साहित्यको माध्यमबाट महिला र बालबालिकाको अधिकारको पक्षमा काम गर्न सकिन्छ : मन्त्री चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले साहित्यको माध्यमबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको अधिकार एवम् विश्वको वातावरण संरक्षणको पक्षमा काम गर्न सकिने बताउनुभएको छ ।
जसपा नेपालको राजनीतिक प्रतिवेदन पारित
जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक प्रतिवेदन पारित भएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन पारित गरेको प्रचारप्रसार तथा प्रकाशन केन्द्रीय विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।
महिला भेलाको तयारी, पूर्व राष्ट्रपतिले उद्घाटन गर्नुहुने
नेकपा (एमाले) जनसङ्गठन समन्वय संयन्त्रको आयोजनामा जेठ १६ र १७ गते हुन लागेको पहिलो राष्ट्रिय महिला भेलाको तयारी पूरा भएको छ । सम्मेलनको उद्घाटन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नु हुनेछ ।
कांग्रेसलाई आधारहीन, अराजनीतिक लाञ्छनाबाट पछि हट्न एमालेको आग्रह
नेकपा एमालेले नेपाली कांगे्रसलाई आधारहिन, अराजनीतिक लाञ्छनाबाट पछि हट्न आग्रह गरेको छ ।
सरकारको आगामी आवको नीति तथा कार्यक्रम पारित
बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम पारित गरेको छ ।
गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दामा सुनुवाइ जारी
सर्वोच्च अदालतमा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध दायर रिटमा सुनुवाइ जारी रहेको छ । सोमबार सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइ भइरहेको हो ।
अध्यक्ष सिरोहियालाई अदालत उपस्थित गराइँदै
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई सोमबार अदालत उपस्थित गराइँदै छ । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका उहाँलाई तेस्रो पटक म्याद थपका लागि जिल्ला अदालत धनुषामा उपस्थित गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
बागमती प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै
बागमती प्रदेशसभाको बैठक आज सोमवार बस्दै छ । उक्त बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
झन्डै एक खर्बले बढ्यो बेरुजु
आर्थिक वर्ष २०७९/८० मा सरकारको बेरुजु ९५ अर्ब ६० करोड रुपियाँले बढेको छ । आव २०७८/७९ मा एक खर्ब १९ अर्ब रुपियाँ बेरुजु थपिएको थियो । अघिल्लो आव २१.४५ प्रतिशतले बढेको बेरुजु आव २०७९/८० मा भने यो वृद्धि १४.०५ प्रतिशतले मात्र बढेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
कार्यादेश टुङ्ग्याउन शीर्ष नेताको बैठक आज
सहकारी संस्थाको रकम अपचलन, हिनामिना र अनियमितताका सन्दर्भमा संसदीय छानबिन समिति गठनको कार्यादेश र क्षेत्राधिकारमा सहमति जुटाउन सोमबार शीर्ष नेताको बैठक बस्ने भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीका अनुसार आइतबार बिहान ९ बजे बस्ने तय भएको बैठक सोमबारलाई सारिएको हो । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताको बैठकबाटै समितिको कार्यादेश बनाउने जिम्मा पाएको समितिमा भएको सहमति र विमतिको विषयलाई टुङ्ग्याउने गरी बैठक बस्ने भएको हो ।
जनतालाई महसुस गराउने नीति तथा कार्यक्रम बन्दैछ : मुख्यमन्त्री अधिकारी
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेशका सबै जनतालाई सरकारको महसुस गराउनेखालको नीति तथा कार्यक्रम र बजेट निर्माणको काम भइरहेको बताउनुभएको छ । मादी गाउँपालिका ७ मा निर्मित थाक समाजघरको समुद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
‘गणतन्त्रले सबैलाई समान अधिकार दिएको छ’
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा भुसालले आवश्यक परेको अवस्थामा सकारात्मक ढङ्गले गाँठो फुकाउन संविधान संशोधन गर्न तयार हुनुपर्ने बताउनुभएको छ।
राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको प्रतिवेदन पेस
आइतबार महालेखा परीक्षक तोयम रायाले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७९/०८० को महालेखापरीक्षकको ६१ औँ वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो ।
मुख्यमन्त्री सोडारीद्वारा बजेटको प्राथमिकता पेस
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विनियोजन विधेयक २०८१ को सिद्धान्त र प्राथमिकता प्रदेश सभामा प्रस्तुत गर्नुभएको छ ।
कोशी प्रदेश सभामा बजेटका सिद्धान्त र प्राथमिकता पेस
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि बजेटको प्रमुख नीति तथा प्राथमिकताहरू प्रदेश सभामा पेस गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आइतबार बजेटका सिद्धान्त र प्राथमिकताहरू प्रस्तुत गर्नुभएको हो ।
आर्थिक विकास केन्द्रित कूटनीति अगाडि बढ्दैछ : परराष्ट्रमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले आर्थिक विकास केन्द्रित कूटनीति अगाडी बढाउने बताउनुभएको छ।
संसद्को गतिरोध अन्त्यका लागि एकीकृत समाजवादीले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण
नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसद्को गतिरोध अन्त्यका लागि ध्यानाकर्षण गराएको छ।
काँग्रेस सत्ता समीकरण भत्काउने चलखेलमा छ : महासचिव पोखरेल
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले काँग्रेस वर्तमान सत्ता समीकरण भत्काउने चलखेलमा लागेको आरोप लगाउनुभएको छ।
सरकार पेलेरै जान्छ भने चुनौती सामना गर्न काँग्रेस तयार छ : नेता सिटौला
नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रतिपक्षले जनताको आवाज उठाउँदा सरकारले पेलेर जाने भए काँग्रेसले चुनौती सामना गर्न तयार रहेको बताउनुभएको छ।
प्रेसलाई अङ्कुश लगाउन काम गर्नुहुँदैन : महामन्त्री थापा
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रेसलाई अङ्कुश लगाउने काम गर्न नहुने बाउनुभएको छ ।
पत्रकारले आलोचना र खबरदारी गर्नुपर्छ : मुख्यमन्त्री जम्कट्टेल
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सरकारलाई पत्रकारले आलोचना र खबरदारी गर्नुपर्ने बताउनुभएको छ। प्रेस सेन्टर नेपाल मकवानपुरको आयोजनामा आइतबार हेटौँडामा कृष्ण सेन इच्छुकको २२ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकार र सञ्चारमाध्यमले गलत कुरालाई गलत भन्नुपर्ने बताउनुभएको छ।
बजेट अगाडि संसदीय समितिका लागि सहमति बन्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेट वक्तव्य आउनु अघिसम्ममा संसदीय छानबिन समिति बनाउन समझदारीमा पुगिने बताउनुभएको छ।
नीति तथा कार्यक्रम संसद बैठकबाट बहुमतले पारित
आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकमा छलफलका लागि प्रस्ताव पेश गर्नुभएपछि छलफलपछि बहुमतले नीति कार्यक्रम पारित भएको हो ।
नीति तथा कार्यक्रममाथि छलफल, प्रतिपक्षी दलको विरोध
आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम माथिको छलफल प्रतिनिधिसभा बैठकमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकमा छलफलका लागि प्रस्ताव पेश गर्नुभएपछि छलफल प्रारम्भ भएको हो ।