सञ्चार नीतिबारे छलफल सुरु
नेपाल पत्रकार महासङ्घ झापा शाखाको आयोजनामा कनकाई नगरपालिकाको सुरुङ्गामा ‘मिडिया सम्मेलन’ सुरु भएको छ । कोशी प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री राम रानाले सम्मेलनको उदघाटन गर्नुभएको हो ।
सभामुख घिमिरेले प्रमुख तीन दलका नेताहरूसँग छलफल गर्नुहुँदै
सभामुख देवराज घिमिरेले आज प्रमुख सत्ता घटक दल नेकपा (एमाले) का अध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संसद् बैठक सुचारु गर्ने विषयमा छलफल गर्ने हुनुभएको छ ।
कांग्रेसले संसदमा विकृति जन्मायो : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले नेपाली कांग्रेसले संसदीय राजनीतिमा विकृति र गलत संस्कार भित्र्याएको आरोप लगाउनुभएको छ ।
संसदीय समिति सभापतिमा भागबण्डा
बागमती प्रदेश सभा अन्तर्गत रहेका विषयगत समितिको सभापतिको भागबण्डा गरेर मिलाइएको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको प्रदेशसभा सचिवालयमा शुक्रबार बसेको बैठकले भागबण्डा गर्ने गरी सहमति जुटाएको हो ।
मुलुक आफ्नो कब्जामा पार्न काँग्रेसले प्रपञ्च रच्यो: अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनतालाई मतलब छैन, मुलुक आफ्नो कब्जामा पार्न नेपाली काँग्रेसले विभिन्न प्रपञ्च रच्दै आएको बताउनुभएको छ।
सरकारले १३ मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने
सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका लागि फिनल्यान्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने भएको छ ।
मन्त्रिपरिषद् बैठकका १८ निर्णय (सूचीसहित)
सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
सूचना टाँस गरेर प्रदेश सभाको अधिवेशन अन्त्य
अविनाश चौधरीधनगढी, जेठ ४ गते। सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिवेशन सूचना टाँस गरेर अन्त्यको घोषणा गरिएको छ। आज राति १२ बजेबाट लागू हुने गरी प्रदेश सभाको तेस्रो अधिवेशन प्रदेश प्रमुखले अन्त्य गर्नु भएको प्रदेश सभा सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ। यसैबिच, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सूचना टाँसेर प्रदेश सभाको अधिवेशन अन्त्य गरिएकोप्रति आपत्ति जनाएको छ। यो परम्पराले सार्वभौमसत्ता सम्पन्न संसद्को मर्यादा कुण्ठित भएको महसुस भएको नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। नेपाली कांग्रेस सधैभरि सबै समस्याको समाधान र छलफलका माध्यमबाट संसद भित्र र बाहिर गर्न चाहे पनि सभामुख भीमबहादुर भण्डारीले सूचना टाँसेर अधिवेशन अन्त्य गर्नु दलीय छायाको अनुभूति भएको कांग्रेस संसदीय दलको ठहर छ। प्रमुख प्रतिपक्षीको नाताले कांग्रेस संसदीय दलले आगामी अधिवेशनसहित अन्य क्रियाकलापको सन्दर्भमासमेत सभामुखको भूमिका अवलोकन गर्ने उल्लेख गरिएको छ। संसद प्रतिपक्ष र सत्तापक्षको हुने हुँदा आगामी दिनमा सभामुखको भूमिकामा सुधार नदेखिए चालिने कदमको प्रतिफलको जिम्मेवार स्वयम सभामुख नै हुने भन्दै विज्ञप्तीमार्फत चेतावनीसमेत दिइएको छ।
'डिजिटल डिभाइडको अन्त्य गर्न डिजिटल पूर्वाधार अपरिहार्य'
विद्यमान दूरसञ्चार बजारमा देखिएका चुनौती, दूरसञ्चार क्षेत्रको दिगो विकासका लागि नियमन सम्बन्धमा नेपाल सरकारबाट चाल्नुपर्ने कदम र नवीनतम् दूरसञ्चार प्रविधिले प्रदान गरेका अवसरहरुका माध्यमबाट आम नागरिकको जीवनस्तरमा सुधार ल्याउन के गर्न सकिन्छ भन्ने आजको हाम्रो ज्वलन्त सवाल हो ।
प्रधानमन्त्रीसँग विपक्षी दलको बैठक बालुवाटारमा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलका नेताहरुसँग शुक्रबार साँझ ६ बजे छलफल गर्नुहुने भएको छ
सबै दलको छलफलबाट राजनीतिक निकास आउँछ : मन्त्री अर्याल
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सबै राजनीतिक दलको छलफलबाट राजनीतिक निकास आउने बताउनुभएको छ ।
प्रतिनिधिसभाको बैठक स्थगित
प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान ११ बजेका लागि तय भएको संसद सचिवालयका महासचिव पद्य प्रसाद पाण्डेयले जानकारी दिनुभयो ।
नेपालको विकासमा रसियाको ठूलो सहयोग छः उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विकासमा रसियाको ठूलो सहयोग रहेको बताउनुभएको छ ।
नवप्रवर्तनलाई प्रोत्साहन गरी रेडियो फ्रिक्वेन्सी नीति लागू गरियो : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार क्षेत्रमा फाइभ–जीलगायत नवीनतम प्रविधि र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने गरी दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी नीति लागू गरिएको बताउनुभएको छ ।
साझा सहमति गरेर अहिलेका मुद्दाको समाधान गर्नुपर्छ : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अहिलेका देशका मुद्दालाई साझा सहमति गरेर समाधान गर्नुपर्ने बताउनुभएको छ ।
उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिनुपर्नेमा राप्रपाको जोड
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिनुपर्नेमा जोड दिएको छ ।
संसदमा काँग्रेसले असभ्य व्यवहार देखायोः एमाले अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसदमा नेपाली काँग्रेसले असभ्य व्यवहार गरेको बताउनुभएको छ।
न्यायपालिकाको सुदृढीकरण र बारलाई सक्षम बनाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायपालिकाको सुदृढीकरण र बारलाई अझ सक्षम बनाउनका निम्ति सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
‘न्यायपालिकाप्रतिको आशङ्का निवारणमा सबै पक्षको प्रयास केन्द्रित हुनुपर्छ’
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाप्रतिको आशङ्काहरूको निवारण तथा भरोसायोग्य न्याय प्रणालीको विकासका लागि संम्वद्ध सबै पक्षका प्रयासहरू केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
कांग्रेसको अवरोधपछि राष्ट्रिय सभाको बैठक आइतबारसम्म स्थगित
राष्ट्रिय सभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विरोध जनाएको छ। सभाको कार्यतालिकामा प्रवेश गर्न नपाउँदै नेपाली कांग्रेसका सांसदले उठेर विरोध जनाएपछि सभा अवरुद्ध भएको हो।
डिजिटल रूपान्तरणका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले डिजिटल रूपान्तरणका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ भन्नेमा सरकार विश्वस्त रहेको बताउनुभएको छ ।
बानेश्वरमा राष्ट्रिय सभाको कार्यव्यवस्था बैठक जारी
राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बानेश्वरमा जारी रहेको छ । संसद भवन नयाँ बानेश्वरमा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालको नेतृत्वमा बैठक जारी भएको हो ।
विधिसम्मत न्यायिक प्रणालीबाट सुशासन कायम हुन्छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने बताउनुभएको छ ।
प्रतिनिधि सभा बैठक २ बजेसम्मका लागि स्थगित
शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ ।