प्रदेश सभा बैठक शुक्रबार, कांग्रेसले बहिष्कार गर्ने
गण्डकी प्रदेश सभाको बैठक शुक्रबारलाई आह्वान भएको छ । वैशाख २३ गते भएको बैठकमा नेपाली कांग्रेसको नाराबाजीबिच मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणापछि बैठक अनिश्चित कालका लागि स्थगित गरिएको थियो ।
लुम्बिनीलाई विश्वभरका बुद्धिष्ट केन्द्रको रूपमा विकास गरौँ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनीलाई विश्वभरका बुद्धिष्टको ‘बर्थिङ सेन्टर’ का रूपमा विकास गरिने बताउनुभएको छ।
बाजुराबाट रारा जाँदै गरेको जिप दुर्घटना
बाजुराबाट रारातर्फ जाँदै गरेको जिप मुगुको खत्याड गाउँपालिका वडा नम्बर २ जामको खोलामा दुर्घटना हुँदा १२ जना घाइते भए छन्।
दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएन : सांसद राणा
प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा आरजु राणाले दिगो विकासले लिएको लक्ष्यअनुरुपको प्रगति नभएको भन्दै लक्ष्य पूरा गर्नका लागि सबैको सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
बुद्ध जन्मभूमिलाई विश्व शान्ति गन्तव्यका रूपमा विकास गर्छौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न क्रियाशील रहेको बताउनुभएको छ ।
बौद्ध दर्शन मानव समुदायका लागि प्रेरणादायी छ : अध्यक्ष नेपाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विश्व शान्ति तथा मानव कल्याणका लागि बुद्धले प्रतिपादन गर्नुभएको अहिंसाको दर्शन मानव समुदायका लागि प्रेरणादायी भएको बताउनुभएको छ ।
‘बुद्धको जन्मभूमि नेपाल हुनु हाम्रा लागि गौरव’
राष्ट्रपति रामचन्द्र पौडेलले महामानव गौतम बुद्धको जन्मभूमि नेपाल हुनु गौरवको विषय भएको बताउनुभएको छ । उहाँले २५६८ औँ बुद्ध जयन्तीको शुभकामना दिँदै यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
बुद्ध धर्मको भ्रातृत्वको भावनालाई आत्मसात् गर्दै एकजुट हुन आवश्यकः उपराष्ट्रपति
उपराष्ट्रपति रामसहायप्रसाद यादवले बुद्ध धर्मको विश्व भ्रातृत्वको भावनालाई आत्मसात् गर्दै एकजुट भइ मुलुकको समृद्धि र विकासमा दृढ सङ्कल्पका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । गौतमबुद्ध जयन्तीको अवसरमा देश र विदेशमा रहनुभएका सम्पूर्ण नेपाली बौद्ध धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै सो कुरामा जोड दिनुभएको हो । उहाँले आजकै दिन स्वाँया पुन्हिः, उँभौली पर्व, चण्डीपूर्णिमा र गोरखनाथ जयन्ती मनाउने सम्पूर्ण नेपालीहरुलाई पनि हार्दिक शुभकामनासमेत दिनुभएको छ ।
शान्तिका अग्रदूत गौतमबुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय रहेको बताउनुभएको छ । विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६८औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना दिँदै उहाँले बुद्धको दर्शन र विचारले अहिंसा, सद्भाव र मानव कल्याणको बाटो देखाएकाले बुद्धका विचार विश्वभरि लोकप्रिय र कालजयी रहन सकेको बताउनुभयो ।
एमाले सुनसरी अध्यक्षमा खनाल
नेकपा (एमाले) सुनसरीको आठौँ अधिवेशनबाट जिल्ला अध्यक्षमा निलम खनाल निर्वाचित हुनु भएको छ । अधिवेशनमा खनालकोे प्यानलै विजयी भएको हो ।
जेठ १३ गते कांग्रेसले काठमाडौँमा प्रदर्शन गर्ने
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध काठमाडौँमा प्रदर्शन गर्ने भएको छ।
सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौँ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतमबुद्धको शिक्षामा विश्वास गरे व्यक्ति, समुदाय र राष्ट्रहरूबिच रहेका विवाद समाधान गर्न र सद्भाव फैलाउन मद्दत पुग्ने बताउनुभएको छ।
सकियो प्रदेश स्तरीय सुरक्षा गोष्ठी
बागमती प्रदेशको राजधानी हेटौँडामा भएको दुईदिने प्रदेशस्तरीय सुरक्षा गोष्ठी बुधबार सकिएको छ। नेपाल सरकार, गृह मन्त्रालय र प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा हेटौँडामा सुरक्षा गोष्ठी भएको हो।
हरवा चरवाको अधिकार निर्देशिकाको मस्यौदा छलफलमा
मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री बेचूँ लुङ्गेलीले हरवा चरवाको अधिकार सम्बन्धी प्रदेश सरकारले तयार पारेको निर्देशिकाको मस्यौदा छलफलको क्रममा रहेको बताउनुभएको छ।
कर्णाली प्रदेश : मन्त्री शाहद्वारा सपथ ग्रहण
कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोद शाहले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । आज प्रदेश प्रमुख तिलक परियारले उहाँलाई शपथ खुवाउनुभएको हो ।
नागरिकले महसुस गर्नेगरी सेवा प्रवाह गर्न गृहमन्त्रीको निर्देशन
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकले महसुस गर्नेगरी सरकारी सेवा प्रवाह गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।
बेइजिङ कार्य मञ्च प्रतिवेदनबारे विज्ञ समूहसँग छलफल
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बेइजिङ कार्य मञ्च (बिपिएफए) ‘बेइजिङ प्लस रिभ्यू’को तयारी प्रतिवेदनमाथि विज्ञ समूहसँग छलफल गरेको छ । मन्त्रालयले कार्यक्रम आयोजना गरी उक्त तयारी प्रतिवेदनमाथि छलफल गरेको हो ।
अब सेल्फी खिच्न विदेश जानु पर्दैन : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अब राम्रा र फराकिला सडक तथा आकर्षक पुल नेपालमा नै बन्न थालेकाले सेल्फी खिच्नका लागि विदेश गइरहनु नपर्ने बताउनुभएको छ।
मझगाउँ विमानस्थल स्तरोन्नतिका लागि छलफल
कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल स्तरोन्नतिका लागि रक्षामन्त्री हरि उप्रेती र नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकसहितको टोलीबिच आज छलफल भएको छ ।
अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
नागरिकता प्रकरणमा छानबिनका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषाले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
जलवायु परिवर्तनका समस्या न्यूनीकरण गरेर पृथ्वीको सुरक्षा गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जलवायु परिवर्तनले निम्त्याएका समस्या न्यूनीकरण गरी पृथ्वीको सुरक्षाका लागि ध्यानाकर्षण गराउनुभएको छ ।
प्रधानमन्त्रीद्वारा कैलाश सिरोहियासँग सरकारको कुनै शत्रुता नरहेको प्रष्ट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई व्यक्तिगत प्रतिशोधबाट नभई अदालती प्रक्रियाबाट नै पक्राउ गरेको बताउनुभएको छ ।
कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक सुरु भएको छ । बुधबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो ।
अदालतको अनुमति लिएर अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन : रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन नभएको बताएको छ ।