‘बजेट र योजना नयाँ प्रशासकीय स्वरूप अनुरूपको बनाउनुपर्छ’
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बजेट र योजना बनाउँदा पुरानो सोच झल्कनेभन्दा पनि नयाँ प्रशासकीय स्वरूप अनुरूपको बनाउन सरकारलाई सुझाव दिनुभएको छ ।
कर्णाली प्रदेशलाई क्षतिपूर्तिसहितको विशेष बजेट दिन माग
नेपाली कांग्रेसका सांसद कान्तिका सेजुवालले कर्णाली प्रदेशलाई क्षतिपूर्तिसहितको विशेष बजेट दिनुपर्ने बताउनुभएको छ
जलवायुका असरसँग जुध्न सरकार प्रतिबद्ध
वन तथा वातावरण मन्त्री नवलकिसोर साह सुडीले जलवायु अनुकूलनलाई प्राथमिकता दिएर सरकारले सरकारले राष्ट्रिय अनुकूलन योजना तयार पारेर कार्यान्वयन गरिरहेको बताउनुभएको छ ।
नेपाल र भारत सुरक्षा अधिकारीको समन्वय बैठक
नेपाल र भारतका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीको समन्वय बैठक सम्पन्न भएको छ।
समाजवादी मोर्चाको अन्तरक्रिया
समाजवादी मोर्चाको अन्तरक्रिया कार्यक्रम सुरु भएको छ । मङ्गलबार दिउँसोबाट राष्ट्रिय सभा गृहमा मोर्चाको नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया सुरु भएको हो ।
निगममा देखिएको अनियमितता अन्त्य गर्न मन्त्रालय दृढ
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगम भित्रको आर्थिक अनियमितता, भ्रष्टाचार र पक्षपात अन्त्य गर्न मन्त्रालय दृढ रहेको बताउनुभएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालन गर्न माग
प्रतिनिधि सभाको बैठकमा पर्यटकीय राजधानीका रूपमा घोषित पोखरास्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरुपमा सञ्चालन गरी पर्यटन वृद्धि गर्न माग गरिएको छ ।
न्यायाधीश नियुक्तिप्रति सांसद गौतमको असन्तुष्टि
सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सोविता गौतमले न्यायाधीश नियुक्तिप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । न्यायाधीश नियुक्तिको विषयलाई राजनीतिक भागबण्डाको विषय बनाएपछि समस्या आएको उहाँको भनाइ थियो ।
समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
प्रतिनिधि सभाको शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्यहरूले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले चैत २२ मा विश्वासको मत लिनुहुने
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले चैत २२ गते विश्वासको मत लिनुहुने भएको छ ।
पर्यटन ऐन तत्काल परिमार्जन गर्न आवश्यक
सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का सांसद विद्या भट्टराईले पर्यटन ऐनलाई तत्काल परिमार्जन गर्न सरकारसँग माग गर्नुभएको छ ।
केन्द्रीय सत्ता गठबन्धनको निर्णयविरुद्ध कर्णालीका मुख्यमन्त्री
यतिबेला कर्णालीको राजनीति तातिएको छ । केन्द्रीय सत्ता गठबन्धनको निर्णयविरुद्ध कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने तयारी गरेपछि यहाँको राजनीतिमा तरङ्ग पैदा भएको हो ।
चीनसँग जोडिएका नाका पुनः सञ्चालनको माग
बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको हालैको चीन भ्रमणका क्रममा चीनसँग जोडिएका दार्चुलाको टिङ्करलगायत विभिन्न नाका पुनः सञ्चालन हुने कुरा सुनिँदा खुसी लागेको बताउनुभयो ।
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । मङ्गलबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले ‘विमस्टेक वडापत्रको प्रावधानमाथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ।
ढुवानी व्यवसायीका समस्या समाधानमा सकारात्मक छु : मन्त्री भण्डारी
ढुवानी व्यवसायी महासङ्घ नेपालको मागपत्र बुझ्दै उहाँले ढुवानी व्यवसायीले उठाएका समस्या समाधानमा उद्योग मन्त्रालयबाट सक्दो सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । उहाँले ढुवानी व्यवसायी महासङ्घका प्रतिनिधिलाई देशभरको आपूर्ति व्यवस्था सहज बनाउन पनि आग्रह गर्नुभयो ।
बागमतीमा मन्त्री आलेमगरद्वारा शपथ
बागमती प्रदेशको मन्त्री परिषद् विस्तार गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द शर्माले नेकपा नेकपा एकीकृत समाजवादीका प्रदेश सभा सदस्य रमा आले मगरलाई मन्त्रीमा नियुक्ति गर्नुभएको हो ।
पत्रकारितामा रेडियो नेपालको योगदान सराहनीय: राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको पत्रकारितामा रेडियो नेपालको योगदान विशिष्ट र सराहनीय रहेको बताउनुभएको छ ।
उम्मेदवार टुङ्गो लगाउन कांग्रेस संसदीय बोर्ड बैठक बस्दै
आगामी वैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ प्रदेशसभा (१) मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार टुङ्गो लगाउन नेपाली कांग्रेस संसदीय बोर्ड र केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न हुँदैछ ।
कर्णालीमा मुख्यमन्त्री एमालेलाई
सत्ता गठबन्धन दलबीच भएको केन्द्रीय सहमति अनुसारमा कर्णालीमा नेकपा (एमाले)ले मुख्यमन्त्रीको पद पाउने भएको छ । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका ईञ्चार्ज कालीबहादुर मल्लका अनुसार कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेलाई दिने सहमति भएको हो । सत्ता गठबन्धनको केन्द्रीय सहमतिअनुसार पहिलो चरणमा एमाले दिने निर्णय बमोजिम परिपत्रसमेत आएको इञ्चार्ज मल्लले बताउनुभयो ।
प्रदेशमा मोटामोटी सहमति
सत्ता साझेदार दलहरू प्रदेशका मुख्यमन्त्री र मन्त्री भागबन्डामा समझदारी भएको छ । त्यसको फलस्वरूप बागमती प्रदेशका मुख्यमन्त्रीले सोमबार विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बिच प्रदेश भागबन्डाबारे छलफल भएको हो । अरू प्रदेशमा पनि सहमतिको मोटामोटी खाका तय भएको छ ।
समृद्धिको सवालमा सबै दललाई एक ठाउँमा उभिन मुख्यमन्त्रीको आग्रह
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सभामा रहेका सबै दललाई प्रदेशको समृद्धिका सवालमा एक ठाउँमा उभिन आग्रह गर्नुभएको छ ।
मुख्यमन्त्री जम्कट्टेललाई तेस्रोपटक विश्वासको मत प्राप्त
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सभाबाट तेस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ ।
शिक्षा, स्वास्थ्य र रोजगार जनताका अधिकार : अध्यक्ष लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्दनले शिक्षा, स्वास्थ्य र रोजगार जनताका अधिकार बन्नुपर्ने बताउनुभएको छ ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई छिट्टै निष्कर्षमा पुर्याइने छ : मन्त्री गिरी
कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सरकारले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई छिट्टै निष्कर्षमा पुर्याउनका लागि अध्ययन गरिराखेको बताउनुभएको छ ।