• १३ साउन २०८१, आइतबार

जसपा अध्यक्ष यादवद्वारा दायर रिटमा सुनुवाइ जारी

blog

काठमाडौँ, जेठ २ गते । सर्वोच्च अदालतमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गर्नुभएको रिटमा सुनुवाइ जारी  छ ।

अध्यक्ष यादवले निर्वाचन आयोगले अशोक राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको थियो ।

बुधबार सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासमा उक्त रिटमा सुनुवाइ भइरहेको हो ।

अध्यक्ष यादवले सोमबार निर्वाचन आयोग र जसपा नेपाल छाडेर नयाँ दल गठनमा सहभागी भएका सांसदहरूलाई विपक्षी बनाएर रिट दर्ता गर्नुभएको हो ।

यादवद्वारा दायर रिटमा राईको नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीको आधिकारिकता बदर गर्न माग गरिएको छ । साथै अध्यक्ष यादवले आयोगको निर्णयलाई खारेज गर्न पनि माग गर्नुभएको छ ।

वैशाख २३ गते अशोक राईले जसपा विभाजन गरेर नयाँ पार्टी दर्ताका लागि निवेदन दिनुभएको थियो । सोही निवेदनको आधारमा आयोगले वैशाख २४ मा आधिकारिकताको प्रमाणपत्र दिएको थियो । जसपा नेपालमा भएको विभाजनपछि उपेन्द्र यादवको पार्टीमा १२ मध्ये ५ मात्रै सांसद छन् ।