• ४ जेठ २०८२, आइतबार

काँग्रेस सत्ता समीकरण भत्काउने चलखेलमा छ : महासचिव पोखरेल

blog

नेकपा (एमाले)का महासचिव शंकर पोखरेल

काठमाडौँ, जेठ १३ गते। नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले काँग्रेस वर्तमान सत्ता समीकरण भत्काउने चलखेलमा लागेको आरोप लगाउनुभएको छ। 

आइतबार झापामा दोस्रो बिर्तामोड नगर अधिवेशन उद्घाटन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो। 

उहाँले मुलुकमा अहिले अस्थिरता रहेको बताउनुभयो। उहाँले राजनीतिक अन्योलको अवस्थामा मुलुक रहेको बताउनुभयो। महासचिव पोखरेलले नेपाली काँग्रेसले संसदमा अवरोध सिर्जना गर्ने दुष्प्रयत्नबाट अस्थिरता सिर्जना गरी सरकारमा सहभागी हुने चलखेलमा लागेको बताउनुभयो।

उहाँले आफू सरकारमा पुग्नका लागि काँग्रेस संसदलाई बन्धक बनाउन लागिपरेको जिकिर गर्नुभयो। संसदको अवरोध नेपालको विकास र समृद्धिका लागि बाधक भएको बताउनुभयो।

महासचिव पाखरेलले देशलाई राजनीतिक स्थायित्व आवश्यक रहेको भन्दै राजनीतिक स्थायित्व प्रदान गर्ने सामथ्र्य नेकपा (एमाले)ले जुटाउन नसकेको बताउनुभयो। 

उहाँले मिसन ०८४ मा नेकपा एमालेलाई बलियो निर्णायक राष्ट्रिय शक्तिका रुमपा स्थापित गर्नुपर्ने बताउनुभयो। अरुको सहारा बिना नेकपा (एमाले)को नेतृत्वमा स्थिर सरकार बनाउन आवश्यक रहेको बताउनुभयो।