चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट आयो : पूर्व अर्थमन्त्री पौडेल
नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्री वर्षमान पुनले चुनौती सिर्जना गर्ने र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभएको बताउनुभएको छ।
‘फोटो प्रदर्शनीले इतिहासको पुनर्ताजगी गराएको छ’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले गोरखापत्रको फोटो प्रदर्शनीले इतिहासको पुनरताजगी गर्ने काम गरेको बताउनुभएको छ । गोरखापत्र परिसरमा राखिएको फोटो प्रदर्शनीको आइतबार अवलोकन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । बैठक आज बिहान ११ बजेबाट सुरु भएको हो ।
एमाले मकवानपुर अध्यक्षमा पाँचको उम्मेदवारी
नेकपा (एमाले) मकवानपुरको अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी परेको छ । श्रीधर पोखरेल, लालबहादुर थापा, देवराज रिमाल, इन्द्रमान स्याङतान र रघुनाथ खुलालले अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ ।
काभ्रे उद्योग वाणिज्य सङ्घमा प्रताप बैद्य निर्वाचित
काभ्रे उद्योग वाणिज्य सङ्घको ४२ औँ साधारण सभा तथा अधिवेशनले आगामी कार्यकालका लागि प्रताप बैद्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले महाधिवेशनको तयारी तीव्र गतिमा अघि बढाएको छ । महाधिवेशन मूल व्यवस्थापन कमिटीका सबै विभाग तथा निकायले निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्ने कार्यतालिकाअनुसार द्रुत गतिमा काम अघि बढाएका हुन् ।
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै
सङ्घीय संसद्अन्तर्गतका दुवै सदनको बैठक आइतबार बस्दैछ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेबाट सुरु हुनेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ ।
स्पष्टीकरण पेस गर्नसमेत ढिला
कानुनले तोकेको समयभित्र लेखा परीक्षण प्रतिवेदन नबुझाउने राजनीतिक दलहरूले निर्वाचन आयोगले दिएको निर्देशनबमोजिम स्पष्टीकरण पेस गर्नसमेत ढिला गरेका छन् । गत वैशाख ९ गते आयोगले एक साताभित्र स्पष्टीकरण पेस गर्न दललाई निर्देशन दिएको थियो तर करिब एक महिना बित्न लाग्दा आयोगको निर्देशनको पालना भएको छैन ।
हेटौँडा अस्पताललाई प्रतिष्ठान मातहत राख्ने निर्णयविरुद्ध दल
हेटौँडा अस्पताललाई प्रतिष्ठान मातहत नराखी छुट्टै सञ्चालन गर्नुपर्नेमा मकवानपुरमा क्रियाशील राजनीतिक दल एक मत भएका छन्।
कानुन कार्यान्यवन परीक्षण आवश्यक छ
सुदूरपश्चिम प्रदेश सभाका सदस्यले कानुन कार्यान्वयन परीक्षण आवश्यक रहेको बताउदै त्यसलाई प्रभावकारी बनाउन जरुरी रहेको बताएका छन्। धनगढीमा शनिबार आयोजित कानुनको कार्यान्वयन परीक्षणका विविध पक्षहरु सम्बन्धमा अभिमुखीकरण कार्यक्रम बोल्दै प्रदेश सभा सदस्यले सो कुरा बताएका हुन।
राप्रपा भक्तपुर अध्यक्षमा कार्की निर्वाचित
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भक्तपुर जिल्ला कार्य समितिको अध्यक्षमा अर्जुन कार्की निर्वाचित हुनु भएको छ । पार्टीको नवौँ जिल्ला अधिवेशनले उहाँको अध्यक्षतामा २४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
बजेट इमानदारीपूर्वक कार्यान्वयन गर्ने मन्त्री भण्डारीको प्रतिबद्धता
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट इमानदारीपूर्वक कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सदस्यता अनलाइन अभिलेखीकरण विषयक अन्तरक्रियात्मक अभिमुखीकरण
