लिएर अगाडि बढ्नुपर्छ’
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले विगतको नकारात्मक र सकारात्मक अनुभवबाट शिक्षा लिए मात्रै समाजवादको सफल कार्यान्वयन गर्न सकिने बताउनुभएको छ ।
पर्यटनमन्त्री भन्नुहुन्छ, ‘वायुसेवा निगमको व्यवस्थापन करार भनेको बिक्री हैन’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यवस्थापन करार गर्ने भन्ने विषय निजीकरण नभएको स्पष्ट पार्नुभयो ।
संविधान र संवैधानिक व्यवस्था समाजवादको बाधक
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अहिलेको संविधान र संवैधानिक व्यवस्था समाजवादको बाधक रहेको बताउनुभएको छ ।
बागमतीमा एमालेबाट चार जना मन्त्री बन्दै, नेकपा एसको असन्तुष्टि
बागमती प्रदेशमा एकै दिन दोस्राे पटक मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ। सत्ता गठबन्धनमा रहेको नेकपा (एमाले) बाट मङ्गलबार चार जना मन्त्री थपिने भएका हुन्।
साहित्यकार सुवेदीको परिवारलाई राष्ट्रपति पौडेलको समवेदना सन्देश
राष्ट्रपति रामचन्द्र पौडेलले साहित्यकार तथा समालोचक स्वर्गीय दधिराज सुवेदीको परिवारप्रति समवेदना दिनुभएको छ।
प्रतिनिधि सभामा बिमस्टेक बडापत्रको प्रावधानमाथि छलफल सुरु
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको देशको प्रयास (बिमस्टेक) बडा पत्रको प्रावधानमाथि छलफल सुरु भएको छ ।
उप-निर्वाचनका लागि मुख्य अधिकृत तोकियो
आगामी वैशाख १५ गते हुने इलाम-२ को निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन आयोगले उक्त निर्वाचनका लागि जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ ।