• १३ साउन २०८१, आइतबार

कांग्रेसद्वारा राष्ट्रिय सभा बैठक अवरुद्ध

blog

काठमाडौँ, जेठ १ गते । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रिय सभा बैठक अवरुद्ध पारेको छ । मङ्गलबार बसेको राष्ट्रिय सभाको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबारको संयुक्त सदनमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा धन्यवाद ज्ञापन गर्ने कार्यसूचि रहेपनि कांग्रेसले संसद अवरुद्ध पारेको हो ।

कांग्रेसले सहकारी रकम हिनामिना प्रकरणमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समितिको माग राखेर संसद अवरुद्ध पार्दै आएको छ । आजको बैठकमा पनि कांग्रेसले सोही विषयमा संसदीय छानबिन समितिको माग गर्दै संसद अवरुद्ध पारेको हो । राष्ट्रियसभाको अर्को बैठक जेठ ३ गते बिहीबार सवा १ बजे बस्नेगरी स्थगित भएको छ ।