• १२ साउन २०८१, शनिबार

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण कार्य आर्थिक वर्षमा सम्पन्न गरिने

blog

काठमाडौँ, जेठ १ गते । सरकारले दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार अपराह्न सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको हो ।

त्यसैगरी म्याग्नेसाईट, फोस्फोराईट, फलामलगायतका सम्भाव्य खानीहरूको विस्तृत परियोजना प्रतिवेदन तयार गरी वातावरणीय अध्ययन कार्य अघि बढाइने पनि सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको पनि राष्ट्रपति पौडेलले बताउनुभयो ।

नवप्रवर्तन र स्टार्टअप राष्ट्रिय अभियान सञ्चालन गरी तीन वटै तहका सरकारका साथै निजी क्षेत्रको सहकार्यमा राष्ट्रिय स्टार्टअप उद्यम नीतिको कार्यान्वयन गरिने पनि राष्ट्रपति पौडेलले बताउनुभयो । राष्ट्रपति पौडेलले स्टार्टअप व्यवसायको विकास  र प्रवर्द्धन गर्न प्राज्ञिक संस्थाहरूसँग कार्य गरिने पनि बताउनुभयो ।