संसदबाट प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया सुरु (प्रत्यक्ष प्रसारण)
पन्ध्र मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभा बैठक पुनः सुरु भएको छ । बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकलाई सम्बोधन गर्दै सांसदसँग विश्वासको मत माग्नुभएको छ ।
शिक्षक हुँदै सामाजिक अभियन्तादेखि मन्त्रीसम्म
अहिले पनि समाजमा शारीरिकरुपमा अशक्त भएका व्यक्तिहरुलाई फरक नजरले हेर्ने गरिन्छ । उनीहरुले केही गर्न सक्दैनन् भन्ने भाष्य समाजमा अझै कायमै छ । संविधान र विभिन्न ऐन कानुनहरुले शारीरिकरुपमा अशक्त भएका व्यक्तिलाई अधिकार सम्पन्न गराएको छ तर हेर्ने दृष्टिकोणमा भने परिवर्तन हुन नसक्दा अहिले पनि अपाङ्गता भएका व्यक्ति पछाडि पारिएका छन् । हरेक क्षेत्रमा पहुँच पुग्न सकेको छैन् ।
गृहमन्त्रीले लगाएका आरोप कपोलकल्पित : कांग्रेस
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम अपचनमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठनको माग पुनः दोहोर्याएको छ ।
कांग्रेसले अवरोध गरेपछि संसद् बैठक स्थगित
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यसूचि रहेको भए पनि कांग्रेसले संसद बैठक अवरुद्ध गरेको हो ।
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । बैठक सोमबार बिहान ११ बजेबाट सुरु भएको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिनुहुने कार्यसूचि रहेको छ ।
विश्वासको मत लिने कार्यक्रमलाई प्रभावित नगर्न सभामुखको आग्रह
सभामुख देवराज घिमिरेले मुलुकको कार्यकारी प्रमुखले संसद बैठकमा आफ्नो बहुमत परीक्षण गर्छु भन्दा त्यसलाई प्रभावित गर्न नहुने बताउनुभएको छ । आज नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा उहाँले सो कुरा बताउनुभएको हो ।
जसपा अध्यक्ष यादवको रिटमाथि सुनुवाइ हुँदै
सर्वोच्च अदालतमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले दायर गर्नुभएको रिटमा सुनुवाइ हुँदैछ ।
रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।
कर्णाली विकासमा दलहरुको संयुक्त पहल
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश विकासका लागि सबै राजनीतिक दललाई साथमा लिएर हिँड्ने बताउनुभएको छ । प्रदेशको साझा एजेण्डामा दलहरू एकजुट हुनुपर्ने भन्दै उहाँले सर्वदलीय बैठक राख्नुभएको छ ।
एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
समितिको उपाध्यक्षमा छेवाङ रिनजिङ गुरुङ, सचिवमा तिलक विक र उपसचिवमा सम्राट गौचन निर्वाचित हुनुभएको सो पार्टीका गण्डकी प्रदेश समितिका अध्यक्ष नवराज शर्माले जानकारी दिनुभयो । सुनदेवी रसाइलीको संयोजकत्वमा लेखा समिति चयन गरिएको छ ।
कांग्रेस संसदीय दलको बैठक बस्दै
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले सोमबार बिहान ९ बजे बस्दैछ ।
‘सहकारीको रकम अपचलनबारे छानबिन हुनै पर्छ’
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारीमा भएको आर्थिक अनियमितता, अपचलन र बचत रकम ठगीका सन्दर्भ संसदीय छानबिन समिति गठन गर्ने आफ्नो पार्टीको अडान कायम रहेको बताउनुभएको छ । उहाँले आइतबार पत्रकार सम्मेलन गरी काँग्रेसले उठाएको सहकारीको विषय बचतकर्ताको पाँच खर्ब रुपियाँभन्दा बढी रकम भएको अपचलन र ७३ लाख बचतकर्ताको जीवनसँग जोडिएको विषय रहेको बताउनुभयो । उहाँले शक्तिशाली पदमा रहेका व्यक्ति सहकारी ठगीमा संलग्न रहेकाले तिनलाई कारबाही गर्नु पर्छ भन्ने अडानमा काँग्रेस रहेको बताउनुभयो ।
