• २७ चैत २०८२, शुक्रबार

करणी गरेको आरोपमा युवक पक्राउ

blog

अविनाश चौधरी

धनगढी, चैत २७ गते । बलात्कार गरेको आरोपमा कैलाली प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिका–३ का २३ वर्षीय शनि चौधरीलाई पक्राउ गरेको हो ।

उनले महिलालाई जबरजस्ती करणी गरेको उजुरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो । 

उहाँले पक्राउ परेका चौधरीविरुद्ध थप अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाउन म्याद थपको तयारी भइरहेको जानकारी दिनुभयो । प्रहरीका अनुसार चौधरीले बिहीबार महिलालाई जबरजस्ती करणी गरेको उजुरी सोही दिन नै परेको थियो । जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले उनलाई राति पक्राउ गरेको थियो ।