नेकपा एमालेका स्थायी समिति सदस्य तथा सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले आगामी निर्वाचनमा एकल बहुमतको सरकार बनाउने गरी अगाडी बढ्न पार्टीका नेता कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ ।
सुदूरपश्चिमको विकासका लागि आस्था भन्दामाथि उठौं : मन्त्री जोशी
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सुदूरपश्चिमको विकासका लागि आस्था भन्दामाथि उठेर काम गर्नुपर्ने बताउनुभएको छ।
जनप्रतिनिधि शासक होइन, सेवक बन्नुपर्छ : खानेपानी मन्त्री राई
खानेपानी मन्त्री राजेन्द्र राईले जनप्रतिनिधि शासक नभई सेवक बन्नुपर्ने बताउनुभएको छ। शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
परामर्श गरेर ल्याएको भए राम्रो बजेट आउँथ्यो : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आर्थिक वर्ष २०८१–८२ को बजेटबारेमा पर्याप्त परामर्श हुन नपाउँदा धेरै महत्त्वपूर्ण विषय छुटेको बताउनुभएको छ ।
ट्राफिक नियमबारे राम्रोसँग जानकारी दिएर मात्र लाइसेन्स दिनुपर्छ : मन्त्री चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले बढ्दो सवारी दुर्घटनाको न्यूनीकरण गर्न सवारी चालक अनुमति पत्र वितरण गर्दा नै ट्राफिक नियमका बारेमा चालकलाई राम्रोसँग सचेत बनाउनुपर्ने बताउनुभएको छ ।
श्रम क्षेत्रको समस्या समाधानको माध्यम ‘श्रमाधान रोजगार मेला’ : मन्त्री अर्याल
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले ‘श्रमाधान रोजगार मेला’ श्रम क्षेत्रका समस्या समाधानको उपायकारुपमा सुरु गरिएको बताउनुभएको छ ।
स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवम् प्रतिनिधि सभा सदस्य डा.स्वर्णिम वाग्लेले युवा रोजगारीका लागि विदेशिने क्रम रोक्न स्थानीयस्तरमा अवसर सिर्जना गर्नुपर्ने बताउनुभएको छ ।
जमुनी सिँचाइ आयोजना अनुगमनमा मुख्यमन्त्री यादव
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले १० करोडको लागतमा निर्माण भइरहेको जमुनी सिँचाइ आयोजनाअन्तर्गत मोरहा पक्की बाँधको निरीक्षण गर्नुभएको छ ।
अहिले नै नयाँ पार्टी खोलिहाल्ने पक्षमा छैन : नेता रावल
नेकपा (एमाले) का नेता डा. भीम रावलले तत्काल नयाँ पार्टी खोलिहाल्ने पक्षमा आफू नरहेको बताउनुभएको छ । नवलपुर सदरमुकाम कावासोतीमा गोरखापत्रसँग कुरा गर्दै नेता रावलले यसबारेमा विभिन्न पार्टीका नेताहरूसँग निरन्तर छलफल गरिरहेको र सुझाव मागिरहेको बताउनुभयो ।
बागमती प्रदेशको नीति तथा कार्यक्रमका बहुमतबाट स्वीकृत
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम बागमती प्रदेश सभा बैठकबाट बहुमतले स्वीकृत भएको छ ।
नागरिकका गुनासा सुन्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले काठमाडौँका तीन प्रहरी वृत्त (बौद्ध, गौशाला र महाराजगञ्ज) को अनुगमन गर्नुभएको छ ।
‘कृषि उत्पादन निर्यात गर्न सके समृद्धि’
पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कृषि र सूचना प्रविधिका क्षेत्रका लागि सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा गरिएको व्यवस्था अत्यन्तै राम्रो रहेको बताउनुभएको छ । गोरखापत्र संस्थानमा ऐतिहासिक फोटो प्रदर्शनी अवलोकनपछि अध्यक्ष नेपालले कृषि, सूचना तथा प्रविधि क्षेत्रमा छुट्याइएको बजेट समय सान्दर्भिक रहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, “कृषिको आधुनिकीकरणबाटै मुलुकको समृद्धि सम्भव छ, आत्मनिर्भर अर्थतन्त्र बनाउन सक्ने प्रशस्त आधार छन् । अहिले जस्तै फेरि कृषि उत्पादनलाई निर्यात गर्न सकेमा समृद्धि त त्यसै भइहाल्छ ।”