प्रधानमन्त्रीसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एम्नेस्टी इन्टरनेसनलकी महासचिव अग्नेष्ट कालामार्डले शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ ।
प्रधानमन्त्रीसहित शीर्ष दलका नेताको बैठक बालुवाटारमा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष दलका नेताको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ।
काँग्रेसका नेतामाथि छानबिन गर्न महामन्त्री शर्माको चुनौती
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली काँग्रेसका नेतामाथि लगाइएको आरोपमाथि छानबिन गर्न चुनौती दिनुभएको छ।
व्यास नगरपालिकाको पुनः मतगणना असार २ गते हुने
उच्च अदालत पोखराले तनहुँको व्यास नगरपालिकाको प्रमुखको पुनः मतगणना असार २ गते गर्न आदेश दिएको छ ।
परराष्ट्र सचिव सेन्ट जोन्स प्रस्थान गर्नुहुँदै
परराष्ट्र सचिव सेवा लम्साल एन्टिगुवा र बारबुडाको राजधानी सेन्ट जोन्समा संयुक्त राष्ट्रसङ्घले यही जेठ १४ देखि १७ गतेसम्म आयोजना गर्न लागेको साना टापु विकासशील राष्ट्रहरुको चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।
उपराष्ट्रपति यादवसँग र इजरायलका राजदूत गोल्डबर्गरको शिष्टाचार भेट
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि इजरायलका राजदूत हानान गोडर गोल्डबर्गरले शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटघाट गर्नुभएको छ ।
बागमतीमा तीन दिन गणतन्त्र दिवस मनाइने
बागमती प्रदेश सरकारले गणतन्त्र दिवस, २०८१ विविध कार्यक्रमको आयोजना गरी तीन दिनसम्म भव्य रूपमा मनाउने निर्णय गरेको छ ।
राष्ट्रियसभा बैठक स्थगित
राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उठेर विरोध जनाएपछि सञ्चालन हुन नसकेको हो ।
नयाँ शक्ति अभियान थप सशक्त हुन्छ : डा. भट्टराई
नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले नयाँ शक्ति निर्माण अभियानलाई थप सशक्त बनाउनुपर्ने बेला आएको बताउनुभएको छ ।
संसदलाई विधिसम्मत रुपमा छलफलको केन्द्र बनाऔँ : सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे संसदलाई विधिसम्मत रुपमा छलफलको केन्द्र बनाउनुपर्ने बताउनुभएको छ ।
कार्यदलको बैठक फेरि बस्ने
सहकारीको रकम अपचलनका सम्बन्धमा छानबिनका लागि गठन गर्न लागिएको संसदीय समितिको विषयमा सहमति जुटाउन शुक्रबार बसेको बैठकमा पनि मतैक्य हुन नसकेपनि पुनः बस्ने भएको छ ।
उपभोक्ता अदालत सरकारको विशेष प्राथमिकतामा : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी आर्थिक वर्षमा स्थापना गरिने उपभोक्ता अदालत सरकारको विशेष प्राथमिकतामा रहेको बताउनुभएको छ ।
नेपाल प्रहरीले आफ्नो दायित्वलाई कुशलतापूर्वक निर्वाह गर्दै आएको छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदीय दायित्वलाई कुशलतापूर्वक निर्वाह गरेर प्रहरीले राज्यप्रतिको जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री दाहालको भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रवार बिहान राष्ट्रपति भवन शीतल निवासमा भेट गर्नुभएको छ ।
सरकारले प्रेस स्वतन्त्रता हनन् गरेको छैनः अध्यक्ष ओली
नेपाल कम्युनिष्ट पार्टी [एमाले] का अध्यक्ष केपी शर्मा ओलीले सरकारले नागरिकतामाथि प्रश्न उठेपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्षलाई प्रहरीले पक्राउ गरेको घटनाले प्रेस स्वतन्त्रता हनन् नहुने बताउनुभएको छ ।
कूटनीतिक सीप र दक्ष जनशक्ति आवश्यक छ : परराष्ट्रमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले परिवर्तित विश्व प्रविधिको तीव्र विकासबाट उत्पन्न अवसर र चुनौतीको सामना गर्नसक्ने कूटनीतिक सीप र दक्ष जनशक्ति अहिलेको आवश्यकता भएको बताउनुभएको छ।
कार्यदलको बैठक निष्कर्षविहीन, शुक्रबार पुनः बस्ने
सहकारी छानबिन गर्न संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बिहीबार बसेको बैठक निष्कर्षविहीन बनेको छ।
विकास अभियानका काम समयमै सम्पन्न गर्न अध्यक्ष ओलीको आग्रह
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको सुन्दरहरैँचा नगरपालिका अन्तर्गत चन्द्रनगर–पूर्वाञ्चल विश्वविद्यालय हुँदै गोठगाउँ-महेश्वर सुब्बा मार्ग लाटिझोडा सडकखण्डको बिहीबार शिलान्यास गर्नुभएको छ।
गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको छ : सञ्चारमन्त्री मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्रमा बदमासी गर्नेलाई कारबाही हुन्छ भन्ने भाष्य स्थापित भएको बताउनुभएको छ ।
रामग्राम स्तूप गुरुयोजना स्वीकृतिका लागि पहल गर्छौ : मन्त्री तामाङ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितमान तामाङले रामग्राम स्तूपको गुरुयोजना स्वीकृतिका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
आगलागी पीडितसँग सांसद भण्डारीको भेट
तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री शङ्कर भण्डारीले तनहुँको सदरमुकाम दमौलीको मेनचोक, फलफूल लाइनमा आगलागीले भएको क्षतिको बिहीबार स्थलगत निरीक्षण गर्नुभएको छ।
राजनीतिक प्रवृत्ति खराब भएपनि व्यवस्था खराब छैन : उपसभापति गुरुङ
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिक प्रवृत्ति खराब भएपनि व्यवस्था खराब नभएको बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाज मकवानपुरले आज हेटौँडामा आयोजना गरेको ‘प्रजातान्त्रिक दर्पण २०८१’ विमोचन तथा सम्मान कार्यक्रममा उहाँले नेपाली राजनीतिमा देखिएको खराब प्रवृत्तिलाई निरुत्साहन गर्न सके निराशालाई आशामा बदल्न सकिने धारणा राख्नुभयो ।
संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक
सहकारीको रकम हिनामिनाको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेशको विषयमा छलफल सुरु भएको छ।
लोसपाको महासचिवमा यादव मनोनीत
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको महासचिव पदमा शीतलप्रसाद यादव मनोनीत हुनुभएको छ । अध्यक्ष महन्थ ठाकुरले सिरहाका यादवलाई पार्टीको संशोधित अन्तरिम विधानअनुसार केन्द्रीय सदस्य यादवलाई महासचिव पदमा मनोनीत गर्नुभएको हो ।