सरकारले अस्पतालमा स्वास्थ्य सेवा शुल्क निर्धारण गर्नुपर्छ : सांसद कार्की
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवम् पूर्व स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले सरकारी तथा निजी क्षेत्रको अस्पतालहरूमा स्वास्थ्य सेवा शुल्क निर्धारण गर्न सरकारसँग माग गर्नुभएको छ ।
सरकारले कृषिमा प्राविधिक जनशक्ति वृद्धिमा ध्यान दिनु जरुरी छ : कांग्रेस सांसद राणा
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद डा. आरजु राणाले कृषिमा प्राविधिक जनशक्ति वृद्धि गर्न सरकारलाई सुझाव दिनुभएको छ।
विद्युतीय सवारीहरूमा लगाइएको कर फिर्ता लिन अध्यक्ष लिङदेनको आग्रह
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले विद्युतीय सवारीहरूमा लगाइएको कर फिर्ता लिन अर्थमन्त्रीलाई आग्रह गर्नुभएको छ ।
एमसिसी उपाध्यक्ष ब्रुक्सद्वारा अर्थमन्त्री पुनसँग भेट
नेपालको भ्रमणमा रहनुभएका मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) उपाध्यक्ष जोनाथन ब्रुक्सले अर्थमन्त्री वर्षमान पुनसँग भेटवार्ता गर्नुभएको छ । उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले मन्त्री पुनसँग आज सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गरेको हो ।
बजेट मिसन मोडमा काम गर्नेगरी क्षेत्र प्राथमिकीकरण भएर आएको छ : डा.वाग्ले
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट मिसन मोडमा काम गर्नेगरी क्षेत्रको प्राथमिकीकरण गरेर आएको बताउनुभएको छ।
शान्ति प्रक्रियाको बाँकी काम अविलम्ब टुङ्ग्याउनुपर्छ : सांसद सिटौला
नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले शान्ति प्रक्रियाका बाँकी कामहरू अविलम्ब टुङ्ग्याउनुपर्ने बताउनुभएको छ ।
सरकारले ल्याएको बजेट कार्यान्वयन चुनौतीपूर्ण : एमाले सचिव विष्ट
नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले सरकारले ल्याएको बजेट सन्तुलित भए पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।
‘माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं पठाउँदैनौँ’
हेलम्बु गाउँपालिकाका उपाध्यक्ष अप्सरा लम्सालले हेलम्बु—मेलम्चीवासीका मागहरु पूरा नगरेसम्म मेलम्चीको पानी काठमाडौं नपठाउने चेतावनी दिनुभएको छ ।
विद्युत व्यापारका क्षेत्रमा नेपालले नयाँ इतिहास कायम गर्नेछ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऊर्जा क्षेत्रको विकासमा नेपाल सरकार दृढतापूर्वक अगाडि बढिरहेको बताउँदै विद्युत व्यापारमा नेपालले नयाँ इतिहास बनाउने बताउनुभएको छ ।
राष्ट्रिय सरकार गठन गरौँ : सांसद पाण्डे
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद विक्रम पाण्डेले राष्ट्रिय सरकार बनाउनुपर्ने धारणा राख्नुभएको छ । मङ्गलबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्नुहुँदै सांसद पाण्डेले गणतान्त्रिक व्यवस्थाले गन्तव्यमा पुर्याउन नसक्ने भन्दै राष्ट्रिय सरकार गठन गरेर अघि बढ्नुपर्ने बताउनुभएको हो ।
विपदमा जनजीवन प्रभावित हुन नदिन सरकारलाई सांसदको सुझाव
प्रतिनिधि सभाका सांसदहरुले वर्षातमा हुने बाढी, पहिरो र डुबानबाट जनजीवनलाई प्रभावित हुन नदिने गरी पूर्वतयारी गर्न सरकारसँग माग गरेका छन् ।
एमाले प्युठानमा अध्यक्ष र उपाध्यक्षका लागि मतदान हुँदै
नेकपा (एमाले) प्युठानको अध्यक्ष र उपाध्यक्ष चयन गर्न मतदान सुरु भएको छ । मतदानका लागि जिल्लाभरका ६४ वडा र जनवर्गीय सङ्गठनबाट ५३९ प्रतिनिधि छनोट भएर मतदानमा सहभागी भएका छन् । बिहान ९ बजेदेखि मतदान भइरहेको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । मङ्गलबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा आ.व. २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहनेछ ।
