यस्ता छन् नयाँ नारा र कार्यक्रम
सरकारले पुँजीगत खर्च कार्यान्वयनमा देखिएको चुनौतीको सामना गर्न अर्थतन्त्र सुधारका कार्यक्रममार्फत समृद्धि हासिल गर्नेलगायत नयाँ कार्यक्रमहरू प्रस्ताव गरेको छ ।
बजेटमा कर : आलु, प्याज र स्याउमा घट्यो, मदिरा, सुर्ती र चुरोटमा बढ्यो
सरकारले विभिन्न वस्तु तथा सेवाको करका दरमा हेरफेर गरेको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा मङ्गलबार अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को बजेटमा उद्योगले पैठारी गर्ने कच्चा पदार्थमा लाग्ने महसुल भन्दा तयारी वस्तुको पैठारीमा लाग्ने महसुल कम्तीमा एक तह कम गरिएको छ ।
परराष्ट्र मन्त्रालयको बजेट छ अर्ब ७७ करोड
सरकारले आगामी आर्थिक वर्षका लागि परराष्ट्र मन्त्रालयको बजेट रु छ अर्ब ७७ करोड विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको बजेटमा त्यस्तो जानकारी दिइएको हो ।
सार्वजनिक खर्चलाई प्रतिफलमुखी बनाउन मितव्ययिता अपनाइने
सरकारले सार्वजनिक खर्चलाई प्रतिफलमुखी बनाउन मितव्ययिता अपनाइने जनाएको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै कार्यालयको प्रकृति र जनशक्तिको आधारमा कार्यालय सञ्चालन खर्च, घरभाडा, बिजुली, इन्धन, पानी, सञ्चार महसुल खर्चमा मितव्ययिता कायम गरिने उहाँले बताउनुभयो ।
बजेट उत्साहित हुने खालको छैन : कांग्रेस
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारद्वारा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि प्रस्तुत बजेट आमजनता उत्साहित हुने खालको नरहेको प्रतिक्रिया दिएको छ ।
धितोपत्र बोर्डको संस्थागत शुद्धीकरण
सरकारले पुँजी बजारका लगानीकर्ताको लगानी र हित संरक्षण गर्न नियामक निकायको संस्थागत शुद्धीकरण गर्ने भएको छ ।
बजेटको आकारअनुसार शिक्षामा बढेन लगानी
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ बजेट करिब शून्य दशमलव ३० प्रतिशतले घटेको छ ।अर्थमन्त्री वर्षमान पुनद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को बजेट आकारमा रु पाँच अर्ब बढे पनि कूल बजेटको प्रतिशतका आधारमा शिक्षा क्षेत्रतर्फको बजेट घटेको हो ।
सदरमुकाम निर्माणका लागि एक अर्ब २१ करोड विनियोजन
सरकारले नवलपरासी बर्दघाट सुस्ता पूर्व र रुकुम पूर्वको जिल्ला सदरमुकाममा भौतिक संरचना निर्माणका लागि एक अर्ब २१ करोड रुपियाँ विनियोजन गरेको छ ।
सरकारले जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्ने
सरकारले जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गर्नुहुँदै अर्थमन्त्री वर्षमान पुनले सरकारले जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभएको हो ।
शान्तिकोष स्थापना गर्न एक अर्ब
सरकारले द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति, आर्थिक सहायता र पुनः स्थापनाका लागि शान्ति कोष स्थापना गर्न रु एक अर्ब विनियोजन गरेको छ ।
आर्थिक वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने सरकारको लक्ष्य
सरकारले आगामी आर्थिक वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा सो कुरा उल्लेख गरिएको हो ।
विदेशबाट ऋण लिने बैङ्क वित्तीय संस्थालाई कर छुटको व्यवस्था
विदेशबाट ऋण लिने बैङ्क वित्तीय संस्थालाई सरकारले सहजीकरण गरेको छ । अर्थमन्त्री वर्षमान पुनले विदेशी बैङ्क तथा वित्तीय संस्थाबाट लिएको ऋणको व्याज भुक्तानी गर्दा लाग्दै आएको आयकर घटाएको बताउनुभएको हो ।