विश्वासको मत लिनुहुँदै प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार संसद्मा विश्वासको मत लिँदै हुनुहुन्छ । सरकारले संसद्लाई विश्वासको मत लिने सन्दर्भमा पत्राचार गरेको छ । साथै नीति तथा कार्यक्रममाथि छलफल पारित गर्नुपर्ने, जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने भएकाले संसद् सुचारु गर्ने सन्दर्भमा सत्ता पक्ष र प्रतिपक्षबिच संवाद अघि बढेको हो । कानुनमन्त्री गिरीले सोमबारको प्रतिनिधि सभा बैठक नियमित हुने बताउनुभयो ।
संसदीय छानबिन समितिको कार्यादेशमा कसरत
सहकारीमा भएको आर्थिक अपचलनका सन्दर्भमा संसदीय छानबिन समिति गठन गर्न कार्यादेश एवं क्षेत्राधिकार बनाउने जिम्मेवारी पाएको कार्यदलको ठुलो पहलका बाबजुद आइतबार पनि सहमति जुटेन । दिनभरि नै बसेको कार्यदलको बैठकमा संसदीय छानबिन समितिको कार्यादेशलाई अन्तिम रूप दिने गरी छलफल भएको थियो । तर सत्ता पक्ष र प्रमुख प्रतिपक्षबिच केही बुँदामा सहमति नभएपछि निष्कर्षमा पुग्न नसकेको हो ।
इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना
इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब मौसमका कारण दुर्घटनामा परेको छ । राष्ट्रपतिको खोजी जारी रहेको र उहाँको अवस्थाबारे कुनै खबर प्राप्त नभएको सरकारी सञ्चारमाध्यमले बताएको छ ।
एमाले बाँके अध्यक्षमा बिसी र गुरुङबिच प्रतिस्पर्धा
नेकपा (एमाले) बाँकेको अध्यक्ष पदका लागि निरक गुरुङ र डिल्ली बिसीबिच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन मण्डलका अनुसार आइतबार बेलुका ६ बजेदेखि निर्वाचन सुरु हुने तय भएको थियो ।
देशलाई बलियो राष्ट्रिय शक्तिको आवश्यकता छ : महासचिव पोखरेल
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जनतामा देखिएको निराशालाई चिर्दै देशको विकास गर्नका लागि वर्तमान गठनबन्धनको विकल्प नभएको बताउनुभएको छ।
प्रतिनिधि सभाको बैठक (प्रत्यक्ष प्रसारण)
आइतबार पटकपटक स्थगित भएको प्रतिनिधिसभाको बैठक साँझ बसेको छ । अहिले प्रतिनिधि सभाको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सम्बोधन गर्दै हुनहुुन्छ ।
गृहमन्त्री लामिछानेलाई छानबिनको दायरामा ल्याउनुपर्ने कांग्रेसको अडान यथावत्
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय छानबिन समितिमा सहकारी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर जानुपर्ने अडान लिएको छ।
स्पष्ट नीति नहुँदा योजना सञ्चालनमा समस्या : मन्त्री राना
कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाले कुन सरकारले काम गर्ने भन्ने नीति स्पष्ट नहुँदा प्रदेशमा सञ्चालित योजनाहरु सञ्चालनमा समस्या भएको बताउनुभएको छ ।
गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बोलाउनुभएको विपक्षी दलहरुको संयुक्त बैठकले गृहमन्त्री लामिछानेको जवाफ सुन्ने निर्णय गरेको हो ।
अटिजम भएकालाई पढाउने शिक्षकलाई शिक्षण अनुमतिपत्र आवश्यक : मन्त्री श्रेष्ठ
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षक र मनोपरामर्शदाता शिक्षण अनुमतिपत्र आवश्यक रहेको बताउनुभएको छ । आइतबार माइतीघर मण्डलामा पाँच दिनदेखि उभिएर विरोध जनाउँदै आएको नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य नेत्र चापागाईँको मागलाई ऐक्यबद्धता जनाउँदै उहाँले यस्तो बताउनुभएको हो ।
राप्रपा केन्द्रीय समितिको बैठक आह्वान
पार्टीले उठाउँदै आएको हिन्दूराष्ट्र, सङ्घीयतालगायत विषयमा वैचारिक दृष्टिकोण, देशभर पार्टी सङ्गठनको अवस्था, जनवर्गीय सङ्गठनका कार्यप्रगति, पार्टीको आन्तरिक विवाद समाधानका लागि बैठक आह्वान गरिएको सो पार्टीका नेता राजाराम श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।
प्रतिनिधि सभा बैठक दिउँसो २ बजेका लागि सर्यो
आइतबार विहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक दिउँसो २ बजेका लागि सारिएको छ । संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना जारी गर्दै बैठकको समय सरेको जानकारी गराउनुभएको हो ।