• १३ साउन २०८१, आइतबार

कांग्रेसद्वारा प्रतिनिधि सभा बैठक अवरुद्ध

blog

काठमाडौँ, जेठ १ गते । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरुद्ध पारेपछि प्रतिनिधि सभा बैठक पनि स्थगित भएको छ ।

मङ्गलबारको प्रतिनिधि सभा बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने र राष्ट्रपति पौडेललाई धन्यवाद ज्ञापन गर्ने कार्यसूची रहेको थियो । तर विषयमा प्रवेश गर्न नपाउँदै कांग्रेसले नाराबाजी गरी अवरुद्ध गरेसँगै बैठक आजका लागि स्थगित गरिएको हो ।

कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा सरकारले संसदीय छानबिन समिति बनाउन माग गर्दै आएको छ । अर्को बैठक जेठ ३ गते बिहीबार ११ बजे बस्नेगरी बोलाइएको छ ।