खेलकुद मन्त्रालयलाई रु. तीन अर्ब ५० करोड विनियोजन
सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि रु. तीन अर्ब ५० करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उहाँले उक्त रकम विनियोजन गरेको बताउनुभएको हो ।
सीता दाहाल मेमोरियल कलेज स्थापना गर्ने सरकारको निर्णय
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सीता दाहाल मेमोरियल कलेज अफ नेचुरलपेथी एण्ड यौगिक साइन्स कलेज स्थापना गर्ने भएको छ ।
शिक्षा मन्त्रालयतर्फ दुई खर्ब तीन अर्ब ६६ करोड विनियोजन
सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बजेट दुई खर्ब तीन अर्ब ६६ करोड विनियोजन गरेको छ । मङ्गलबार संसदमा आर्थिक वर्ष २०८१/०८२ को बजेट पेश गर्नुहुँदै अर्थमन्त्री पुनले बजेट विनियोजन गर्नुभएको हो ।
बढ्यो वनको बजेट
आगामी आर्थिक वर्षका लागि वन तथा वातावरण क्षेत्रको बजेट बढेको छ । चालु आर्थिक वर्षमा रु १५ अर्ब ५६ करोड विनियोजन भएकोमा आगामी आवका लागि रु १४ करोड बढी अर्थात् रु १५ अर्ब ७० करोड विनियोजन गरिएको छ ।
भौतिक पूर्वाधारमा एक खर्ब ५० अर्ब ५३ करोड विनियोजन
सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि एक खर्ब ५० अर्ब ५३ करोड रुपियाँ विनियोजन गरेको छ ।
उद्योग मन्त्रालयका लागि नौ अर्ब २८ करोड रकम विनियोजन
सरकारले आगामी आर्थिक वर्षको लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको लागि नौ अर्ब २८ करोड रकम विनियोजन गरेको छ ।
आगामी वर्ष १६ लाख विदेशी पर्यटक पुर्याउने लक्ष्य
सरकारले आगामी वर्ष १६ लाख विदेशी पर्यटक भित्र्याउने घोषणा गरेको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा मगङ्गलबार अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को बजेटमा यस्तो घोषणा गरिएको हो ।
जनताको बलिदानीपूर्ण सङ्घर्षको प्रतिफल गणतन्त्र : प्रदेश प्रमुख भट्ट
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले गणतन्त्र जनताको बलिदानीपूर्ण सङ्घर्षको प्रतिफल भएकाले जनताले अनुभूत गर्नेगरी गणतन्त्रको कार्यान्वयन अपरिहार्य रहेको बताउनुभएको छ ।
खानेपानी मन्त्रालयमा २६ अर्ब ६३ करोड विनियोजन
आगामी आर्थिक वर्षका लागि खानेपानी मन्त्रालयमा २६ अर्ब ६३ करोड रुपियाँ विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री वर्षमान पुनले खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड रुपियाँ विनियोजन गरिएको जानकारी दिनुभएको हो ।
वन डढेलो नियन्त्रणका लागि आवश्यक बजेटको व्यवस्था : अर्थमन्त्री पुन
सरकारले वन डढेलो नियन्त्रणका लागि आवश्यक बजेटको व्यवस्था गरेको छ । अर्थमन्त्री वर्षमान पुनले वन डढेलो नियन्त्रणका लागि उपकरण खरिद र जनचेतनामूलक कार्यक्रम सञ्चालनका लागि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक रकमको व्यवस्था गरिएको बताउनुभएको हो ।
जलस्रोत तथा सिँचाइतर्फ ३० अर्ब ८१ करोड विनियोजन
कृषि उत्पादन वृद्धि गर्न आगामी वर्ष कुल १५ हजार ५७१ हेक्टर जमिनमा सिँचाइ सेवा विस्तार गर्ने सरकारको घोषणा गरेको छ । मङ्गलबार संसदमा आर्थिक वर्ष २०८१/०८२ को बजेट पेश गर्नुहुँदै अर्थमन्त्री पुनले यस्तो घोषणा गर्नुभएको हो ।
श्रम मन्त्रालयका लागि आठ अर्ब १० करोड विनियोजन
सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि आठ अर्ब १० करोड रुपियाँ रकम विनियोजन गरेको छ ।