'कानुन निर्माणका लागि सुझाव संकलन गर्ने तयारी गरिएको छ'
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सरकारले कानुन निर्माणका लागि आमरुपमा सुझाव संकलन गर्ने तयारी गरिरहेको बताउनु भएको छ । शुक्रवार मन्त्रालयमा कानुन विषय लिएर अध्ययनरत विद्यार्थीसँग छलफल गर्दै मन्त्री गिरीले सो कुरा बताउनुभएको हो ।
सहमतीमा नै बजेट आउँछ : मुख्यमन्त्री जम्कट्टेल
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सरकारको नीति तथा कार्यक्रमका आधारमा सहमतिअनुसार आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट आउने बताउनुभएको छ ।
‘समझदारी र सहकार्यबाटै राजनीतिक समस्या समाधान हुन्छ’
पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सबै नेताहरुविच छलफल र सहकार्य गरी अघि बढेमा राजनीतिक समस्या समाधान सहज रहेको बताउनुभएको छ ।
तस्बिर जीवन्त प्रमाण हो : पूर्व प्रधानमन्त्री नेपाल
पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललले तस्बिर आफैमा जीवन्त प्रमाण भएको बताउनुभएको छ।
बागमतीमा प्रदेशको नीति तथा कार्यक्रममाथिको छलफल सकियो
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममाथिको छलफल सकिएको छ ।
सञ्चारसम्बन्धी कानुनलाई समावेशी बनाइनेछ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारसम्वन्धि कानुनलाई समावेशी बनाइने बताउनुभएको छ । राष्ट्रिय दलित पत्रकार संघ, नेपालको पाचौँ स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित ‘आमसञ्चार माध्यम र समावेशीकरण’ विषयक कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
‘श्रमाधान मेलाले लाखौं युवा श्रमिकलाई रोजगार बनाउँछ’
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रमाधान रोजगार मेलाले लाखौं युवा जनशक्तिलाई रोजगार र त्यसबारे ज्ञान प्रदान गर्ने बताउनुभएको छ ।
विमानस्थल सञ्चालनबारे संसदीय समितिलाई जानकारी
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पोखरा र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा लुम्बिनी विकास गुरुयोजनाका समस्या र भावि कार्यदिशाबारे संसदीय समितिलाई जानकारी गराएको छ ।
त्रिविको सम्पत्ति खोजबिन गर्न पूर्वसचिवको संयोजकत्वमा समिति गठन
सरकारले मुलुकको जेठो त्रिभुवन विश्वविद्यालयको नाममा काठमाडौँ उपत्यकाभित्र रहेका जग्गा तथा चलअचल सम्पत्तिको खोजी गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरेको छ ।
स्वदेशी वस्तुको उपभोग बढाउन राष्ट्रिय जागरण थालिने : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुको उपभोग बढाउन राष्ट्रिय जागरणको आवश्यकता औँल्याउनु भएको छ ।
सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र नेपालबिच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको छ।
सुशासन कायम गर्न भ्रष्टाचार अन्त्य गर्नुपर्छ : अध्यक्ष नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।
नेपालको सामुदायिक वन अवधारणाले प्रतिष्ठा कमाएको छ : मन्त्री सुडी
वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीले नेपालको सामुदायिक वन अवधारणा वन जङ्गल संरक्षणका क्षेत्रमा विश्वमै प्रतिष्ठा कमाएको बताउनुभएको छ ।
जलवायु परिवर्तनले हिमालमा परेको असर न्यूनीकरण गर्नुपर्नेमा जोड
जलवायु परिवर्तनले निम्ताएको विभिन्न असरका कारण हिमाली क्षेत्रको अस्तित्व नै सङ्कटमा परेको भन्दै सरोकार भएकाले असर न्यूनीकरणका उपायसम्बन्धी कार्यक्रमले प्राथमिकता पाउनुपर्नेमा जोड दिनुभएको छ ।
‘सरकारी मिडियाको पुँजी भनेकै पाठकको विश्वास हो’
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मिडियाको सबैभन्दा ठूलो पूँजी पाठक, स्रोता र विश्वास भएकाले त्यसका लागि गोरखापत्र संस्थानका प्रकाशन जहिले चनाखो हुनुपर्ने बताउनुभएको छ ।
सत्ता समीकरणमा फेरबदल हुँदैन, सरकार पाँचै वर्ष टिक्छ : प्रधानमन्त्री ‘प्रचण्ड’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता समीकरणमा कुनै फेरबदल नहुने बताउनुभएको छ । सिंहदरबारमा आज बसेको नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकमा उहाँले समीकरणमा आबद्ध दलका नेताको राजनीतिक भेटघाटलाई लिएर आशङ्का, उपशङ्का नगर्न आग्रह गर्नुभयो ।
खानेपानी समस्या चाँडै समाधान हुन्छ : मन्त्री राई
खानेपानीमन्त्री राजेन्द्रकुमार राईले खानेपानीको चरम अभाब खेपिरहेको धरानको खानेपानी समस्या चाँडै समाधान हुने बताउनुभएको छ ।
माओवादी संसदीय दलको बैठक सुरु
नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक सुरु भएको छ । शुक्रबार माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक सुरु भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।
तथ्याङ्कीय कार्यमा संलग्न निकायबिच समन्वय जरुरी : मुख्यसचिव अर्याल
नेपाल सरकारका मुख्य सचिव डा. वैकुण्ठ अर्यालले तथ्याङ्कीय कार्यमा संलग्न निकाय रुकाबिच प्रभावकारी समन्वय प्रणाली विकास गर्नुपर्ने बताउनुभएको छ ।
शान्ति सैनिक राईलाई मरणोपरान्त राष्ट्रसङ्घको सम्मान
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रसङ्घीय शान्ति सेनामा खटिनुभएका नेपाली सुरक्षाकर्मी भुपजीत राईलाई मरणोपरान्त डयाग ह्यामरसोल्ड पदक प्रदान गर्नुभएको छ ।
गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा
गोरखाको पालुङटार नगरपालिका–३ निवासी देवकोटालाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार उक्त पदमा नियुक्त गर्नुभएको हो । यसअघि पनि उहाँ आयोगको उपाध्यक्ष नियुक्त हुनुभएको थियो ।
संवैधानिक परिषद्सम्बन्धी विधेयक समितिबाट पारित
संवैधानिक परिषद्ले परिषद्का अध्यक्ष र तत्काल बहाल रहेका कम्तीमा ५० प्रतिशत सदस्यको बहुमतबाट निर्णय गर्न सक्ने व्यवस्थासहित संवैधानिक परिषद्सम्बन्धी विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको छ । १३ महिनापछि समितिले विधेयकको दफावार छलफल सकेको हो । २०८० वैशाख १५ गते विधेयक छलफलका लागि समितिमा पठाइएको थियो ।
नीति तथा योजना आयोग उपाध्यक्षमा डा. देवकोटा
गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्णचन्द्र देवकोटा नियुक्त हुनुभएको छ । गण्डकी प्रदेश सरकारको बिहीबार भएको मन्त्रिपरिषद् बैठकले देवकोटालाई नियुक्त गर्र्ने निर्णय गरेको हो ।
राष्ट्रपति पौडेलले स्विजरल्याण्ड र जर्मनीको भ्रमण गर्नुहुने
राष्ट्रपति रामचन्द्र पौडेलले स्विजरल्याण्ड र जर्मनीको भ्रमण गर्नुहुने भएको छ । बिहीवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले राष्ट्रपति पौडेलको जर्मनी र स्विजरल्याण्डको भ्रमण गर्न स्वीकृति दिएको हो ।