गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ ७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिनेबेलामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गलत काम गरेको बताउनुभएको छ । त्यसप्रति उहाँले दुःख व्यक्त गर्नुभयो । संसद् बैठकमा विश्वासको मत लिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री प्रचण्डले कांग्रेसको यो गतिविधि भविष्यमा सो दललाई महँगो पर्ने उहाँले चेतावनी दिनुभयो । आफूले पटक पटक काँग्रेसलाई सहयोग गरे पनि विश्वासको मत लिने दिनमा कांग्रेसले गलत काम गरेको उहाँले बताउनुभयो । सभामुख देवराज घिमिरेले विरोध र नाराबाजीबिच प्रधानमन्त्रीलाई विश्वासको मत लिने प्रक्रिया सुरु गर्नुभएको थियो ।