• १३ साउन २०८१, आइतबार

बानेश्वरमा राष्ट्रिय सभाको कार्यव्यवस्था बैठक जारी

blog

संसद भवन नयाँ बानेश्वरमा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालको नेतृत्वमा जारी राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक । तस्बिर : संसद सचिवालय

काठमाडौँ, जेठ ४ गते । राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बानेश्वरमा जारी रहेको छ । संसद भवन नयाँ बानेश्वरमा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालको नेतृत्वमा बैठक जारी भएको हो ।

बैठकमा सदन खुलाउनेबारे छलफल भइरहेको संसद सचिवालयले जनाएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाउँदै आएको छ । यसमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसको माग छ । यसमा सत्तारुढ दलहरु सहमत नहुँदा राष्ट्रिय सभाको बैठक समेत प्रभावित हुँदै आएको छ ।