जलवायु परिवर्तनले गर्भवती महिला र बालबालिकाहरूमा बढी असर परेको छ: उपसभामुख राना
उपसभामुख इन्दिरा रानाले जलवायु परिवर्तनले सबैभन्दा बढी गर्भवती महिला र बालबालिकाहरूमा असर परेको बताउनुभएको छ ।
शीर्ष नेताहरूबिच समसामयिक विषयमा छलफल
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेतासँग संवाद गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग समसामयिक राजनीतिक सन्दर्भमा छलफल गर्नुभएको हो ।
भ्रष्टाचार मुद्दामा धमाधम फैसला
सर्वोच्च अदालतले विचाराधीन भ्रष्टाचारका मुद्दामा धमाधम फस्र्योटको नीति अघि बढाएको छ । अभियान फाँट अन्तर्गतका मुद्दालाई प्राथमिकतामा राखेर विशेष अदालतबाट टुङ्गिएर विचाराधीन रहेका मुद्दाको फस्र्योटलाई सर्वाेच्च अदालतले प्राथमिकतामा राखेको हो । अदालतले आइतबार र सोमबार निरन्तर तीन वटा मुद्दाको सुनुवाइ सकेको छ । जसमध्ये एउटामा फैसला र दुई वटामा निर्णय सुनाउने मिति तोकेको छ । सर्वोच्चले अन्तिम किनारा लगाउन लागेका मुद्दा दुई दशक पुराना छन् ।
उखु कृषकको भुक्तानी तत्काल गर्न सांसद लामाको माग
नेकपा (एमाले) का सांसद तारा लामा तामाङले नेपाल सरकारले उखु किसानहरुलाई दिनुपर्ने भुक्तानी यथाशीघ्र प्रदान गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभा बैठकमा सोमबार शुन्य समयमा बोल्नुहुँदै उहाँले सो माग गर्नुभएको हो ।
‘अर्थतन्त्र विकासमा नीतिगत स्थिरता आवश्यक’
राष्ट्रिय सभाका सदस्य डा. अन्जान शाक्यले अर्थतन्त्रको विकासका लागि नीतिगत स्थिरता आवश्यक रहेको बताउनुभएको छ । नेपाल सरकारको आर्थिक वर्ष २०८१–८२ का लागि तर्जुमा गरेको बजेटमाथिको छलफलमा सहभागी हुँदै उहाँले यस्तो बताउनु भएको हो ।
बजेट बिचौलिया केन्द्रित नहोस् : नेता रावल
नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले प्रदेश सरकारले आइतबार ल्याएको नीति तथा कार्यक्रम आफूहरूले भनेजस्तै आए पनि आगामी आर्थिक वर्षको बजेट जनमुखी हुनुपर्ने बताएको छ ।
‘देश र जनतालाई ध्यानमा राखेर बजेट आएको छ’
प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले यही जेठ १५ गते अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत बजेट देश र जनतालाई केन्द्रमा राखेर आएको बताएका छन् ।
राष्ट्रिय सभामा राजस्व र व्ययमाथि छलफल जारी
राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल आज पनि जारी रहेको छ ।
एमाले मकवानपुरको अध्यक्षमा पोखरेल
नेकपा (एमाले)मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल निर्वाचित हुनभएको छ । अध्यक्ष पदमा पोखरेल, इन्द्रमान स्याङ्तान, लालबहादुर थापा र देवराज रिमालबिच प्रतिस्पर्धा भएको थियो ।
मधेश प्रदेश सभा बैठक अवरोध
आज सुरुभएको मधेश प्रदेश सभा बैठक प्रतिपक्षी दल जनमत पार्टीले अवरुद्ध गरेको छ । करिब दुई महिनापछि प्रदेश सभाको तेस्रो अधिवेशनको आज पहिलो बैठक बसेको छ ।
अन्नपूर्णले उत्प्रेरणा र मार्गदर्शन गर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
अन्नपूर्ण हिमालको काखमा पर्ने पर्यटन राजधानी पोखरामा सोमबार अन्नपूर्ण दिवस मनाइएको छ । आरोहण गर्न जोखिमपूर्ण भएकाले ‘किलर माउन्टेन’ समेत भनिने अन्नपूर्ण प्रथमको पहिलो आरोहण भएको ७४ औँ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाइएको हो ।