काठमाडौं, जेठ ३ गते। नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सत्तामा बस्नेले प्रश्न गर्न नमिल्ने बताउनुभएको छ। बिहीबार काठमाडौँमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो।
उहाँले कांग्रेस प्रमुख प्रतिपक्ष रहेको र कांग्रेसको अहिलेको काम प्रश्न गर्ने भएको भन्दै सरकारमा बस्नेले काँग्रेसमाथि प्रश्न गर्न नमिल्ने बताउनुभयो। उहाँले सत्तामा उत्तर दिनका लागि बस्नुपर्ने बताउनुभयो। उहाँले कांग्रेसले भइरहेका अनियमितताका विरुद्धमा आवाज उठाइरहेको पनि बताउनुभयो। उहाँले अनियमितताविरुद्ध आवाज उठाउँदा कांग्रेसमाथि प्रश्न गरिरहेको आरोप लगाउनुभयो। उहाँले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै अदालतले गरेको निर्णयका विरुद्धमा आफू अदालत भन्दा पनि माथि रहेको झैँ आलोचना गरिरहेको आरोप लगाउनुभयो।
सांसद पौडेलले नेपाली कांग्रेसले बेथितिलाई अन्त्य गर्ने मुख्य विषय बनाएर जानुपर्ने बताउनुभयो।