• १४ मंसिर २०८१, शुक्रबार

संसदबाट प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया सुरु (प्रत्यक्ष प्रसारण)

blog

गोरखापत्र अनलाइन । पन्ध्र मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभा बैठक पुनः सुरु भएको छ । बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकलाई सम्बोधन गर्दै सांसदसँग विश्वासको मत माग्नुभएको छ ।  

संसद् बैठक सुचारु गर्न दलीय प्रयास तथा सभामुख देवराज घिमिरेको प्रयास भए पनि सहमति हुन नसक्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले विरोध जनाउनुभएको छ । कांग्रेस सांसदहरुको होहल्ला र नाराबाजीबिच बैठक जारी छ ।